नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
भक्तपुर, २८ साउन । नेपाल क्रान्तिकारी विद्यार्थी संघ केन्द्रीय समितिको सातौं पूर्ण बैठक भक्तपुरमा शुरु भएको छ ।
शनिबार शुरु भएको बैठकले संघका अध्यक्ष नीरज लवजूले प्रस्तुत गर्नुभएको केन्द्रीय समितिको प्रतिवेदन पारित ग¥यो । बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
पूर्ण बैठकमा विद्यार्थी कार्यकर्तालाई प्रशिक्षण दिंदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भारतीय बिस्तारवाद र एकाधिकार पूँजीको विरोध गर्ने नेमकिपाजस्ता राजनीतिक पार्टीमाथि दमन गर्न पूँजीवादी दलहरूले भारतीय शासक वर्गकै निर्देशनमा थ्रेसहोल्डको बन्दोबस्त ल्याएको बताउनुभयो ।
चिकित्सा शिक्षा विधेयकबारे टिप्पणी गर्दै उहाँले नेपाली विद्यार्थीले दुई वर्ष काम गरिसकेपश्चात मात्र एमडी अध्ययन गर्न पाउने तर विदेशी विद्यार्थीलाई त्यस्तो प्रावधान नहुनु गलत भएको बताउनुभयो ।
उहाँले जनसङ्ख्या बढी भएको शहरमा मेडिकल कलेज र अस्पतालको बढी आवश्यक पर्नु स्वाभाविक भएको चर्चा गर्दै काठमाण्डौ उपत्यकामा दश वर्षसम्म कुनै मेडिकल कलेज र अस्पताल खोल्न नपाउने विषय सही नभएको बताउनुभयो ।
‘निजी मेडिकल कलेज र अस्पताल खोल्न दिनुहुन्न । सरकारी र सामुदायिक अस्पताल खोल्न दिनुपर्छ । नभए अहिले स्थापना भएका निजी मेडिकल कलेज र अस्पतालले जनतासँग जति पनि पैसा असुल्न बाटो खुल्नेछ ।’, उहाँले भन्नुभयो ।
माथेमा आयोगको प्रतिवेदनमा ३६ लाखमा एमबीबीएस पढ्न सक्ने भन्ने बन्दोबस्त गर्दा व्यापक कामदार जनताका छोरा–छोरीले कहिल्यै डाक्टर बन्ने सपना देख्न नसक्ने सचिव सुवालको भनाई थियो ।
मेडिकल कलेजलाई स्वीकृति दिन सरकारमा गएको पूँजीवादी दलहरूले भागवण्डा गरिरहेकोप्रति खेद प्रकट गर्दै उहाँले राज्यलाई आवश्यक चिकित्सक राज्य स्वंयले पढाउने बन्दोबस्त गर्नुपर्छ भन्नुभयो ।
उहाँले पूँजीवादी बन्दोबस्तमा राजनीति पैसाको नियन्त्रणमा हुने भएकाले पूँजीवादी व्यवस्थाविरुद्ध नै विद्यार्थीहरू सक्रिय हुनुपर्ने धारणा राख्नुभयो ।
बैठक नेक्राविसंघका केन्द्रीय अध्यक्ष नीरज लवजूको अध्यक्षतामा बसेको थियो ।
Leave a Reply