नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
भक्तपुर, २८ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले जनताको साहित्यमा देश–विदेश र समाजको वास्तविकता चित्रण हुनुपर्नेमा जोड दिनुभएको छ ।
३७ औं नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) आयोजक समितिद्वारा शनिबार आयोजित सहयोगी भेला तथा छलफल कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले पूँजीवादी र छाडा साहित्यले समाजको हित नहुने बताउनुभयो । अन्तर्राष्ट्रिय राजनीतिक स्थितिबारे चर्चा गर्दै उहाँले संरा अमेरिका र पश्चिमा साम्राज्यवादीहरूले चीन र भारतजस्ता आर्थिकरूपले उदयीमान देशहरूको अर्थतन्त्र ध्वस्त पार्न तेस्रो विश्व युद्ध एसियामा थोपर्न खोजेका छन् भन्नुभयो ।
प्रजग कोरिया (उत्तर कोरिया) र संरा अमेरिकाबीच बढेको तनावबारे विश्लेषण गर्दै अध्यक्ष बिजुक्छेंले उत्तर कोरिया र अमेरिकी कठपुतली दक्षिण कोरियाबीच युद्धविराममात्र भएको र स्थायी शान्ति सम्झौता नभएकोले कुनै पनि समयमा युद्ध हुनसक्छ भन्नुभयो । पूँजीवादी सञ्चारमाध्यमले आफ्नो हित अनुकूल र पूँजीवादी व्यवस्थाको पक्षमा झूटा प्रचार गर्ने भएकोले पूँजीवादी सञ्चार माध्यमहरूप्रति आलोचनात्मक दृष्टिकोण हुनुपर्छ भन्नुभयो ।
नेपालभाष साहित्य तःमुंज्याका अध्यक्ष चन्द्रबहादुर उलकले साहित्य तःमुंज्या (सम्मेलन) जनपक्षीय साहित्यलाई उकास्ने दबु (मञ्च) हो भन्दै यो एक वैचारिक अभियानसमेत भएको बताउनुभयो ।
तःमुंज्याका सचिव सुरेन्द्रराज गोसाईले तःमुंज्याको मञ्चले भाषा, संस्कृतिको संरक्षण भएको बताउँदै सांस्कृतिक गतिविधिबाट वर्गीय सङ्घर्ष अगाडि बढेको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नंं ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, पूर्ववडाध्यक्ष हिमालयश्वरलाल मूल, संस्कृतिकर्मी सत्यनारायण दिदीया, स्थानीय बुद्धिजीवीहरू उद्धव सुजखू र आशाकुमार चिकबञ्जारले पनि तःमुंज्यालाई अझ प्रभावकारी बनाउन आ–आफ्नो विचार व्यक्त गर्नुभयो भने कार्यक्रम आयोजक समितिका अध्यक्ष बलराम सिबञ्जारको सभापतित्वमा भएको थियो ।
Leave a Reply