भर्खरै :

९० पुगे भैरव रिसाल

काठमाडौं, २८ साउन । श्रमिक साप्ताहिकमा करिब २२ वर्ष निरन्तर स्तम्भ लेख्नुहुने वरिष्ठ पत्रकार भैरव रिसालले ९० औं जन्म दिवस मनाउनु भएको छ ।  यसै अवसरमा शनिबार राजनीतिज्ञ, पत्रकार, लेखक, बुद्धिजीवीलगायतले बधाई एवं शुभकामना दिनुभएको छ । यसै क्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले शनिबार उहाँको निवास पुगी शुभकामना दिनुभयो ।
श्रमिक साप्ताहिक र मजदुर दैनिकका सम्पादक सरोजराज गोसाईलगायत थुप्रो पत्रकार तथा लेखकले निवासमै पुगी शुभकामना दिनुभयो ।  यसैबीच रिसालको ९० औं जन्म दिवसको अवसर पारी वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले ‘भैरव रिसाल मिडिया फेलोसिप’ को घोषणा गरेको छ ।  एन्फोले वातावरणीय क्षेत्रमा गरिने खोजमूलक तथा सृजनात्मक रचनासम्बन्धी प्रस्तावको आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *