इरानी विश्वकप टोलीमाथिको व्यवहारले पश्चिमा र फिफाको दोहोरो चरित्र पर्दाफास भएको छ !
- असार १९, २०८३
अफगानिस्तान र सिन्च्याङबिचका भिन्नताहरू पर्गेल्दै जानु नै सिन्च्याङमा चलिरहेको घटनाक्रम बुझ्ने उत्तम उपाय हो भन्ने लाग्छ ।
किन ? किनभने ती क्षेत्रहरू उस्तै समस्याहरू झेलिरहेका छिमेकी हुन् । तर, एकदम फरक ढङ्गले तिनको उपचार गरिँदै छ र तिनको नतिजा पनि भिन्न हुनेछ । सुरुमा समानताको कुरा गरौँ ।
अफगानिस्तानजस्तै सिन्च्याङ पनि मध्य एसियामा अवस्थित छ । बहुसङ्ख्यक जनता मुसलमान छन् । तिनका विविध जातिहरू छन् । जस्तो उइगुर भयो । त्यहाँ कज्जाख र किर्गिजहरू पनि बस्छन् । अफगानिस्तानले जस्तै सिन्च्याङले पनि आतङ्कवादको ठूलो मार भोग्दै छ । उनीहरूले अफगानी छिमेकीहरूबाट नै लडाइँको चालबाजी र विधि सिकेको हुनसक्छ । सन् २००७ यता सुरु भएका आतङ्कवादी हमलाहरू हालसम्म एक दर्जन पुगेका छन् । यस्ता हमलाहरू अत्यन्त घातक हुने गरेका छन् । यस्ता हमलाले उइगुर क्षेत्रको शान्ति र व्यवस्था बिथोल्ने गरेका छन् । उदाहरणको लागि २००९ जुलाई ५ कै उदाहरण हेरौँ । त्यस दिन उरुम्चीमा १९७ जना मान्छेलाई काटिएको थियो, कुटिएको थियो र आगोमा जलाइएको थियो । त्यस मारकाटमा १,७२१ जना घाइते भएका थिए । सन् २०१४ मा उइगुरहरूको हतियारधारी समूहले कुनमिङ रेल स्टेशननिर ३१ जना मानिसको हत्या गरेको थियो र १४१ जनालाई घाइते बनाएको थियो ।
अफगानिस्तानमा अल कायदा र तालिबानहरू छन् । सिन्च्याङमा इटीम (पूर्वी तुर्किस्तान इस्लामी आन्दोलन) छ । इटीम सिन्च्याङमा मात्र सीमित थिएन, अफगानिस्तानमा पनि थियो । तिनीहरू मान्यताप्राप्त ‘आतङ्कवादी सङ्गठन’ थिए र संरा अमेरिकाले तालिबानसँगसँगै तिनीहरूमाथि पनि बमबारी गरिरह्यो ।
उइगुरहरू सिन्च्याङ र अफगानिस्तानमा मात्र लडिरहेका थिएनन्, बरु उनीहरू सिरियामा पनि प्रसिद्ध थिए । सलाफी–जिहादी तुर्किस्तान इस्लामी पार्टी (टीप) को छत्रछायाँमा तिनका ४ हजार लडाकूहरू थिए । ‘वैचारिकरूपमा उनीहरू अति धार्मिक अल कायदा’ प्रति बफादार छन् ।
यी त भए समानता । दुवै छिमेकी क्षेत्रहरूमा मुसलमान आतङ्कवादको ठूलो समस्या छन् । अब समाधानपट्टि लागौँ । अमेरिकीहरूले अफगानिस्तानमा के–के गरे भनेर कोट्याउनतिर नलागौँ, किनभने यो कुरा सबैलाई थाहा छ । समस्याहरू निराकरण गर्ने खाँटी अमेरिकी उत्तर हो – बम र गोली । चीनले अर्कै बाटो रोज्यो । तिनीहरूले एउटा गोली वा एउटा बम पनि पड्काएनन् । बरु तिनले किताब र रोजगारीको प्रयोग गरे । यसले मलाई ‘पुनः शिक्षण शिविरहरू’ को झल्को गरायो । यसलाई चीनले ‘सीपमूलक तालिम र शिक्षण केन्द्रहरू’ भन्ने गरेको छ । प्रश्न उठेको थियो – भड्केका वा भड्काउ बाटोमा लाग्दै गरेका युवाहरूलाई के गर्ने ?
१. तिनलाई मार्ने ?
२. सही बाटोमा फर्काउने र जीवनको बेग्लै बाटोमा हिँडाउन तिनलाई व्यवहारिक सीप सिकाउने ?
(यीमध्ये कुन विकल्पलाई पश्चिमा सञ्चार माध्यमले ‘नरसंहार’ भन्छन् ?)
कुन विकल्प मधुर छ ? हो, दोस्रो विकल्प । तर, त्यो विकल्प सजिलो छैन । कट्टरपन्थी मुसलमानको कोणबाट हेर्दा आफूले ‘काफिर’ (विधर्मी) भनेका व्यक्तिहरूबाट ‘पुनः शिक्षित’ हुँदा कोही रमाउन सक्दैन । तर, मारिने कुरा नजाती नै सुनिन्छ ।
नजिता आफै बोल्छ । अफगानिस्तानमा के भयो, सबैलाई थाहा छ । अतिवादीहरूले जिते । जुन जनताका भात्तिज र इष्टमित्रविरुद्ध नरसंहार मच्चाइयो, तिनै जनताको मनोबल बढाइयो रे ! कति नसुहाएको !
अफगानिस्तानमा आतङ्कवादीहरूले जिते । तर, संरा अमेरिकाले २० वर्षसम्म कब्जा जमाउँदा अफगानिस्तान एसियाकै सबैभन्दा गरिब मुलुक बन्यो । अहिले उसको प्रतिव्यक्ति गार्हस्थ उत्पादन ५०९ डलर मात्र छ । ऊ सिरियाभन्दा पनि गरिब भएको छ । त्यसमाथि संरा अमेरिकाले अफगानी केन्द्रीय बैङ्कको सञ्चितिमाथि रोक लगाएको छ । यसकारण, हाल अफगानिस्तानले भयावह भोकमरीको सामना गर्दै छ ।
यहाँ सिन्च्याङलाई कसरी तुलना गर्ने ? त्यहाँको प्रतिव्यक्ति गार्हस्थ उत्पादन ५ करोड ५० लाख चिनियाँ मुद्रा पुगेको छ । यो झन्डै ९ हजार डलर हुन आउँछ । त्यो भनेको अफगानीहरूको भन्दा १८ गुना बढी हो ! यो थाइल्यान्ड, माल्दिभ्स वा श्रीलङ्काजस्ता देशको दाँजोमा उच्च हो ।
आतङ्कवादको कुरा नि ? त्यो हरायो । सन् २०१७ यता सिन्च्याङमा एउटा पनि आतङ्कवादी हमला भएको छैन । बरु स्थिति सुध्रिएको छ । सिन्च्याङ सुरक्षित बनेको छ । हाल यो चीनको मात्र नभई सारा विश्वकै प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । बर्सेनि त्यहाँ विश्वभरबाट २० करोड पर्यटकहरू जाने गर्छन् ।
पख्नुस्, उइगुरहरू नि ? जातीय सफाया खोइ ? सिन्च्याङमा अझै पनि उइगुरहरू नै बस्छन् । तिनको संस्कृति जीवित छ । नत्र पर्यटकहरू त्यहाँ अरू के चीज हेर्न जालान् ? तथ्य त के हो भने आधिकारिक तथ्याङ्कअनुसार सन् २०१० देखि २०२० सम्ममा सिन्च्याङमा उइगुर जनसङ्ख्या १६ लाख २० हजार बढेको छ । त्यो भनेको १६ प्रतिशत हो ।
कुरो के भने त्यहाँ ‘जातीय सफाया’ भएको छैन । बरु ‘अमेरिकाले त्यहाँ जातीय सफाया भएको छ भनी दाबी गर्छ ?’ त्यस्तो नभने अफगानिस्तानसँग दाँज्न मिल्दैन भनेर पो हो कि ? अथवा त्यसो नभने चिनियाँहरूलाई राक्षसको रूपमा चित्रण गर्न सकिँदैन भनेर हो ?
(Afghanistan and Xinjiang – MR Online)
July 13, 2022
Leave a Reply