सन्दर्भ : प्याट्रिस लुमुम्बा जन्म जयन्ति (स्वतन्त्रताका लडाकु प्याट्रिस इमेरी लुमुम्बा – १)
- असार १९, २०८३
भक्तपुर, ३२ असार । संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) ले शनिबार नेपाली भाषा शिक्षण परिवर्तित पाठ्यक्रमअनुसार नेपाली विषयको अभिलेखीकरणको आयोजना ग¥यो ।
इसानअन्तर्गत विद्यालयका नेपाली शिक्षकहरूको सहभागितामा सञ्चालित सो कार्यक्रम भाषा शिक्षणका सुनाइ, बोलाइ, लेखाइ र पढाइ शिक्षण, कथा, कविता, निबन्ध र जीवनी विधा शिक्षक, व्याकरण शिक्षण र परीक्षा तथा मूल्याङ्कन प्रक्रियामा केन्द्रित रह्यो ।
उक्त कार्यक्रममा इसानका केन्द्रीय कोषाध्यक्ष उकेश कवांले कार्यशालाले भाषाको शुद्धाशुद्धीमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली भाषामा विदेशी भाषाले छोपिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले नेपाली भाषाभित्र पनि भारतीय भाषाको प्रभाव परिरहेकोतर्फ नेपाली शिक्षकहरू सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
युक्रेनमा स्थानीय भाषालाई प्राथमिकता नदिएकै कारण रूसी जनतामा व्यापक असन्तोष बढेको चर्चा गर्दै उहाँले यसबारे नेपाल र नेपाली जनताले पनि बेलैमा बुद्धि पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यशालामा प्रशिक्षक अर्जुन अधिकारीले सिकाउनुको अर्थ सिक्नु पनि हो, सँगसँगै सिक्नुपर्ने, बहुशिक्षा पद्धति, सुन र गरको अवधारणा, सिकाइमा प्रभाव, कक्षा कोठामा शिक्षण, विद्यार्थी मूल्याङ्कनबारे जानकारी दिनुभयो ।
अर्का प्रशिक्षक दीपक शर्माले नेपाली भाषा शिक्षणबारे प्रकाश पार्दै भाषा पाठ्यक्रमको उद्देश्य, सुनाइ शिक्षण, शब्दोच्चारण, शुद्धोच्चारण, बोलाइ शिक्षण, पढाइ लेखन, शिक्षण क्रियाकलाप, लेखाइ शिक्षण, पाठ्यपुस्तक शिक्षण क्रियाकलापमा ध्यान दिनुपर्ने पक्षबारे प्रकाश पार्नुभयो ।
अन्तरक्रियात्मक सो कार्यशाला गोष्ठीमा व्याकरण शिक्षणका आधारहरूबारे पनि छलफल भएको थियो । त्यस्तै कथा शिक्षण, कविता शिक्षण, निबन्ध शिक्षण र जीवनी शिक्षणबारे पनि समीक्षात्मक कार्यक्रम भएको थियो ।
कार्यक्रमको बिचबिचमा अन्तरक्रिया भएको थियो । सहभागी शिक्षकहरूले राखेका जिज्ञासाहरूको जवाफ प्रशिक्षकद्वय अधिकारी र शर्माले दिनुभएको थियो ।
प्रशिक्षकहरूका अनुसार भाषा सम्पादनमा एकरूपता ल्याउने प्रयास भइरहेको छ । अझै भाषा शैलीमा एकरूपता छैन, अब एकपछि अर्को गरी भाषा सम्पादनमा एकरूपता ल्याउने प्रयास जारी छ ।
कार्यशालामा इसानका केन्द्रीय सदस्य कृष्णबहादुर प्रजापतिले कार्यक्रमको आवश्यकताबारे चर्चा गर्नुभएको थियो ।
भाषिक सम्पादनमा एकरूपता ल्याउन शिक्षण विधिभन्दा विभिन्न सरोकारवाला निकाय या व्यक्तिहरूबिच त्यस्तै खालका अन्तरक्रिया, बहस र छलफल गर्नु आवश्यक देखिन्छ ।
Leave a Reply