भर्खरै :

प्रधानको सङ्घर्षशील जीवन र क्रान्तिकारी विचार अनुकरणीय

भक्तपुर, ३२ असार । नेपाल क्रान्तिकारी महिला सङ्घका कोषाध्यक्ष र नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य शोभा प्रधानको श्रद्धाञ्जली कार्यक्रम शनिबार भयो ।
नेपाल मजदुर किसान पार्टी २ नं वडा समन्वय समिति, भक्तपुरको आयोजनामा भएको उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले जनताका सेवामा लाग्ने व्यक्तिहरू सधैँ अमर रहने धारणा राख्दै व्यक्तिगत जीवनलाई महत्व नदिई जनताको सेवामा लाग्नुभएका शोभा मिस जनताको हृदयमा अमर रहने बताउनुभयो ।
उहाँले भन्नुभयो, “शोभा प्रधान आफू प्रकाशमा नआई पर्दा पछाडिबाट पार्टीलाई योगदान गर्ने एक सच्चा पार्टी कार्यकर्ता हुनुहुन्थ्यो । शोभा प्रधानको सङ्घर्षशील जीवन, क्रान्तिकारी विचार र भद्र व्यवहार हामी सबैले अनुकरण गर्नु जरूरी छ ।”
स्वास्थ्यकर्मी ज्योतिकिरण बासुकलाले शोभा मिसको जीवन सङ्घर्षपूर्ण रहेको चर्चा गर्दै उहाँले घर, परिवार र राजनीतिलाई सन्तुलितरूपमा मिलाई सार्थक जीवन बिताएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष हरिप्रसाद बासुकलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा राजन जतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *