हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
काठमाडौँ, २ साउन । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा योगमाया आयुर्वेद विश्वविद्यालयबारे सोमबार छलफल भयो ।
नेकाका सांसद मानबहादुर विश्वकर्माले दम, युरिक एसिड, माइग्रेनको लागि आयुवेर्दिक औषधि उपयुक्त भएको बताउनुभयो ।
जसपाका सांसद सुरेन्द्रप्रसाद यादवले आयुर्वेदसम्बन्धी संस्थालाई पर्याप्त बजेट नदिइएको, खुलेका संस्थाहरू राम्रोसँग नचलेको र पर्याप्त शिक्षकको व्यवस्था नभएको बताउनुभयो ।
माओवादी केन्द्रका सांसद अञ्जना विसुंखेले आयुर्वेदसम्बन्धी बजेटबाट मन्त्री र सञ्चालकका अधिकारीहरूलाई फाइदा नभए पनि देश र जनतालाई फाइदा हुने उल्लेख गर्नुभयो ।
उहाँले शिक्षामा दलितलाई विभेद गर्न नहुने उल्लेख गर्नुभयो ।
माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले सिस्नो खाँदा रक्तचाप घटेको आफ्नो अनुभव सुनाउनुभयो ।
शिक्षामन्त्रीको जिम्मेवारी सम्हालिसकेका माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालय स्थानीय तहको नमुनाको रूपमा विधेयक पारित गर्नुपर्ने र चिकित्सा शिक्षा १५ लाख रूपियाँमा अध्ययन गराउन नगरपालिकाको योजना कार्यान्वयन गर्न उत्साहित गर्नुपर्ने उल्लेख गर्नुभयो ।
सांसद पोखरेलले डा. अर्जुन कार्कीको प्रस्तावअनुसारको विश्वविद्यालय पनि पारित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
एमालेका सांसद योगेश भट्टराईले विसं १९२४ मा भोजपुरमा जन्मनुभएकी, आसामतिर गएकी र नेपाल फर्केर अरूण नदीमा जलसमाधि भएकी योगमायाको नाममा विश्वविद्यालय स्थापना गर्नु उपयुक्त भएको विचार राख्नुभयो ।
एमालेका सांसद तिलबहादुर महत क्षेत्रीले त्रिभुवन विश्वविद्यालयसँगै आयुर्वेद विश्वविद्यालय पनि स्थापना हुनुपर्ने उल्लेख गर्दै ख्वप विश्वविद्यालय र डा. अर्जुन कार्कीको प्रस्तावको विश्वविद्यालय विधेयक पनि पारित हुनुपर्नेमा जोड दिनुभयो ।
नेकाका सांसद तथा पूर्वशिक्षामन्त्री चित्रलेखा यादवले आयुर्वेदभित्र अमृत भएको उल्लेख गर्दै ख्वप विश्वविद्यालय विधेयक पारित गर्न आफू सकारात्मक भएको उल्लेख गर्नुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले योग भारतले दाबी गरेको हुँदा ध्यान नेपालले दाबी गर्ने उल्लख गर्दै ख्वप विश्वविद्यालय र नेपाल विश्वविद्यालय विधेयक पारित गर्ने तयारी गरेको उल्लेख गर्नुभयो ।
समिति सभापति जयपुरी घर्तीले योगमाया विश्वविद्यालय विधेयकको दफावार छलफल साउन ३ गते बिहान ११ बजे बस्ने र अर्को बैठकमा ख्वप विश्वविद्यालय र नेपाल विश्वविद्यालय डा. अर्जुन कार्कीको प्रस्तावलाई पनि अघि बढाउने जानकारी गराउनुभयो ।
Leave a Reply