हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
संरा अमेरिकी डलर पुस्तौँ–पुस्तादेखि संसारकै सबभन्दा बलियो मुद्रा हो । जून महिनामा संरा अमेरिकी राष्ट्र बैङ्क (फेडरल रिजर्भ) ले डलरको आधार दर ७५ अङ्कले बढाउने निर्णय ग¥यो । सन् १९९४ यता डलरको आधार दरमा भएको यो नै सबभन्दा ठूलो वृद्धि हो । पछिल्ला चालिस वर्षमा संरा अमेरिकी अर्थतन्त्रले देखेको सबभन्दा उच्च मुद्रास्फीतिको सामना गर्न अमेरिकी बैङ्कले यस्तो मौद्रिक निर्णय गरेको हो ।
सरल शब्दमा भन्दा अहिले डलरको भाउ बढेको छ । बढ्दो ब्याज दरको अर्थ लगानीकर्तालाई बढी नाफा हुनु हो । सरकारी ऋण पत्रजस्तो न्यून जोखिम भएको लगानीले अहिले बढी नाफा कमाइरहेको छ । लगानीकर्ताहरूले डलरलाई आफूसँग भएको पैसाको सुरक्षित आश्रयस्थल पनि मान्छन् किनभने डलर संसारकै सबभन्दा बढी प्रयोग हुने मुद्रा हो । संसारभरको सबै विदेशी मौद्रिक कारोबारमा डलरले मात्र ९० प्रतिशत स्थान ओगटेको छ ।
अमेरिकी डलर बलियो हुनुले संरा अमेरिकी बहुराष्ट्रिय कम्पनीको प्रतिस्पर्धा क्षमतामा हानि पु¥याउँछ । त्यसको अर्थ विदेशमा उल्लेख्य आकारको व्यापार गरिरहेका ती कम्पनीहरूको नाफा ओरालो लाग्नु हो । डलरको उही भाउको नाफा जोगाउन संरा अमेरिकी कम्पनीहरूले स्थानीय मुद्रा (विभिन्न देशका मुद्रा) मा सामानको भाउ बढाउनुपर्छ ।
एप्पलजस्ता कम्पनी यसका उदाहरण हुन् । एप्पल कम्पनीले आफ्नो सबभन्दा पछिल्लो उत्पादन आइफोन १४ बजारमा सार्वजनिक गर्नुअघि जापानमा आईफोन १३ को मूल्यमा १३ प्रतिशतले वृद्धि ग¥यो । आईफोन १४ को अन्तर्राष्ट्रिय मूल्यमा पनि उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ । विश्लेषकहरूले यो कदमले दीर्घकालमा एप्पलको प्रतिस्पर्धात्मकतामा हानि गर्न सक्ने बताएका छन् ।
डलर बलियो हुनु संरा अमेरिकाको निम्ति राम्रो मानिन सक्छ । डलरको भाउ बढ्नुले विश्व वित्तीय बजारमा संरा अमेरिकाको महत्व बढेको देखिन्छ । यो अवस्था संरा अमेरिकी पर्यटकको निम्ति पनि उपयुक्त देखिन सक्छ । तर, खासमा यो अवस्था नकारात्मकताको सङ्केत हो ।
पहिलो कुरा, लगानीकर्ताहरू संरा अमेरिकी डलरको पछाडि दौडिरहनुको अर्थ आसन्न सङ्कटको सङ्केत हो । यो अवस्थालाई संरा अमेरिकी वित्तीय प्रणालीप्रतिको विश्वासको रूपमा लिन सकिँदैन । लगानीकर्ताको लागि यो अवस्था चालु मुद्रास्फीति र भविष्यको आर्थिक वृद्धिप्रतिको मिश्रित प्रतिक्रिया हुनसक्छ । कोभिड–१९ महामारी, युक्रेन सङ्कट र वाशिङ्टनको एकपक्षीय नाकाबन्दी–शासनले नेतृत्व गरेको विश्व व्यापार प्रणालीमा आएको विभाजन नै खासमा अहिलेको अवस्थाका मूल कारण हुन् ।
डलर बलियो हुनुले विशेषतः विकासशील देशमा आर्थिक सङ्कटको प्रभाव अझ खराब तहमा पु¥याउने सामथ्र्य राख्छ । लामो समयसम्म डलर बलियो हुनुको सम्बन्ध विश्वव्यापी आर्थिक सङ्कटसँग अन्तर सम्बन्धित छ । सन् १९८० को दशकमा ल्याटिन अमेरिकामा भएको ऋण सङ्कट र सन् १९९० दशकमा एसियाको वित्तीय सङ्कट यसका केही दृष्टान्त हुन् । अर्कोतिर डलर कमजोर हुनु विकासशील अर्थतन्त्रमा आर्थिक वृद्धि उच्च तहमा पुग्नुसँग सम्बन्धित छ ।
डलरले एकप्रकारले ‘विध्वंसको भकुन्डो’ ले जस्तै काम गर्छ । अन्तर्राष्ट्रिय बजारमा नाफा कम हुने देखेपछि लगानीकर्ताले संरा अमेरिकामा लगानी गर्न ओइरिन्छन् । जसले बाँकी देशलाई भने खाल्डोमा धकेल्ने गर्छ ।
तथापि, यो अन्तर सम्बन्धको सबभन्दा महत्वपूर्ण पाटो भनेको डलरको भाउ बढ्दा डलरमा लिइएको ऋणमा पर्ने गर्छ । कुनै देशको मुद्रासँग अमेरिकी डलर सापेक्षिक हुनुको अर्थ डलरमा लिइएको ऋणको सेवा लागत पनि बढ्नु हो । त्यसले उदयीमान देशको अर्थतन्त्रलाई सङ्कटको खाल्डोमा जाँक्ने गर्छ । प्रायशः अन्तर्राष्ट्रिय व्यापारको निम्ति संरा अमेरिकी डलर आवश्यक पर्नुको अर्थ अन्तर्राष्ट्रिय बजारमा डलरमा सामानको मूल्य बढ्नु पनि हो ।
अन्ततः अमेरिकी डलर बलियो हुनुले संरा अमेरिकी बहुराष्ट्रिय कम्पनीको प्रतिस्पर्धा क्षमतामा हानि पु¥याउँछ । त्यसको अर्थ विदेशमा उल्लेख्य आकारको व्यापार गरिरहेका ती कम्पनीहरूको नाफा ओरालो लाग्नु हो । डलरको उही भाउको नाफा जोगाउन संरा अमेरिकी कम्पनीहरूले स्थानीय मुद्रा (विभिन्न देशका मुद्रा) मा सामानको भाउ बढाउनुपर्छ ।
एप्पलजस्ता कम्पनी यसका उदाहरण हुन् । एप्पल कम्पनीले आफ्नो सबभन्दा पछिल्लो उत्पादन आइफोन १४ बजारमा सार्वजनिक गर्नुअघि जापानमा आईफोन १३ को मूल्यमा १३ प्रतिशतले वृद्धि ग¥यो । आईफोन १४ को अन्तर्राष्ट्रिय मूल्यमा पनि उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ । विश्लेषकहरूले यो कदमले दीर्घकालमा एप्पलको प्रतिस्पर्धात्मकतामा हानि गर्न सक्ने बताएका छन् ।
संसारका धेरै मानिसको निम्ति आइफोन भनेको सामाजिक प्रतिष्ठाको विषय बनेको पक्का हो । आइफोन किन्न मानिसले जति पनि पैसा तिर्न तयार हुनसक्छन् । तर, अन्य अमेरिकी कम्पनीहरूले स्थानीय मुद्राको ¥हासको दाँजोमा आफ्नो सामानको मूल्य घट्नबाट रोक्न खोज्दा तिनका सामानको बिक्री घट्ने सम्भावना हुन्छ । माइक्रोसफ्टले यो समस्या झेलिरहेको छ । ‘अनुपयुक्त वैदेशिक सटही दर’ को कारण माइक्रोसफ्टले चौथौ चौमासिकमा आफ्नो नीतिमा हेरफेर गरिसकेको छ ।
अमेरिकी डलरमा ती अमेरिकी कम्पनीहरूको नाफा घटेको छ । त्यही भएर उनीहरूले सुरुमै मूल्य समायोजन गरेका हुन् । यसमा कुनै सन्देह छैन । यो संरा अमेरिकी आर्थिक प्रभुत्ववादको निम्ति गम्भीर चुनौती हो । किनभने, घरेलु बजारप्रति संरा अमेरिकी कम्पनीको निर्भरता क्रमशः कम हुँदै गएको छ र विश्वव्यापीकरणको अहिलेको अवस्थामा अमेरिकी कम्पनीहरू अन्तर्राष्ट्रिय बजारमा थप निर्भर बनेका छन् ।
अब प्रश्न यो मुद्दा कसरी समाधान गर्ने भन्ने हो । संसारका अन्य मुद्राको सापेक्षमा डलरको मूल्य घट्दा कतै हामी सन् १९८५ को प्लाजा सम्झौताको अर्को संस्करणको नजिक त छैनौँ ? अथवा, संरा अमेरिकाको प्रभुत्व रहेको विश्वको वित्तीय प्रणालीका चुनौतीले अन्ततः अन्तर्राष्ट्रिय रूपमै हानि पुग्ने हो कि ?
अमेरिकी केन्द्रीय बैङ्कले बनाएको रणनीतिक हिसाबकिताबबिच पनि संरा अमेरिकी डलर कमजोर भएर मर्ने छैन बरु बलियो भएर नै उसको विनाश हुन्छ । अन्तर्राष्ट्रिय वित्तीय प्रणाली स्थायित्व, समता र जवाफदेहितामा आधारित हुनुपर्छ । तथापि, संरा अमेरिकी डलरमा जरा गाडिएको आजको अवस्थामा स्थायित्व, समता वा जवाफदेहिताको अभाव छ । यसको बनोट नै संरा अमेरिकी प्रभुत्ववादलाई बलियो बनाउने गरी बनेको छ । जो अन्य देशका वित्तीय सुरक्षाको निम्ति खतरनाक छ ।
(लेखक प्रागमा बस्दै आएका अमेरिकी पत्रकार, राजनीतिक विश्लेषक र स्वतन्त्र संवाददाता हुनुहुन्छ ।)
सीजीटीएनबाट नेपालीमा अनुदित सामग्री
नेपाली अनुवादः सुमन
Leave a Reply