अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
पश्चिमी आक्रमणकारीले निर्दोष नागरिकमाथि चलाएको हिंसात्मक गतिविधि कति क्रूर छ ? बीबीसीले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार अफगानिस्तानमा तैनाथ बेलायती सेनाको हिंसा र भयानक हत्याका फोटोहरूबाट सम्पूर्ण दोष र निर्लज्जता लुकाउने प्रयास गरेको देखिएको छ ।
बीबीसीको अनुसन्धानअनुसार, अफगानिस्तानमा तैनाथ पूर्वबेलायती विशेष हवाइ सेनाले युद्धबन्दी तथा सर्वसाधारण धेरैको हत्या गरेको थियो, अझै कहाँसम्म भने कसले बढी मार्ने भन्ने प्रतिस्पर्धा नै चलेको थियो । यसबाहेक सम्बद्ध सेनाले तत्स्थानमा जालसाजी गरेको दृश्य र सेना प्रमुखले तथ्यलाई लुकाएको अवस्था पनि अनुसन्धानमा देखाइएको छ ।
वास्तवमा निर्दोषहरूलाई हत्या गरेको बेलायती सेनाले मात्र होइन । सन् २०२० को डिसेम्बरमा अस्ट्रेलियाको रक्षा मन्त्रालयले अनुसन्धान प्रतिवेदन प्रकाशित गरी अफगानिस्तानमा अस्ट्रेलियाली सेनाले स्थानीयको नरसंहार गरेको मानवताविरूद्ध गतिविधि देखाएको थियो । एक १४ वर्षीय केटालाई घाँटी रेटेर नदीमा फाल्नेजस्तो क्रूर गतिविधि भएको थियो । यसको अन्तर्राष्ट्रिय समुदायबाट कडा निन्दा भएको थियो ।
अमेरिकाले अफगानिस्तानमा आक्रमण गरेको २० वर्षयता १ लाख ७४ हजार अफगानिस्तानीले ज्यान गुमाएका छन् । तीमध्ये ३० हजार सर्वसाधारण थिए । तथ्याङ्कअनुसार, इराकदेखि अफगानिस्तानसम्म, सिरियादेखि यमनसम्म, २० वर्षयता अमेरिकाले चलाएको ९० हजारभन्दा बढी हवाई प्रहारबाट कम्तीमा ४८ हजार सर्वसाधारणको मृत्यु भएको थियो ।
अपराध प्रकाशमा आएपछि पनि ती पश्चिमा मुलुकले हरसम्भव जिम्मेवारी लिनबाट तर्किने प्रयास गरे । अमेरिका, बेलायत, अस्ट्रेलियालगायत मुलुकले विदेशमा निर्दोष सर्वसाधारणलाई मारेको हिंसाबारे कसरी व्याख्या गर्छन् ?
जेनेभा सन्धिमा स्पष्टरूपमा तोकिएको छ, युद्धमा शान्तिपूर्ण सर्वसाधारणलाई मार्न, जबरजस्ती, दुव्र्यवहार र देशबाट निकाला गर्न निषेध छ भने युद्धमा संलग्न नभएका मानिसलाई जुनसुकै अवस्थामा पनि मानवीय उपचार दिनुपर्छ । अमेरिका, बेलायत, अस्ट्रेलियाले ती सन्धिमा हस्ताक्षर गरिसकेका छन् तर विपरीत काम गरिरहेका छन् । उनीहरूको हिंसात्मक गतिविधिको विरोध गर्नुपर्छ । यसको फैसला न्यायोचित हनुपर्छ । न्याय अबेला आउला, तर कहिल्यै नआउने भन्ने हुँदैन ।
Leave a Reply