भर्खरै :

डुवान क्षेत्र के भारत–नेपाल मैत्री सम्बन्धको उपहार हो ?

नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापामगरले मंगलबार व्यवस्थापिका संसदमा पार्टीको तर्फबाट समसामयिक सन्दर्भमा राख्नुभएको विचार प्रस्तुत छः
नेपालमा बाढी १०–२० वर्षमा एकपटक आउने होइन, हरेक वर्ष तराईमा बाढी र पहाडमा पहिरोको सामना नेपाली जनताले गर्दैछन् तर यसबारे गृह, भौतिक निर्माण तथा यातायात मन्त्रालय, सडक विभाग, जिल्लाका सम्बन्धित कार्यालयहरूले असारअघि नै पुलपुलेसा, बाँध र तटबन्ध तथा पहाडमा पहिरोको सम्भावित क्षेत्रबारे अध्ययन र रोकथामको अग्रीम उपाय गरेको देखिएन । उपायहरूबारे सरकारी निकायहरूले सोचेका भए जनताले यतिबिघ्न समस्या, कष्ट, पीडा झेल्नुपर्ने थिएन ।
मन्त्रालय, विभाग अर्थात् माथिदेखि तलसम्मका कार्यालय कर्मचारीहरूले कार्यालयलाई ऐसआराम गर्ने ठाउँँको रूपमा लिने र बाढी, पहिरो र भूकम्पजस्ता प्रकोपका मृतक र पीडितलाई केही लाख रुपैयाँ दिई आफ्नो कर्तव्य पूरा गरेको सम्झनेबाहेक केही काम नगरकोमा जनआक्रोश बढ्दै छ । राज्यसत्ता भनेको सेना, प्रहरीमात्र होइन, कर्मचारीतन्त्र पनि हो । के कर्मचारीतन्त्र पूँजीपति वर्गकै कान्छो संस्था भो ? कर्मचारीतन्त्रले जनताको हितमा के काम गरे ? केही दिनयता परेको अविरल वर्षाले नेपालको तराईमा बाढी र डुवान तथा पहाडमा पहिरोले दर्जनौं बेपत्तासहित भौतिक क्षति भएकोतर्फ नेमकिपाको गम्भीर ध्यानाकर्षण भयो ।

पालैपालो सरकारमा गएका पूँँजीवादी पार्टीहरूले ११ वर्ष यता आ–आफ्ना कार्यकर्तालाई ४ अर्ब रुपैयाँ बाँडचुड गरे । बाढी र पहिरोबाट मुक्त गर्न कुनै पूर्वतयारी गरेनन् ।

 
लक्ष्मणपुर बाँधको कारण बाँकेको राप्तीसोनारी गाउँपालिका फत्तेपुर, नरैनापुर, गंगापुर, मटेहिया, टिकुलीपुरलगायतका ठाउँहरू डुवानमा परेका छन् । रसियावाल खुर्दलोट बाँधका कारण कपिलवस्तु तथा कोसी बाँधको कारण सुनसरी र सप्तरी जिल्ला जलमग्न भई धनजनको क्षति भएको छ । झापादेखि कञ्चनपुरसम्मको डुवान र जनधन क्षतिको कारण भारतीय विस्तारवाद र एकाधिकार पूँजीले नेपालको भूमि अतिक्रमण गरी बनाएको बाँध र तटबन्ध नै हो ।
कोसी, गण्डक र महाकाली बाँधमा भारतले ढोका नखोलेको कारण नेपाली भूमि डुवान र जनधनको क्षति भएको हो । हिउँदमा एक थोपा पानी नदिने भारतले वर्षामा नेपालको हजारौं हेक्टर भूमि डुवानमा पार्दै आएको छ । के यो नेपाल–भारत मैत्रीको उपहार हो ? भारतीय एकाधिकार पूँजीले नेपाललाई क्षति पुग्ने गरी बनाएका बाँध र तटबन्ध तत्काल अनुगमन गरी भत्काउन सरकारले आवश्यक पहल गर्नुपर्छ । पालैपालो सरकारमा गएका पूँँजीवादी पार्टीहरूले ११ वर्ष यता आ–आफ्ना कार्यकर्तालाई ४ अर्ब रुपैयाँ बाँडचुड गरे । बाढी र पहिरोबाट मुक्त गर्न कुनै पूर्वतयारी गरेनन् ।
तर पूँजीवादी पार्टीहरूले क्षतिको जिम्मेवारी लिंदै जनतामाझ माफी माग्नुपर्छ । बाढी पहिरो पीडित जनताको शीघ्र उद्धार, पुनः स्थापना, घाइतेको उपचार र मृतकका परिवारलाई उचित राहत, क्षतिपूर्ति तत्काल उपलब्ध गराउन तथा भारतनिर्मित बाँध र तटबन्धको कारण भएका क्षतिको उचित क्षतिपूर्ति भारत सरकारसँग लिन नेपाल मजदुर किसान पार्टी माग गर्दछ । यस्तो सङ्कटको बेला सम्पूर्ण नेपाली जनतालार्ई एकताबद्ध भई देशभक्तिपूर्ण भावना प्रदर्शन गर्न आह्वान गदर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *