भर्खरै :

समाज परिवर्तनमा युवाहरूको भूमिका महत्वपूर्ण

समाजमा युवाहरूको अहम् भूमिका हुन्छ । उनीहरू जागरूक हुन्छन् । उनीहरूमा जोश जाँगर हुन्छ । उनीहरू क्रियाशील हुन्छन् । उनीहरू समाजका अगुवा पनि हुन् । समाजमा व्याप्त अन्धविश्वास र कुरीति हटाउन उनीहरूको महत्वपूर्ण योगदान हुन्छ । उनीहरूकै सक्रियता, साथ र सहयोगले समाज परिवर्तनमा टेवा पु¥याउँछ । यसका लागि युवाहरू विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्छ । उनीहरू समाजको घेराभन्दा बाहिर जानु हुँदैन । आफ्नो श्रम र सीपलाई व्यवहारमा लागु गर्नुपर्छ । आयआर्जन गर्ने नाउँमा जीवनमा दाग लाग्ने कलङ्कित काम गर्नुहुँदैन । यसतर्फ युवाहरू सचेत हुनुपर्छ ।
युवाहरूको भेटघाट बरोबर भइरहनुपर्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय सवालबारे सुसूचित भइरहनुपर्छ । समाजमा घुलमिल भइरहनुपर्छ । समाज परिवर्तनको लागि जुटिरहनुपर्छ । युवाहरू सही मार्गमा लागे समाज परिवर्तन छिटो हुनेछ । हामीले सही काम गर्नुपर्छ । आफ्नो कामबाट अरूमा प्रेरणा मिल्छ, प्रेरणा मिल्ने काम गर्नुपर्छ । यस्ता काममा युवाहरू उत्साहित हुनुपर्छ ।
हिजोका आस्था र विश्वास कुनै साथी या दाजु–भाइको रिसइविको कारण बदल्नु हुँदैन । कुनै एक व्यक्तिको व्यवहारको कारण विचार छोड्नु हुँदैन । जीवनमा अनेक अनेक घटना हुन्छन्, समस्याहरू आउँछन् । त्यस समस्या र चुनौतीको सामना गर्दै उत्साहका साथ काममा लागिरहनुपर्छ । कुनै कसैको लोभलालचमा फस्नु हुँदैन । कुनै प्रलोभनमा भुलेर छिनछिनमा विचार फेर्ने काम गर्दा जनताको विश्वास गुम्छ । समाजका नागरिकहरूले आफूलाई छिःछिः र दुरदुर गर्ने काम कहिल्यै नगरून् । हरेक युवाहरू समाजका एक उदाहरणीय व्यक्ति, समाजसेवी, समाजका अगुवा भएर काम गर्न सकून् । समाजका प्रिय, सम्झनलायक युवा बनेर समाजमा भिजिरहून् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *