अमेरिकी प्रजातन्त्रको सीमा र कमजोरी
- बैशाख ५, २०८१
हरेकजसो राजनीतिक दलको आ–आफ्नै पत्रकार सङ्गठन छ । ती पत्रकार सङ्गठनको बेलाबखत महाधिवेशन, सम्मेलन, गोष्ठी, भेला आदि भइरहेको हामीले पाएका छौँ । दलमा आबद्ध ती पत्रकारहरूले घटी या बढी आ–आफ्नो दलको प्रचार गरिरहेकै हुन्छन् । दलको प्रचार दैनिक पत्रिकादेखि मासिक पत्रिकाले गरिरहेका हुन्छन् । फेरि व्यक्ति कसरी स्वतन्त्र हुन्छ या दलबाट मुक्त हुन्छ ? दलीय व्यवस्थामा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा कुनै पनि नागरिक दलबाट अलग हुन सकिँदैन । कोही सक्रिय हुन्छन् त कोही निष्कृय । कोही समर्थक हुन्छन् त कोही शुभेच्छुक । देश विदेशको जल्दोबल्दो विषयमा जनतालाई सुसूचित पार्ने पत्रकारहरू कसरी स्वतन्त्र या दलबाट मुक्त हुनसक्छन् ?
राजनीतिक दलहरूले पत्रकारलाई भ्रातृ सङ्गठनको रूपमा प्रयोग गरिरहेका छन् । भनिन्छ, पत्रकारहरूको एकमात्र छाता सङ्गठन नेपाल पत्रकार महासङ्घ हो । तर, त्यही पत्रकार महासङ्घको सम्मेलनमा भाग लिँदा दलकै भ्रातृ सङ्गठनको रूपमा अलगअलग समूह या प्यानलको दर्ता हुन्छ । ती समूहहरूले आफू आबद्ध दलको पनि प्रचारप्रसार गर्छन् । सत्तासीन दलका नेताहरूले पत्रकारको सङ्गठनलाई आफ्नो दलमा आबद्ध गराउने, निर्देशन दिने अनि पत्रकारहरू स्वतन्त्र हुनुपर्छ, राजनीतिक दलबाट मुक्त हुनुपर्छ भनेर निर्देशन दिनु के द्वैधचरित्र होइन ? कुनै दलमा आबद्ध नभएको या स्वतन्त्र पत्रकारले एमसीसी सम्झौताको विषय, युक्रेनमा भइरहेको युद्धबारे समाचार लेख्नुप¥यो भने के लेख्ने ? एमसीसी सम्झौता ठीक भने या गलत ¤ युक्रेन आक्रमण सही या गलत जे भने पनि त्यहाँ राजनीति मुछिएकै हुन्छ । कुनै दलका नेताहरूले अरू दलका नेता या व्यक्तिहरूको आलोचना गरेका हुन्छन्, त्यही समाचार पत्रकारले बनाएका हुन्छन्, त्यो कुरा अरू दलको निम्ति मान्य हुँदैन । अनि त्यहाँ कसरी पत्रकार स्वतन्त्र हुन्छ र राजनीतिक दलमुक्त हुन्छ ?
बरु पत्रकारले गलत र भ्रमात्मक समाचार लेख्नुहुँदैन । आँखा चिम्लेर टीकाटिप्पणी गर्नुहुँदैन । कसैको लहैलहैमा लागेर, कसैको लोभमा फसेर वा दबाबमा रहेर लेख्नुहुँदैन । के आफूलाई स्वतन्त्र भनिएका पत्रकारहरूले साँच्चै स्वतन्त्र भएर पत्रकारिता गरिरहेका छन् ? पत्रिका सञ्चालकहरूले फलाना दलको कुनै समाचार नलेख्नु भनी ठाडो आदेश गरेका हुन्छन् । कथंकदाचित लेखिएको समाचार पनि पत्रिकामा ठाउँ पाउँदैन । तिनै पत्रिका सञ्चालकहरू पत्रकारहरू स्वतन्त्र हुनुपर्छ, दलमुक्त हुनुपर्छ भनी फलाक्छन् । अहिले कानुन व्यवसायी, शिक्षक, कर्मचारी तथा साहित्यकारहरू पनि कुनै न कुनै दलसँग आबद्ध भइरहेका छन् । खुलारूपमा नलागे पनि गुप्त या अप्रत्यक्षरूपमा दलमा लागिरहेकै हुन्छन् । यो कुरा घामझैँ छर्लङ्ग छ । अनि पत्रकारहरू कसरी हुन्छन् स्वतन्त्र र दलमुक्त ?
Leave a Reply