भर्खरै :

भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. मा शिक्षा शिविर

भक्तपुर, १५ साउन । भतmपुर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा नयाँ सदस्यहरूलाई संस्थाको क्रियाकलाप, वित्तीय सेवा, संस्थाको उद्देश्य र सदस्यहरूको काम, कर्तव्य र अधिकारबारे सुसूचित गर्ने उद्देश्यले शनिबार शिक्षा शिविर भयो ।
उक्त शिविरमा संस्थाका अध्यक्ष बलराम प्रजापतिले संस्थाका सञ्चालकहरूको अध्ययन नगरी उच्च ब्याजदरको प्रलोभनमा परी बचत गर्दा आफ्नो बचत असुरक्षित हुनसक्ने भएकोले सचेत हुनुपर्छ भन्नुभयो । धेरै संस्थाहरू सदस्यहरूको बचत नै फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको हुँदा आफूले सदस्यता लिँदा संस्थाको राम्रो अध्ययन गर्न अनुरोध गर्दै उहाँले नाफाकेन्द्रित वित्तीय संस्थाभन्दा सामुदायिक भावना र सदस्यहरूको हितका लागि स्थापित सहकारीहरूमा आफ्नो वित्तीय कारोबार गर्नुपर्ने धारणा राख्नुभयो ।
संस्थाका व्यवस्थापक सत्यनारायण साँय्जुले सदस्यहरूलाई संस्थाको सङ्क्षिप्त परिचय, सङ्गठनात्मक संरचना, संस्थाको ध्येय, परिकल्पना, विद्यमान नीति र संस्थाले हाल प्रदान गर्दै आइरहेको सेवा सुविधाबारे विस्तृत जानकारी दिनुभयो ।
सहकारी सिद्धान्त, मूल्य र मान्यतामा रहेर सामूहिक हितलाई मध्यनजर राखी प्रविधि मैत्री वातावरणमार्फत सरल र मितव्ययी कारोबार गर्दै सदस्यहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिकस्तर उन्नति गर्ने संस्थाको मुख्य ध्येय रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा संस्थाका सचिव एवं शिक्षा उपसमितिका संयोजक लक्ष्मीप्रसाद कुसीले आफू पनि २० वर्ष अगाडि यसरी नै शिक्षा शिविरमा बसेर संस्थाको हरेक क्रियाकलापमा सहभागी भई सञ्चालक पदमा निर्वाचित भएको हुँदा अगामी दिनमा उपस्थित सदस्यहरू संस्थाको विभिन्न गतिविधिहरूमा देख्न पाउने अपेक्षा गर्नुभयो । शिक्षा उपसमितिका सदस्य रामदेवी मानन्धर र हरिराम कुसीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *