भर्खरै :

प्रेस विज्ञप्ति

स्थानीय निर्वाचनपछि चामुण्डा बिन्द्रासैनी नगरपालिकाको गत असार २७ गतेको बैठकले चामुण्डा बिन्द्रासैनी नगरपालिकाभित्रका करार कर्मचारीहरूको म्याद थप नगर्ने निर्णयप्रति नेपाल मजदुर किसान पार्टी चामुण्डा बिन्द्रासैनी वडा नं. ७ को ध्यानाकर्षण भएको छ । सरकार बाहिर रहँदा ठूलाठूला आश्वासनहरू बाँड्ने, सरकारमा पुग्दा सबै कुरा बिर्सने र जनविरोधी काम गर्नु सत्ताको उन्माद हो । वर्षाैँदेखि काम गर्दै आएका कर्मचारीहरूलाई पुरस्कृत गर्नुको सट्टा जागिरबाटै निकाल्ने र अन्य स्थानीय कर्मचारीहरूको दरबन्दी मिलान गर्नु दुर्भाग्यपूर्ण हो । विभिन्न महामारी फैलिने समयमा स्वास्थ्य संस्थाहरू बन्द रहनु र वडा कार्यालयबाट नागरिकहरूले सेवा सुविधा पाउन नसक्नु निन्दनीय कार्य हो । कर्मचारीहरूलाई फुटाउन खोज्नु र उनीहरूबीच विभेद गर्नु प्रतिशोधको भावना हो । नेमकिपा वडा नं. ७ को वडा समिति नगरको यस्ता कार्यहरूप्रति आपत्ति जनाउँछ ।
कर्मचारीहरूको रायसमेत नलिई दबाबपूर्ण तरिकाले सरुवा गर्नु कर्मचारीप्रतिको पूर्वाग्रह हो । करार कर्मचारीहरू अयोग्य हुन् भने विगतमा किन र कसरी नियुक्ति गरियो ? हाल तिनीहरूको कुन योग्यता पूरा भएन ? यसको जवाफ चामुण्डा बिन्द्रासैनी नगरपालिकाले दिनुपर्छ । लोकसेवा आयोगबाट पदपूर्ति नहुँदासम्म बिनाभेदभाव सम्पूर्ण करार कर्मचारीहरूको म्याद थप गरी कार्य सञ्चालन गर्नुपर्छ ।
शिवराज जैसी
अध्यक्ष, नेमकिपा वडा नं. ७, दैलेख

Leave a Reply

Your email address will not be published. Required fields are marked *