भर्खरै :

देशलाई आत्मनिर्भर बनाउन विद्यार्थीहरू लाग्नुपर्ने

देशलाई आत्मनिर्भर बनाउन विद्यार्थीहरू लाग्नुपर्ने

काठमाडौँ, २२ साउन । तारकेश्वर फुटुङमा अवस्थित महालक्ष्मी इङ्गलिस हाईस्कुलले २०७८ सालको एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरूको लागि बधाई तथा मार्गनिर्देशन कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा विद्यार्थीहरूलाई विभिन्न विद्यालयका प्रिन्सिपल, उपप्राध्यापक, समाजसेवी, राजनीतिज्ञलगायत विद्यालयका संस्थापक अध्यक्षले बधाई तथा मार्गनिर्देशन गर्नुभएको थियो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले एसईईको जीपीएको आधारमा विषय छनोट गर्नुभन्दा आफ्नो रुचि, क्षमता तथा आर्थिक स्थितिको मूल्याङ्कन गरी विषय छनोट गर्नुपर्ने, जीवनमा परिवर्तन ल्याउन किताबी ज्ञानमात्र नभएर विश्व चर्चित व्यक्तित्वहरूको जीवनी पढ्नुपर्ने, विद्यार्थीहरूमा राजनैतिक चेतना अभिवृद्धि गराउनुपर्ने, राजनीतिले नै देशको सम्पूर्ण संयन्त्रमा कायापलट गर्नसक्ने भएकोले शिक्षा, स्वास्थ्य र कृषि हरेक कुरामा परनिर्भर बन्दै गएको हुँदा देशलाई आत्मनिर्भर बनाउन विद्यार्थीहरू लाग्नुपर्ने सुझाव दिनुभयो ।
विद्यालयका संस्थापक अध्यक्ष सनकमान महर्जनले विद्यालयले प्राप्त गरेको सफलतामा विद्यालय, विद्यार्थी र अभिभावकको सुमधुर सम्बन्धको कारण सम्भव भएको उल्लेख गर्दै अभिभावकको भूमिकाको उच्च मूल्याङ्कन गर्नुभयो ।
विद्यार्थीहरूलाई आफूले लिएको शिक्षा र ज्ञानबाट देशको सेवा गर्नुपर्ने, आफ्नो सीप र श्रम स्वदेशी माटोमा लगाउनुपर्ने, विदेश जाने प्रवृत्तिको अन्त्य गर्नुपर्ने, रोजगारी माग्ने वा खोज्ने होइन आफैले रोजगारी सिर्जना गर्नसक्ने व्यक्ति बन्नुपर्ने, व्यवहारिक तथा जीवनउपयोगी शिक्षा हासिल गर्नुपर्ने मार्ग निर्देशन उहाँले गर्नुभयो ।
विद्यालयका सल्लाहकार तथा समाजसेवी भक्तिनारायण महर्जनले विद्यार्थीहरू लगनशील, अनुशासित तथा नैतिकवान बन्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
त्रिविका उपप्राध्यापक छायादत्त न्योपानेले अध्ययनशील, अनुशासित तथा विवेकशील नागरिक बनेर देशको लागि योगदान दिने व्यक्ति बन्न सुझाव दिनुभयो ।
मनमैजू माविका प्रअ रविना महर्जनले एसईईको परीक्षा सकिए पनि प्रश्नपत्रबिनाको परीक्षा मानव जीवनभर नै चलिरहने भएकोले त्यस्तो परीक्षाको लागि तयार रहनुपर्ने सुझाव दिनुभयो ।
गणेश हाईस्कुलका प्रिन्सिपल किशोर डंगोलले विद्यार्थीहरूलाई मार्गनिर्देशन गर्ने क्रममा अधिकारमात्र खोज्ने तर कर्तव्यबोध नगर्ने प्रवृत्ति बढ्दै गएकोले अधिकारको साथमा कर्तव्यबोध गर्नुपर्ने सुझाव दिनुभयो ।
विद्यालयका भाइस प्रिन्सिपल विकास डंगोलले विद्यालयले प्रत्येक वर्ष उत्कृष्ट नतिजा प्राप्त गर्नुमा विद्यार्थी, अभिभावक र शिक्षकहरूको संयुक्त प्रयासबाट नै सम्भव भएको हो भन्नुभयो ।
महालक्ष्मी इङ्गलिस हाईस्कुलले यसै वर्षदेखि कक्षा ११ को कक्षा सञ्चालनमा ल्याएकोले व्यवस्थापन सङ्काय अध्ययन गर्न पनि उहाँले विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *