भर्खरै :

विभिन्न जातजातिबीच सांस्कृतिक आदानप्रदान हुनुपर्ने

विभिन्न जातजातिबीच सांस्कृतिक आदानप्रदान हुनुपर्ने

पोखरा, २२ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले आइतबार पोखराको भैरव टोलस्थित निर्माणाधीन भैरव मन्दिरको अवलोकन गर्नुभयो ।
सो क्रममा भैरव मन्दिर संरक्षण समितिले उहाँको सम्मानमा स्वागत कार्यक्रम ग¥यो । कार्यक्रममा देशका विभिन्न जिल्लाका जाति, भाषाभाषीबीच सांस्कृतिक आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेवाः समुदायले विश्व सभ्यतामा महत्वपूर्ण योगदान गरेको भन्दै नयाँ पुस्तालाई संस्कृति र सभ्यता हस्तान्तरण गर्न सङ्गठित प्रयास आवश्यक भएको बताउनुभयो । अध्यक्ष बिजुक्छेँले नेवाः संस्कृतिलगायत विभिन्न जातिका संस्कृतिबारे विश्व कोष बनाउन आवश्यक भएको बताउनुभयो ।
बिजुक्छेँले सम्पदा र संस्कृतिको संरक्षणमा भक्तपुरले हासिल गरेको सफलता आफ्नै खुट्टामा उभिएर काम गर्ने प्रयासको परिणाम भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले पोखराबाट आएका नेवारहरूको भक्तपुरसँगको सम्बन्धबारे चर्चा गर्नुभयो ।
भैरव मन्दिर संरक्षण समितिका अध्यक्ष तीर्थमान प्रधानाङको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्णबहादुर श्रेष्ठ र सुरेन्द्रमान बिजुक्छेँलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *