भर्खरै :

‘भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाऔं’

भक्तपुर, १ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसित फोटोग्राफी भक्तपुरका अध्यक्ष अच्युत प्रजापतिको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले नगरपालिकाको कार्यकक्षमा भेटी बधाई तथा शुभकामना पत्र हस्तान्तरण गर्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर कलाकारहरूको सहर भएको बताउँदै यहाँका कला र संस्कृतिबारे देश विदेशमा प्रचार प्रसार गरी भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न फोटोग्राफरहरूलाई सहयोगको लागि आग्रह गर्नुभयो ।
उहाँले भक्तपुरमा ठूल–ठूला उद्योगधन्धाहरूको विकासको सम्भावना कम भएकोले पर्यटन क्षेत्र यहाँका जनताको भविष्यसँग जोडिएकोले भनपाले पर्यटन विकासको लागि सम्पदा संरक्षण र पुनःनिर्माण तथा सरसफाइमा धेरै लगानी गरिरहेको बताउनुभयो ।
किपाग्राफी भक्तपुरका अध्यक्ष प्रजापतिले संस्था स्थापना र त्यसको उद्देश्यमाथि प्रकाश पार्दै संस्थाले भक्तपुरको कला संस्कृतिबारे देशका विभिन्न क्षेत्रमा प्रचार प्रसार गर्दै आएको र आगामी दिनमा विभिन्न देशमा हुने किपाग्राफी प्रतियोगिताहरूमा सहभागी भई अझ बढी प्रचार प्रसारमा लाग्ने बताउनुभयो ।
सदस्य बालकृष्ण प्रजापतिले भक्तपुरका चाडपर्वमा खिचिएका फोटोहरूको समय समयमा प्रतियोगिता गरी फोटोग्राफरहरूको उत्साह बढाउनुपर्ने र फोटो प्रतियोगिताको लागि एउटा सभाहलको व्यवस्था हुनु आवश्यक भएको सुझाव दिनुभयो ।
कार्यक्रममा फोटोग्राफी भक्तपुरका सदस्य पद्मसुन्दर शाक्यले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *