कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
भक्तपुर, २५ साउन । भक्तपुर नगरपालिकाको आयोजनामा २०७९ सालको गाईजात्रा पर्व (सापारु) प्रदक्षिणा मार्गमा बुधबार बिहान विशेष सरसफाइ गरिएको छ । यस वर्षको गुन्हिपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) एकै दिन परेको कारण जनमानसमा अन्योल पैदा नहोस् भनी भक्तपुर नगरपालिका र सरोकारवालाहरूबीच भएको छलफलले २०७९ साउन २६ गते बिहीबार गुन्हिपुन्ही (जनैपूर्णिमा) र २०७९ साउन २७ गते सापारु (गाईजात्रा) मनाउने निर्णय गरेको हो ।
भक्तपुरको दरबार क्षेत्र, खौमाबाट सुरु भएको सरसफाइ ¥यालीमा भक्तपुर नपा वडा नं. १ देखि ५ सम्मको मार्गमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वको टोली र वडा नं. ६ देखि १० सम्म भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व नेतृत्वको टोलीले सरसफाइ गरेको थियो ।
सरसफाइ कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आयोजनामा भएको सचेतनामूलक सरसफाइ कार्यक्रममा सहभागी सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै कला, संस्कृतिको संरक्षण गर्ने हाम्रो साझा दायित्व भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले प्रदक्षिणा मार्गमा रहेका फोहोर व्यवस्थापन गर्न र वातावरणलाई सफा राख्न सरसफाइ अभियान थालेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नपाले विगतका वर्षमा झैँ यस वर्ष पनि सापारुको अवसरमा परम्परागत र आधुनिक सांस्कृतिक विधाहरू तथा घिन्ताङघिसीलाई प्रतियोगिता गर्न लागेको जानकारी गराउँदै गाईजात्रा प्रदक्षिणा मार्गमा तार व्यवस्थापनको कार्य भइरहेको बताउनुभयो ।
¥याली सुरु हुनुअगाडि भएको सभामा भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले विगतका दिनमा कोभिडका कारण गाईजात्रा पर्व स्थगित गर्नुपरेको बताउँदै यस पटकको गाईजात्रा सभ्य र भव्य तरिकाले मनाउन लागेको अवगत गराउनुभयो ।
गाईजात्रा प्रदक्षिणा मार्गमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, दाफा–भजन, टीम–क्लव, सङ्घसंस्था, सहकारी संस्था, विद्यालय र सयौँ नगरवासीहरूको सक्रिय सहभागितामा सरसफाइ गरिएको हो ।
सरसफाइमा विद्यार्थीहरूले सन्देशमूलक नारा लेखिएका प्ले कार्डसहित नगर परिक्रमा गरेका थिए ।
Leave a Reply