भर्खरै :

शोषणरहित समाज निर्माण आजको आवश्यकता

शोषणरहित समाज निर्माण आजको आवश्यकता

ललितपुर, २५ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ ललितपुर जिल्ला समितिको आयोजनामा ५५ औँ नेक्राकिसङ्घ स्थापना दिवसको अवसरमा बुधबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले शासकहरू भ्रष्ट भएकाले नेपाल र नेपाली जनताको जीवन झन्झन् कष्टकर हुँदै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीको मुख्य उद्देश्य भनेको शोषणरहित समाजको निर्माण गर्नु हो । नेमकिपाको भ्रातृ सङ्गठन नेक्राकिसङ्घले किसानहरूलाई राजनीतिकरूपले सचेत र सङ्गठित गर्दै आएको छ । वर्गरहेसम्म वर्गसङ्घर्ष कायम रहनेछ ।”
नेमकिपा ललितपुर जिल्ला समितिका अध्यक्ष राजवीर डंगोलले विगतको इतिहासमा नेक्राकिसङ्घका अग्रज कार्यकर्ताहरूले मोही हक कायम गराउन सङ्घर्ष गरेको इतिहासबारे चर्चा गर्नुभयो ।
देशभक्त नागरिकहरू तयार नभएसम्म क्रान्ति अगाडि बढाउन गा¥हो हुने भएकोले किसान सङ्घले देशभक्त नागरिकहरू तयार गर्न गतिविधिहरू गर्दै आएको उहाँले बताउनुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय सचिव हरिराम सुवालले किसानहरू सङ्गठित नभएसम्म सरकारले किसानको हकहितमा कार्य नगर्ने चर्चा गर्दै किसान आन्दोलनलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । कवीन्द्र डंगोलको सभापतित्वमा भएको कार्यक्रममा नरेश महर्जन, महन्त महर्जन, अशोक महर्जनलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *