भर्खरै :

४० खर्ब कर्जामध्ये ३० खर्ब एकसय परिवारको कब्जामा !

४० खर्ब कर्जामध्ये ३० खर्ब एकसय परिवारको कब्जामा !

काठमाडौँ, २७ साउन । पाँचौँपटक प्रम भएका नेकाका शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् आयोजना भारतको एलएचपीसी कम्पनीलाई दिए । यसले नेका भारतीय पुँजीपरस्त भएको फेरि पुष्टि भयो ।
नेपाल राष्ट्र बैङ्कका उपनिर्देशक सिद्धराज भट्टले नेपालको आर्थिक अवस्था श्रीलङ्काको जस्तो कमजोर हुन्छ भन्नु बढी अनुमान हुने उल्लेख गर्दै श्रीलङ्कामा क्यान्सर नै भएको तर नेपालमा रुघाखोकीमात्र भएको बताए ।
नेपालको कूल ४० खर्ब रुपियाँ कर्जामध्ये १०० जना परिवारसँग ३० खर्ब रुपियाँ हुनु रुघाखोकी हो कि महाक्यान्सर हो ? अर्थशास्त्र दुई किसिमको हुन्छ – एउटा राज्यको नेतृत्वमा उत्पादन र वितरण गर्ने, अर्को मुठीभर व्यक्तिको हित हेर्ने । नेपालको अर्थतन्त्रले मुठीभर व्यक्तिको हित हेर्ने हो । किनभने, नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशनमा आएका कार्यकर्ताहरूलाई चैते काङ्ग्रेस खर्बपतिहरू विनोद चौधरी र उमेश श्रेष्ठले फोनको आधारमा बैङ्कले आफूहरूलाई अर्बौँ रुपियाँ ऋण दिने बताएका थिए । राष्ट्र बैङ्कको यो नीति नेपाललाई श्रीलङ्का बनाउने नभए के हो ?
भक्तपुर उद्योग वाणिज्य सङ्घले उपनिर्देशक भट्टजस्ता व्यक्तिलाई कार्यक्रममा बोलाएर देशको अर्थतन्त्रबारे छलफल गरे पछुटाउनुपर्नेछ । नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष शेखर गोल्छा भारतीय मूलका नेपाली नागरिक भएको समाचार छ । उही गोल्छाले अमेरिकी स्वार्थको लगानी एमसीसीसी सम्झौतालाई मुक्तकण्ठले प्रशंसा गर्दै यो सम्झौताको विरोध गरेका देशभक्त नेपालीलाई खोक्रो राष्ट्रवादको आरोप लगाएका थिए । यसकारण, भक्तपुर उद्योग वाणज्य सङ्घका पदाधिकारीहरू साँच्चिकै देशभक्त भए शेखर गोल्छाजस्ता उद्योगी–व्यापारीको अध्यक्षलाई समर्थन गर्नु गल्ती हुनेछ ।
३२ वर्षयताका सरकारहरूले गोरखकाली रबर उद्योगलाई जङ्गलमा परिणत गरे, हेटौँडा सिमेन्ट उद्योगलाई ८० करोड रुपियाँको ऋणमा डुबाए । विराटनगर जुट मिललाई समाप्त पार्ने, डेढ लाख ऋण, ८० लाख ब्याज, सुद्धखोरबाट सताइए नेपाली आदि समाचारले नेपाल पुँजीवादबाट आक्रान्त भएको पुष्टि हुन्छ । २०६४ सालमा एमालेबाट सांसद भएका विनोद चौधरीजस्ता खर्बपतिहरूलाई लाग्ला – सरकारमा गएका पार्टी र नेताहरू आफ्नो कोटको खल्तीमा छन् । यो पुँजीवादी पार्टी र नेताहरूको परिणाम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *