भर्खरै :

देशको राजनीति तथा समाजमा देखिएका विकृतिविरुद्ध व्यङ्ग्य

देशको राजनीति तथा समाजमा देखिएका विकृतिविरुद्ध व्यङ्ग्य

भक्तपुर, २७ साउन । भक्तपुरमा सापारु अर्थात् गाईजात्रा पर्व परम्परागतरूपमा घिन्ताङघिसीलगायत नाचगान गरी देशको राजनीति तथा समाजमा देखिएका विकृति एवम् विसङ्गतिहरूमाथि चोटिलो व्यङ्ग्य गरी मनाइयो ।
परिवारका सदस्यहरू दिवङ्गत भएको घरहरूबाट गाईको प्रतीक ताहासाँलगायत नगर परिक्रमा गराइएको थियो भने टोल टोलबाट घिन्ताङघिसी नाच प्रदर्शन गरी राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक विकृतिहरूमाथि व्यङ्ग्यात्मक प्रहसन प्रस्तुत गरिएको थियो ।
देशघाती एमसीसी सम्झौता पारित गर्नमा अमेरिकी दलालहरूको सक्रियता, शासक दलका नेताहरूको दलाल र आत्मसमर्पणवादी प्रवृत्ति, नेपालको राजनीतिक र आर्थिक मामिलामा भारतीय शासक वर्गको हस्तक्षेप, नेपालको जलस्रोत क्षेत्रमाथि भारतको कब्जा, चर्को मूल्यवृद्धि, वैदेशिक रोजगारका नाममा नेपाली युवायुवतीहरूको बेचबिखन, विवाहइत्तर सम्बन्ध र सम्बन्धविच्छेद, घरजग्गा दलाली इत्यादि विषयमा व्यङ्ग्य गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *