भर्खरै :

खुसीका झिल्काहरू

खुसीका झिल्काहरू

आज साउन २९ गतेदेखि ९४ वर्ष पूरा गरेर ९५ वर्ष लाग्नु भएका हाम्रा बा (आदरणीय भैरव रिसाल) लाई उहाँको सार्थक तथा दीर्घ जीवनको हार्दिक बधाईका साथै स्वस्थ रही आगामी दिनहरू सुखद् बितून् भन्ने कामना गर्दै विषय प्रवेश गरौँ ।
सामान्यतः सचेतनाको लागि आवश्यक पाँचवर्षे नाबालक समय कटाउँदा पनि उहाँले जीवनको ९ दशक पूरा गरिसक्नुभएको छ । यति लामो समय आफैँमा एउटा सङ्ग्रहालय हो, विश्वविद्यालय हो ।
असाधारण नभएर एउटा सामान्य व्यक्तिको जीवन पनि अध्ययनको विषय हुन सक्छ, कयौँ विषय अध्ययनको स्रोत हुनसक्छ । व्यक्तिलाई सा·ोपा· जान्न खोज्दा इतिहास, मानव विकासको एउटा कालखण्ड, अर्थशास्त्र, जीवशास्त्र, भौतिकशास्त्र, व्यक्तिको जीवनदर्शन, पेशा, खानपान, पोषणकुपोषण, रीतिरिवाज, नातागोता, शिक्षादीक्षा, भोगाइ, देखेका, सुनेका, सोचेका कुराहरू, सम्बन्धहरू, स्वभाव, अनुभव, यात्राभ्रमण इत्यादि सबै विषयहरू स्वतः समेटिन आउँछन् ।
माथिका विषयमा आधारित भएर हाम्रा बाको जीवन यात्रामाथि अध्ययन गर्ने हो भने एउटा विश्वविद्यालय स्थापना गर्न पुग्ने विषयवस्तु हुन सक्छन् । उहाँकै किन ? त्यो उमेरमा पुगेका जोसुकै व्यक्तिको जीवन पनि अध्ययनको विषय हुन सक्छ । व्यक्तिको जीवन उसैमा मात्र सीमित पनि त हुँदैन । समग्रमा मानिस सबै उस्तै हुन् र एकदमै पृथक पनि हुन् । समग्रता एउटा कडी हो भने प्रत्येक व्यक्ति अर्कोभन्दा फरक हुनु अझ विराट विषय हो ।
त्यसमाथि हाम्रा बाले गर्नुभएको क्रमभ· आफैँमा रोचक छ । पारिवारिक पुरोहित्याइँ पेशा त्यागेर समयको परिस्थितिको मागबमोजिम काममा लाग्नु उहाँको विशेषता बन्यो । परम्पराविपरीत बाआमा छँदै जुँगादाह्री सफाचट पारेर, शिरमा कपाल छञ्जेल पालेको जुल्फी फरक्क फर्काउँदै, लवेदासुरुवाल छाडेर पाइन्ट कमिजमा डट्टेर, छालाको जुत्ता बजार्दै, काँधमा रेडियो भिरेर हिँडेको उहाँलाई युगले सजिलै पचायो होला कि नाक खुम्च्यायो होला ? वा उहाँकै अनुसरण पो गर्न खोज्यो कि ? जे होस्, उहाँको जीवन धेरै हिसाबले प्रेरक रह्यो । समाजप्रतिको उहाँको दायित्वबोध वास्तवमा प्रशंसनीय थियो र अहिले पनि निकै हदसम्म छ । उहाँको हिँडाइले पनि जमानामा निकै चर्चा बटुल्यो । अर्को उल्लेखनीय पक्ष हो खुसी उहाँको कला र हास्यचेत । यस लेखनको उद्देश्य उहाँको हास्यचेत तथा खुसी हुने कलामा नै केन्द्रित रहनेछ ।
हरेक झिनामसिना कुराले उहाँलाई खुसी तुल्याउँछ । त्यसको अर्थ उहाँ कहिल्यै रिसाउनु भएन भन्ने होइन । तर, उहाँलाई जुन विषयमा खुसी लाग्छ नि ती असाध्यै साधारणमात्र होइनन् केही त दुःखी हुनुपर्ने, त्रसित हुनुपर्ने विषय पनि छन् । झन्डै ६ दसकअघि उहाँलाई क्षयरोग (टिबी) लाग्यो । उहाँको भनाइअनुसार सुस्तता र रिङ्गटा चल्न थालेजस्तो लागेर उहाँ डाक्टर जचाउन जानुभयो । चेक जाँचपछि क्षयरोग पत्तो लाग्यो । के यो खुसी हुनुपर्ने विषय हो ? किमार्थ होइन । उहाँलाई त कस्तो खुसी लाग्यो रे । मन हलुका, फुरु· भयो रे । किन त भन्दा उहाँलाई निकै गा¥हो महसुस भइसकेको रहेछ, ‘रोग पत्ता लागि हाल्यो । उपचार सम्भव रहेछ, अब ठीक भइहाल्छ नि’ भन्ने सोचेर उहाँ द· पर्नुभयो रे । भयो अब ।
भैरव रिसालको हिँडाइले उहाँको नामले भन्दा पनि ख्याति पाएको छ । सुविधाजनक सवारी साधन त शायद उहाँले ९ दशक पार गरेपछि मात्र प्रयोग गर्न थाल्नुभयो, अन्यथा सार्वजनिक सवारी साधनको भरमा नै उहाँको त्यो हदको सक्रियता सञ्चालित भएको हो । अझ रोचक कुरो त, सार्वजनिक सवारी साधन पनि उहाँले सकेसम्म प्रयोग गर्नुभएन, हिँडेरै धान्नुभयो । होइन, सवारी साधनमा चढि हाल्नुभयो भने पनि सिटमा बसेर होइन, उभिएरै यात्रा भयो भन्दा कतिले त किमार्थ पनि पत्याउने छैनन् । तर, यही यथार्थ हो ।
उहाँको हिँडाइको विषयलाई लिएर केही किंवदन्ती बनेका छन् । उहाँसँग एकै ठाउँबाट निस्केर कोही व्यक्ति गाडी कुरेर, गाडी चढेर अर्को ठाउँमा पुग्दा उहाँ हिँडेरै अघि नै त्यहाँ पुगिसक्नुभएको देख्नेको सङ्ख्या कम छैन । त्रिपुरेश्वर जान भनेर बबरमहलमा ट्रलीबस कुरेको देखेर उहाँले ‘तिमीयति बाटो पनि बस चढेर जान्छ्यौ,’ भनिदिँदा रातो मुख पारेर फटाफट हिँडेर गएकै पनि तीन दशक बितिसक्यो ।
राष्ट्रिय समाचार समिति (रासस) को प्रमुख समाचारदाता छँदा उहाँ घर आउने समय निश्चित थिएन । कार्यक्रम हुन्थे अपराह्नपछि, त्यसको रिपोर्टि· गरी घर फर्कँदा चाँडै भयो भने ६÷७ बजेसम्म, नत्र रातै पथ्र्यो । राष्ट्रिय पञ्चायतको बैठक सञ्चालन भएका दिनहरूमा आधा रात पनि हुन्थ्यो । त्यस्तै आधा रात भएको एक दिन गाडीले उहाँलाई अरनिको राजमार्ग, ठिमीमा छाडिदियो ।
त्यहाँबाट आधा घण्टाको हिँडाइपछि घर आउँथ्यो । बीचमा क्वाछेँ, ठिमीका केही समुदायको शवदाह गर्ने मसान पथ्र्यो । त्यहाँ एउटा पाटी र त्यसको तलतिर ढु·ेधारा थियो । मसानमा भूत आउँछ, पाटीमा राती ढुकेर बटुवालाई लुट्छन् भन्ने गाइँगुइँ सुनिन्थ्यो । आधा रातमा त्यो बाटो आउँदा उहाँको मनमा डर पलायो होला कि नाइँ ? भूतप्रेतमाथि विश्वास नभए नडराउँदा भयो रे लौ, तर चोर लुटेरा त भूमण्डलीय यथार्थ हो । यो डराउने, चिन्ता गर्ने विषय हैन र ? यसमा उहाँको प्रस्तुति यस्तो रह्यो ? “आज २८ गते, महिना मर्ने बेला, सरकारी कर्मचारीको खल्ती रित्तिने बेला, कुन चोर लुटेरा जागिरेलाई लुट्न बस्ला र ?” घरमा भने कसैले यो सोचेन, उहाँ नआइपुगिञ्जेल त्राहिमाम् । वास्तवमा नै कर्मचारीले तलब बुझेको बेलामा, दशैँ आउने बेलामा लुटपाट, चोरीडकैती, ठगीका घटना निकै सुनिन्थे ।
उहाँको दर्शन त्यो युगका लुटेराले पनि मनन गरेका रहेछन् भनेर मान्नै प¥यो किनभने यस्तो चकमन्न बाटो रात बिरात हिँड्दा पनि कहिल्यै अप्रिय घटना भएन । तर, त्यसको ३०÷४० वर्षपछि उहाँको त्यो दर्शनले फेल खायो । लुटेराले पनि ‘मान्छेसँग पैसा भएको बेलामा मात्रै किन, जहिले आवश्यक प¥यो त्यहिले लुट्ने हो । केही नभए पनि मान्छेले घडी भिरेकै हुन्छन्, त्यही लुटेरै पनि अलिकति पैसा बनाउन सकिहालिन्छ’ भन्ने दर्शनमा विश्वास गर्न थालेछन् । ‘आयो दशैँ ढोल बजाइ, गयो दशैँ ऋण बोकाइ’ भने झैँ ऋण बोकाएर दशैँँ बिदा भएको दिन अर्थात कोजाग्रत पूर्णिमाको दिन नेकपा एमालेको चियापान कार्यक्रममा सहभागी भएर बल्खुबाट फर्कँदा बबरमहल सिडिओ कार्यालयको ढोकाअगाडि उहाँलाई एउटा ठेउके लुटेराले सानो रड देखाएर उहाँसँग भएको टिसर्ट घडी र पाँच सय चानचुन रुपियाँ लुट्यो । अहिलेका लुटेराले हो भने त थोत्रो घडी, पाँचौटा सय रुपियाँ लुट्ने जाँगर पनि चलाउँदैनन् होला ।
खै कसरी कान्तिपुर एफ.एम.ले थाहा पाएछ, ‘पत्रकार रिसाल लुटिए’ भनेर फुकिदियो । अनि त फोनका फोन आएको छ, छ । प्रत्येकलाई द· पार्दै घटनाको बेलिबिस्तार लगाउँदा सुन्ने मान्छे तीन छक्क परेनन् होला ? के यो रमाउने, खुसी हुने विषय हो ? आपूm लुटिएको विषयमा पनि रमाउन सक्ने व्यक्ति उहाँमात्र हुनुहोला कि उहाँलाई साथ दिने अरू कोही पनि निस्केलान् ? केही लाग्छ ?
अभैm अगाडि, झन्डै ५० वर्ष अघि तिरको कुरो, त्यस बखत नेपाल सरकारले विद्यार्थीलाई यातायातको भाडामा कन्सेसन् अर्थात केही छुट दिएको थियो । बस भाडा दिँदा कन्डक्टरसँग ‘कन्सेसन्’ भने पछि पाउने छुट कटाएर टिकट काट्थ्यो र बाँकी पैसा फिर्ता दिन्थ्यो, विद्यार्थी परिचयपत्र देखाउन पर्दैनथ्यो । बस भाडा नै पनि त बीस पैसा, पच्चीस पैसा, तीस पैसा, बढीमा असी पैसा थियो । जसलाई ‘कन्सेसन्’ शब्द उच्चारण गर्न आउँथ्यो ती सबैले यो सुविधा उपयोग गर्थे र बीस पैसा तिर्ने ठाउँमा पन्ध्र पैसा, तीस पैसाको ठाउँमा पच्चीस पैसा तिरेरयात्रा गर्थे । हाम्रा बा पनि यो सुविधा उपयोग गर्नुहुन्थ्यो, भलै उहाँ विद्यार्थी हुनुहुन्नथ्यो ।
एकपटक उहाँ मित्र ऋषिराम पोखरेलसँग बसमा यात्रारत् हुनुहुन्थ्यो । कन्डक्टर भाडा उठाउन आयो । उहाँले पैसा दिएर ‘दुईटा कन्सेसन्’ भन्नुभयो । कन्डक्टरले नाइँ नास्ती नगरी कन्सेसन् दिएर भाडा काट्यो र पैसा फिर्ता दियो । ‘कन्सेसन्’ भनेको सुनेर ऋषिराम काका हाँस्नुभयो । हाम्रा बाले ‘ए नहाँस्, दाँत देख्ला’ भन्नुभयो । ऋषिराम काकालाई झन् हाँसो उठ्यो । हाम्रा बाले ‘हाँस्ने भए मुख छोप्’ भनेर इसारा गर्नुभयो । यो विषयमा पछिसम्म पनि उहाँहरूबीच हाँसो चल्थ्यो । कुरोको चुरो चैँ के भने, ऋषिराम काकाका अगाडिका एकदुई दाँत फुक्लिसकेका थिए । दाँत फुक्लिसकेकोले विद्यार्थी सहुलियत ‘कन्सेसन्’ खोज्नु आफैँमा हास्यास्पद थियो । त्यसमाथि उहाँहरूबीच जुन ठाउँमा जुन प्रकारले यो सब भयो, त्यो वास्तवमा नै रोचक थियो । उहाँहरू दुईबीच जहिले पनि लगभग यही पारामा नै कुराकानी हुन्थ्यो ।
उहाँको आत्तिने बानीलाई लिएर पनि छोराछोरी, भाञ्जाभाञ्जीबीच राम्रै हाँसो चल्छ । कसैको घरमा जाँदा खानेकुरा, पापा, कोसेली बोकेर जाने चलन थिएन उहाँको, त्यसैले केटाकेटीसमेत उहाँसँग पापाको आश गर्दैनथे । एकैपल्ट, जीवनमा जम्मा एकपल्ट कसरी हो उहाँले आफ्नो मामाघर नालाछाप जाँदा पुष्टकारी लिएर जानुभएको रहेछ । उहाँसँग पुष्टकारी भएको छनक पाएका केटाकेटी वरिपरि झुम्मिएर ‘मलाई, मलाई, मलाई पनि, भन्दै उहाँको हातैसम्म खोस्न गएछन् । कहिल्यै केटाकेटीलाई पापा बाँडेको अनुभव नभएको उहाँले एकदुई जनालाई पुष्टकारी दिन भ्याउनुभयो । केटाकेटी झन् झुम्मिएर ‘मलाई’, ‘मलाई’ भन्नथाले । उहाँले ‘ओहो म त कस्तरी आत्तिएँ,’ भन्दै बाँकी सप्पै पुष्टकारी आफ्नै मुखमा हाल्नुभयो । केटाकेटी खिस्सिए, जिल्लिए । सबै पापा आफ्नै मुखमा हाल्ने मामा, काका, बाबा जो भए पनि त्यो दिनदेखि केटाकेटीबाट उहाँ पापा बाँड्ने कामबाट जीवनभरका लागि बर्खास्त हुनुभयो ।
हाम्रा बाहरूको समयको समाजवयः सन्धिको, अर्थात सांस्कृतिक हिसाबले सङ्क्रमणकाल थियो । जाति प्रथा पूर्णतः त्यागी पनि नसकेको, नयाँ चलनप्रति तीव्र आकर्षण बढ्दै गइरहेको अवस्था थियो । कतै जाँदा धोतीको पटुका बाँधेर जाने, आफैँ पकाएर खाने अथवा अरूले पस्कि दिए पनि पटुका खोलेर धोती फेरेर खाने चलन भने हटिसकेको तर एकदम छालाको जुत्तै डट्टेर खान पनि अलिअलि हिचकिचाहट रहेको बेला रहेछ त्यो । यो प्रस·को नायक को हो त याद भएन, दार्जिलि· घुम्न गएको बेलामा छालाको जुत्ता लगाएरै कुर्सीमा बसेर टेबल राखेर प्लेटमा खाना खान लाग्दा अग्रासन हाल्न तयार भएको एक मित्रलाई रोक्दै अर्का मित्रले भने रे, “ए ¤ आपूm त बिग्रियौ, बिग्रियौ, देउ पितृलाई त नबिगार नबाबै हो ।”

खानपिनको मामलामा उहाँलाई असाध्यै सरल मान्न सकिन्छ, जे पाकेको छ त्यही मीठो मानेर खानुहुन्छ । मीठो लाग्यो भन्दैमा जरै नराख्ने नमीठो ठानेर फलै नचाख्ने स्वभाव पनि होइन उहाँको । तर, केही नमीठा लाग्ने खानेकुरा विशेषगरी तरकारीका बारेमा भने उहाँको तीखो प्रतिक्रिया हुन्थ्यो । जस्तो ः हरियो फर्सीको मुण्टा पनि खाने कुरो हो भन्या ? बन्दा भन्ने चिज के स्वादले खानु हौ । परबरमा स्वादै के आउँछ र ? आदि । तर, जब उहाँले पोषण विशेषज्ञबाट ती तरकारी भीटामिन, खनिजका स्रोत हुन्, तिनमा आइरन, भीटामिन ए टन्नै पाइन्छन् भन्ने थाहा पाउनुहुन्छ अनि त्यही तरकारी बढो स्वाद लिएर खानुहुन्छ । निष्कर्ष के भने उहाँका लागि तरकारीको मीठो र नमीठो स्वाद त्यसमा हुने पोषण र कुपोषणले निर्धारण गर्छ ।
घरमा मीठो चोखो पाकेको दिन देउ पितृलाई नैवेद्य चढाउने जिम्मा उहाँलाई आइलाग्यो भने ठट्यौलो पारामा छोरीहरूको नाम लिँदै ‘सुषमा’, ‘सुषम’ भनेर सेलपुरी चुँड्दै चढाउनुहुन्थ्यो । केटाकेटी चलेर हैरान पारेको बेलामा तिनलाई तह लगाउने जिम्मा आइलाग्यो भने, ‘ए राम्ररी चल,’ भनेर उक्साइदिनुहुन्थ्यो । उहाँसँग प्रसङ्गै नमिल्ने विषयमा अरूले गफ गरिरहेको ठाउँमा गएर ‘मलाई त्यस्तै’ भन्दै परिवेशलाई रमणीय बनाउन पनि उहाँलाई आउँथ्यो । ‘कस्तो केटाकेटी कुरा गरेको ?’ भनेर उहाँले साँच्चै केटाकटीसँग भन्नपुग्दा केटाकेटी पनि मरिमरी हाँस्थे ।
यी त भए रमाइला कुरा । यसमा हाँस्नु, रमाउनु स्वाभाविक हो तर दुःख, पीडामा पनि हाँस्न सक्नु, रमाउन सक्नुलाई अलि अनौठो नै लाग्ने कुरा हो । दुखेको, पीडा भएको कुरा त सकेसम्म उहाँ भन्दै भन्नुहुन्न । ‘दुखेको छ ?’ भनेर सोध्दा उहाँको सँधै जवाफ हुन्छ, ‘अलि अलि ।’ धेरै नै पीडा भएको रहेछ भने, त्यसको अभिव्यक्ति यसरी हुन्छ ः ‘अलि दुख्दो रहेछ हाहाहा’, ‘चस्किँदो रहेछ हाहाहा,’ ‘अँ अलि असजिलै भयो हाहाहा’, ‘यो उमेरमा शरीर भनेकै दुख्न, असजिलो हुनलाई हो, हाहाहा’ । सुन्नेले चैँ हाँस्नु कि नहाँस्नु ?
अँ हँ एकदिन पनि छैन उहाँले अल्छी लागेर, थकाइ लागेर काम थाँती राखेको, जुन क्रम अहिलेसम्म पनि कायमै छ । अब त कामको चाप धेरै नभए हुन्थ्यो भन्ने लाग्छ परिवारलाई र यदाकदा त्यो भाव व्यक्त पनि भइहाल्छ । तर, उहाँको जोश, जाँगर देखेर उहाँलाई आफ्नै इच्छामा चल्न दिऊँ भन्ने लाग्छ । मान्छेमा जाँगर भन्ने कुरा उमेरले घटबढ हुने होइन रहेछ, जाँगर स्वभाव रहेछ । अल्छी पठ्ठो छँदा पनि अल्छी नै हुन्छ । उहाँको जीवन व्यस्ततम रह्यो सँधैजसो । कामप्रतिको उहाँको समर्पण कस्तो भने कारणबस एक दिनमात्र उहाँ बिदामा बस्नुभयो भने आमा व्य·य गर्नुहुन्थ्यो, ‘हैन, आज नेपाल राज्य चल्छ र भन्या ?’ उहाँ हाँस्नुहुन्थ्यो बस् ।
खुसी भएर बाँच्नु नै जीवनको सार्थकता हो । तर, खुसी हुन पनि सीप चाहिँदो रहेछ, त्यसमा पनि क्षमता आवश्यक पर्दो रहेछ । उहाँलाई खुसी हुन खास कुरो, विशेष कुरो चाहिँदैन ः कोही भेटियो त्यसैमा खुसी, कोही भेट्न आयो एकदम खुसी, कसैले फोन ग¥यो त्यसैमा खुसी, पानी आयो खुसी, कस्तो गर्मी भयो खुसी, कस्तो जाडो भयो खुसी, कसैको प्रगति भयो त्यहीँ खुसी, चिन्नु न जान्नुको मान्छेले उन्नति ग¥यो कहिल्यै नगएको ठाउँमा सडक पुग्यो उहाँ द·, उपत्यकाका डाँडाकाँडामा बिजुली बत्ती झलमल्ल बल्यो उहाँलाई एकदम खुसी लाग्यो, खानै नपाउने मान्छे अब नेपालमा धेरै छैनन् भन्ने समाचार आयो उहाँ गदगद् । समस्यामा परेको, समाधान गरेको वा समाधान हुन नसकेको कुरा पनि उहाँ जुन प्रशन्नताले वर्णन गर्नु हुन्छ नि त्यो पनि खुसी हुने कला नै हो ।
तसर्थ, खुसीको सम्बन्ध बाहिरी विषयवस्तुसँग नभएर मान्छेको स्वभावसँग हुँदो रहेछ । यत्रतत्र छरिएका यस्ता खुसीका झिल्काहरूलाई चिन्ने, देख्ने, पत्तालगाउने, ग्रहण गर्ने क्षमता भयो भने व्यक्ति ९४ वर्षसम्म पनि सन्तुष्ट र सुखले बाँच्न सक्दो रहेछ । उहाँको जीवनबाट निसृत खुसीका यस्ता झिल्काहरूले अनगिन्ती जीवन प्रज्वलित भएका छन्, अझै पनि हुन सकून् । यही कामना गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *