भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
हरेक वर्ष उपत्यकाका नेवारहरू वर्षभरिमा दिवङ्गत भएका घरैपिच्छेबाट गाईजात्रा निकाल्ने गर्छन् । यो परम्परा धेरै पहिलादेखि चल्दै आइरहेको छ । यो पर्वमा व्यङ्ग्यात्मक, प्रहसन, नाटक मञ्चन, गाईजात्रे पत्रिका निकालेर पनि मनाउन थालियो ।
यो गाईजात्रा निकाल्ने चलन कहिलेदेखि भयो भन्ने सन्दर्भमा फरक–फरक मत पाइन्छ । एउटा भनाइअनुसार ने.सं. ५७८ मा राजा प्रताप मल्लका छोरा चक्रवतीन्द्र मल्ल विफरले मरेछ । छोरा मरेकोले रानी राजमतीको शोक रोक्नै सकेनछ । रानीको शोक शान्त पार्न राजा प्रताप मल्लले देशभरका क–कसको घरमा त्यस वर्ष मान्छे मरेको छ उसको नामबाट गाईजात्रा निकाल्नुपर्ने उर्दी जारी गरेछन् । जनताले मरेकाहरूका नाममा निकालेको गाईजात्रा र झाँकी देखेर रानीले यो संसार अनित्य रहेछ, यहाँ जो कोही पनि मर्दो रहेछ भन्ने ज्ञान पाएर मेरो छोरामात्र होइन धेरै मानिसहरू मरिरहेका रहेछन् भनी मनमा धैर्य लिएकी रहिछिन् । त्यही समयदेखि राजादेखि जनतासम्म देखापरेका विकृति विसङ्गतिविरुद्ध व्यङ्ग्य गर्न छुट दिएको हो भनिन्छ । गाईजात्राको झाँकी निकाल्ने परम्परा राजा प्रताप मल्लको पालादेखि सुरु भएको देखिए तापनि मर्नेहरूका नाममा गाईजात्रा निकाल्ने परम्परा गोपालराज वंशावलीअनुसार राजा जयस्थिति मल्लको शासनकालमा ने.सं. ५०० तिर नै राजा खलकका कोही दिवङ्गत भएमा गोविन्दावली गीत, भजन गाउन लगाई नगर परिक्रमा गराउने परम्परा बसेको हो । अझ बौद्ध परम्पराअनुसार दिवङ्गतहरूका नाममा गाईजात्राको भोलिपल्ट पाटनको मङ्गलबजारबाट निकाल्ने मतयाः न्यकूजात्रा राजा गुणकामदेवको राज्यकालमा सुरु भइसकेको हो भनिन्छ ।
भक्तपुरमा भने फरक शैलीको गाईजात्रा मनाइन्छ । प्रत्येक वर्ष जनैपूर्णिमाको दिन भक्तपुर दरबार स्क्वायरस्थित तलेजुबाट साँझ खेलिने घिन्ताङघिसी नाचको प्रदर्शन सुरु भएसँगै जात्रा सुरु भएको मानिन्छ । तलेजुबाट निकालिने गाईजात्राको घिन्ताङघिसी नाच नगरपरिक्रमा गराइन्छ । आकर्षक मानिने यहाँको गाईजात्रा हेर्न काठमाडौँ उपत्यका र आसपासका हजारौँ दर्शकहरू भक्तपुरमा जात्रा हेर्न आउने भएकाले भक्तपुर नगरपालिकाले भक्तपुर नगरको चारैतिर पार्किङ क्षेत्र निर्धारण गरेको छ ।
भक्तपुर नगरपालिकाले गाईजात्राको अवसरमा प्रदर्शन गरिने नाच, नाटक र प्रहसनलाई नगद पुरस्कारको व्यवस्था गरेको छ । प्रत्येक वर्ष जात्रामा प्रदर्शन हुने नाच, प्रहसन र नाटकको मूल्याङ्कन गरी पहिलो, दोस्रो र तेस्रो हुने विभिन्न विधाहरूलाई नगद पुरस्कार वितरण गरिँदै आइरहेको छ । भक्तपुरको गाईजात्राको मुख्य आकर्षण घिन्ताङघिसी नाच हो । हजारौँको सङ्ख्यामा नगरभरि दिनभर लट्ठी जुधाएर यसको प्रदर्शन हुन्छ । नाचगान टोलीले भक्तपुर नगरपरिक्रमा गर्ने गर्छ ।
गाईजात्राको अवसरमा यहाँ देवी नाच, भैलः नाच, बाँदर नाच, गाईँचा नाच, लुसी नाच, फाकंदली नाच, नागाचा नाच आदि देखाइन्छ । साथै हनुमान, म्हेखा, किजापूजा, कपाय् फ्य्नेगु, कवांचा नाचलगायतका नाच पनि देखाइन्छ । यी सबै नाच फरक–फरक रूप र भेषभूषामा प्रस्तुत गरिन्छ । गाईजात्राको क्रममा एउटै वडाबाट पनि धेरै नाच, नाटक, प्रहसन प्रदर्शन गर्ने गरिन्छ ।
जनैपूर्णिमाको दिनदेखि आठ रात नौ दिनसम्म यहाँ गाईजात्रा मनाइन्छ । यसै क्रममा नगरका विभिन्न ठाउँमा टोल–टोलमा नाच, नाटक, प्रहसन आदि प्रदर्शन गरिन्छ ।
यो गाईजात्रा पर्वलाई जनचेतना फैलाउने सांस्कृतिक अभियानको रूपमा लिइँदै आइरहेको प्रसङ्ग पनि यहाँ उल्लेखनीय छ । यसपालिको गाईजात्रा पर्वको तयारीस्वरूप भक्तपुर नगरपालिकाको एक भेलामा नगर प्रमुख सुनिल प्रजापतिले गाईजात्रा पर्वलाई जनचेतना फैलाउने सांस्कृतिक अभियानको रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै समाज परिवर्तनमा कवि, कलाकार र लेखकको महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे । पैसाको निम्ति सङ्घर्ष गर्ने पुँजीवादी व्यवस्था अन्त्य गर्न विचारको सङ्घर्ष गर्नुपर्ने कुरामा नगर प्रमुख प्रजापतिले जोड दिए । भक्तपुर नपाका उप–प्रमुख रजनी जोशीले देशको कला संस्कृति जगेर्ना गर्नु सबैको दायित्व भएको बताउँदै गाईजात्रामार्फत यहाँको संस्कृति र सभ्यता झल्किने हुँदा सबैले सभ्य तरिकाले पर्व मनाउन आग्रह गरिन् ।
Leave a Reply