भर्खरै :

तारा माविमा बधाई ज्ञापन र सम्मान कार्यक्रम

तारा माविमा बधाई ज्ञापन र सम्मान कार्यक्रम

भक्तपुर, २९ साउन । तारा माध्यमिक विद्यालयबाट एसईई पूरा गरेका विद्यार्थीहरूलाई बधाई ज्ञापन कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा शिक्षासेवी उद्धव सुजखुले उच्च शिक्षा हासिल गरी आफूले सिकेका ज्ञान देश र जनताको सेवामा समर्पित गर्ने सोचका साथ अध्ययन गर्न विद्यार्थीहरूलाई सुझाव दिनुभयो ।
नेपाल मजदुर किसान पार्टीका नेता–कार्यकर्ताहरूको मेहनतकै कारण भक्तपुर देशकै उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा विकास हुँदै गएको उहाँले व्यक्त गर्नुभयो ।
भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले विद्यार्थीहरू लगनशील, मिहेनती र कर्तव्यनिष्ठ हुनुपर्ने आवश्यकता औँल्याउँदै आफ्नो रूचिअनुसार उच्च शिक्षा अध्ययन गर्दा भविष्यमा पछुटाउन नपर्ने बताउनुभयो ।
विद्यालय प्रअ प्रेमलक्ष्मी त्वायनाको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थापक एवम् निवर्तमान प्रअ पुष्पलाल सुजखू, व्यवस्थापन समिति सदस्य कृष्णलक्ष्मी दुवाल, शिक्षकहरू हरिकृष्ण प्रजापति, कृष्णगोविन्द दुवाल, श्याम ख्याजू, विद्यार्थीहरू रिया छुँजू, कञ्चनकुमार ठाकुर र कृष्मा कायष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *