भर्खरै :

नाटो र संरा अमेरिकी साम्राज्यवाद बुद्ध होइनन्

नाटो र संरा अमेरिकी साम्राज्यवाद बुद्ध होइनन्

२८ साउन २०७९ को ‘नागरिक’ को ‘अक्षर’ स्तम्भमा डा. श्याम उपाध्यायको ‘लियो टल्सटायको लेखन र चिन्तनमा बौद्ध दर्शनको प्रभाव’ लेखमा बुद्ध दर्शन तथा टल्सटायको दृष्टिकोणलाई संरा अमेरिकी साम्राज्यवाद र साम्राज्यवादीहरूको गठबन्धन नाटोलाई सघाउने खालले प्रस्तुत गरिएको छ ।
तर, श्याम उपाध्यायका विचारअनुसार युक्रेनका नवनाजीवादीहरूअगाडि युक्रेनका नाजीवादविरोधी तथा न्याय र शान्तिका पक्षपातीहरूलाई समेत हतोत्साहित गर्ने, अत्याचारीहरूको अगाडि आत्मसमर्पण गर्नुपर्ने स्थिति आउँछ । दोस्रो विश्वयुद्धमा नाजी सेनाले बन्दी बनाइएका कति बन्दीको हत्या ग¥योे, त्यसको कुनै लेखाजोखा समेत भएन । सन् २०१४ देखि युक्रेनी नवनाजीवादीहरूले लुहान्स्क र दोनेत्स्क गणतन्त्रका जनतामाथि गरेको आत्याचारलाई पश्चिमा प्रचारमाध्यमले गुप्त नै राखेर अक्षम्य अपराध गरे । युक्रेनको नवनाजीवादी जेलेन्स्की सरकारले रुसी जाति, रुस एवम् नव–नाजीवादसँग सहमत नभएका सबै स्वतन्त्र व्यक्तिहरूको हत्या, तिनीहरूमाथि हिंसा तथा अन्य अपराधहरू गरेको खुलासा हुँदै छ ।
रुसका टल्सटाय बौद्ध दर्शनबाट प्रभावित हुनुमा कुनै आश्चर्य होइन । भारतका गान्धीको चिन्तन तथा राजनैतिक सङ्घर्षमा पनि बुद्ध र टल्सटायको प्रभाव एवम् सम्बन्ध हुनुमा कुनै आश्चर्य छैन । तर, त्यो सम्बन्धले नवनाजीवादी युक्रेनको वर्तमान जेलेन्स्कीको शासन र बुद्ध, टल्सटाय तथा गान्धीवादसँग कुनै समता साबित हुँदैन । तर, डा. श्याम उपाध्यायले भनेजस्तै बुद्ध, टल्सटाय र गान्धीलाई ढाल बनाएर संरा अमेरिका र साम्राज्यवादी सैन्य सङ्गठन ‘नाटो’ बाट युक्रेनी शान्तिकामी एवम् न्यायप्रेमी जनतामाथि भइरहेको हत्या, हिंसा तथा अत्याचारलाई जायज र न्यायपूर्ण बताउन सकिन्न ।
जात (रगत), भाषा, धर्म, अन्ध तथा सङ्कीर्ण राष्ट्रवाद एवम् ठूलो राष्ट्र अहङ्कारवादको आडमा हुर्केको हिटलरको ‘राष्ट्रिय समाजवाद’ वा नाजीवादको आजको गुप्त र खुला युद्धलाई बुद्ध धर्म, टल्सटायको चिन्तन र गान्धीवादी आँखाले हेर्न सकिन्न ।
‘जर्मन जाति शुद्ध आर्य रगत हो† त्यसैले संसारलाई शासन गर्ने नैतिक अधिकार राख्छ’, ‘जहाँ–जहाँ जर्मन जातिको बसोबास छ, त्यहाँ–त्यहाँ नाजी सरकार हुन्छ’ भन्ने जस्ता हिटलरको राष्ट्रवादी दृष्टिकोणले दोस्रो विश्वयुद्धलाई अत्यन्त संहारकारी बनायो ।
उनकै सहोदर ‘मुसोलिनीको फासीवाद’ अर्थात् ‘अति राष्ट्रवाद’ ले पनि युरोप र अफ्रिकामा समेत ठूलो जनधनको क्षति पु¥यायो । ‘रोमको गौरव’ फर्काउने र ‘जहाँ–जहाँ क्याथोलिक धर्म छ, त्यहाँ–त्यहाँ फासीवादले राज्य गर्छ’ भन्ने दृष्टिकोण लिएका मुसोलिनीले अफ्रिकाको अविसिनियासम्म शासन विस्तार गरे ।
आज युक्रेनमा नाजीवाद तथा फासीवादले शासन गर्दै छ । अब पूर्वी युरोपको रुसी महासङ्घसमेत अन्य पूर्व समाजवादी देशहरू तथा सोभियत सङ्घबाट छुट्टिएका जातीय राज्यहरूलाई पनि नाजीवाद तथा फासीवादी शासनमा फेर्न चाहन्छ । त्यसको अर्थ हो– संरा अमेरिका र नाटो इस्टोनिया, लात्भिया, लिथुआनिया, बेलारुस र मोल्डाभियामा समेत युक्रेनमा जस्तै नाजी शासन विस्तार गर्न चाहन्छन् । लोहान्स्क र दोनेत्स्क गणतन्त्रमाथि जेलेन्स्कीले आक्रमण गर्नुको कारण त्यहाँका अत्यधिक जनता रुसीभाषी छन् । पश्चिम युक्रेनमा संरा अमेरिकी अङ्ग्रेजी र बेलायती अङ्ग्रेजी मात्र बोल्ने क्षेत्र छुट्याइएको छ र त्यहाँ रुसी भाषा बोल्न निषेध गरिएको छ । रुसी भाषाका सारा साहित्य एवम् पुस्तकमा पनि आगो लगाइसकिएको छ । त्यसमा टल्सटाय र अन्य लेखकका पुस्तकहरू पनि हुने नै भए ।
त्यस्तै, युक्रेनको जेलेन्स्कीको नव–नाजीवादी शासनले पूर्व सोभियत सङ्घसँग छुट्टिएका दक्षिणको जातीय राज्यहरू – जर्जिया, आर्मेनिया, अजरबैजान, तुर्कमेनिस्तान, उज्वेकिस्तान, कजाखस्तान, किर्गिस्तान र ताजिकिस्तानमा समेत त्यहाँका यहुदी र जर्मनी भाषीहरूलाई भड्काउँदै छ । यो संरा अमेरिका र नाटोको षडयन्त्र एवम् आक्रामक नीति हो । उपाध्यायजीले यी सबै विषयमा आँखा चिम्लेको देखिन्छ ।
युक्रेनबारे प्राप्त तलका केही जानकारीहरूमा ध्यान दिन पाए नेपाली पाठकहरूको सेवा हुने स्वाभाविक छ –
१) ‘युक्रेन युद्ध : तीन दिग्गजका अभिव्यक्ति’– केइटलिन जोल्सटन ।
२) ‘युक्रेनी फासीवाद र अमेरिका’– तन रीफ ।
३) ‘युक्रेनभित्र वर्गसङ्घर्ष’– अर्बन ¥याम्बलिड्स ।
४) ‘बेलारुस : नबनेको युक्रेन’ – सम्यक ।
५) ‘युक्रेनी गुप्त कालकोठरीमा तीन महिना’– लरेँ ब्रायार्द ।
६) ‘कति भ्रष्ट छन् युक्रेनी राष्ट्रपति जेलेन्स्की ?’– जेरेमी कुजमारोभ ।
७) ‘रुसलाई घृणा गर्ने ब्रेजिन्स्की खान्दान’ – जेरेमी कुजमारोभ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *