भर्खरै :

“नेमकिपाले निर्वाचनको क्रान्तिकारी उपयोग गरिरहेको छ”

पर्सा, १ भदौ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भयो ।
नेमकिपा बारा जिल्ला समितिको आयोजनामा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य प्रजापतिले नेमकिपाले लेनिनवादी सिद्धान्तअनुसार निर्वाचनको क्रान्तिकारी उपयोग गरिरहेको बताउनुभयो ।
निर्वाचन मत परिणामको आधारमा नभई पार्टीले अङ्गालेको सिद्धान्त र विचारको आधारमा राजनीतिक पार्टी ठूलो हुने धारणा उहाँले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “बहुदलीय व्यवस्थाको मर्मविपरीत ‘ठूला’ दलहरूले अनैतिक गठबन्धन बनाएर निर्वाचनमा भाग लिइरहेको छ । सच्चा कम्प्युनिस्ट पार्टीहरूले मजदुर–किसानलाई पहिलो प्राथमिकतामा राखी कार्य गर्छ ।”
नागरिकता विधेयक पारित गरी देशलाई सिक्किमीकरण गर्न खोजिरहेको हुँदा उक्त विधेयकको विरोधमा नेमकिपाले विगतदेखि नै सदन र सडकमा आवाज बुलन्द गरिरहेको केन्द्रीय सदस्य प्रजापतिले बताउनुभयो ।
देशघाती एमसीसी र एसपीपीका समर्थकहरू देशघाती भएको चर्चा गर्दै उहाँले पुँजीवादी व्यवस्थामा व्यापक जनताको हित नहुने हुँदा कामदार वर्गको हित हुने समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्ष गर्न कार्यकर्ताहरू अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रमका सभापति एवं नेमकिपा बारा जिल्ला समितिका अध्यक्ष मुक्ति यादवले देश र जनताको हितमा काम गर्ने एकमात्र इमानदार पार्टी नेमकिपा रहेको उल्लेख गर्दै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सम्पदा संरक्षणमा गरिरहेको कार्य सराहनीय रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सहसचिव जगनाथ सुजखुले मानव समाजलाई सही दिशामा अघि बढाउन सही राजनीति र गुणस्तरीय शिक्षाको आवश्यकता हुने बताउनुभयो ।
नेपाल इन्जिनियरिङ समाजका उपाध्यक्ष नरेश खत्रीले कार्यकर्ताहरूको मुख्य दायित्व कम्युनिस्ट साहित्यको अध्ययन गरी कम्युनिस्ट विचारको प्रचार गर्नु हो भन्नुभयो ।
हेटौडामा कार्यकर्ता भेटघाट
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नेमकिपा हेटौडाको आयोजनामा कार्यकर्ता भेटघाट भयो ।
केन्द्रीय सदस्य प्रजापतिले नेपाल मजदुर किसान पार्टीले विचारको राजनीति गरिरहेको बताउँँदै जनतालाई राजनैतिकरूपमा सचेत बनाउन र शासक दलले गरेका देश र जनताका हितविपरीतका कामहरूबारे जनतालाई सचेत पार्न हरेक निर्वाचनलाई उपयोग गरिरहेको स्पष्ट पार्नुभयो ।
निर्वाचनमा ठूला दलहरूले गठबन्धन बनाएर चुनाव लड्नु बहुदलीय व्यवस्थाको मर्मअनुसार नभएको जिकिर गर्दै उहाँले नेमकिपा हारजितलाई भन्दा विचारको राजनीति गर्छ भन्नुभयो ।
युवाहरूलाई लक्षित गरी निर्वाचन परिचालन समिति गठन गरी पार्टीका प्रकाशनहरूमार्पmत युवाहरूलाई पार्टीको धारणा जनतामाझ लानुपर्ने विचार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *