यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
हेटौडा, १ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हेटौडा चौघडास्थित प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्रको अवलोकन गर्नुभयो ।
नेपाल सरकारद्वारा सञ्चालित सो केन्द्र ४३ हेक्टर क्षेत्रमा पैmलिएको बताउँदै यस केन्द्रबाट किसानहरूलाई माछाको भुर्रा उत्पादन गरी प्रतिमाछा सस्तोमा बिक्री वितरण गरिरहेको केन्द्रका अधिकृत अशोक अधिकारीले बताउनुभयो । उनका अनुसार उक्त केन्द्रबाट वार्षिक २७।२८ लाख आय हुने गरेको छ ।
उक्त केन्द्रको राम्रो प्रयोग गर्न सकिए माछामा आत्मनिर्भर हुनसक्ने देखिन्छ । कर्मचारीको राम्रो व्यवस्थापन नहुनु, समयानुसार केन्द्रको सुधार नहुनुले केन्द्र व्यवस्थित हुन नसकेको पाइएको छ । सङ्घ सरकारले राम्रो ध्यान दिएको भए केन्द्रबाट मनग्य आम्दानी गर्न सकिने जो कोहीले अनुमान गर्न सकिन्छ । माछा प्रजनन् केन्द्र रहेको सो केन्द्रमा बङ्गुर पालन समेत गरिएको छ ।
Leave a Reply