नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
भक्तपुर, २ भदौ । नेपाल कर्मचारी समाज भक्तपुर जिल्ला समितिको आयोजनामा ‘राज्यस्तरको षड्यन्त्र – भक्तपुर काण्ड’ विषयक प्रवचन कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नेमकिपाले देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने भावनाकासाथ पञ्चायती व्यवस्थालाई उपयोग गरेकोलाई सहन नसकी भक्तपुर काण्ड रची नेमकिपालाई समूल नष्ट गर्ने दुष्प्रयास पञ्चायती राज्य व्यवस्थाले गरेको बताउनुभयो । उहाँले भन्नुभयो, विगतमा नेमकिपालाई समाप्त गर्ने षड्यन्त्र पञ्चायतले ग¥यो । अहिले नेपाललाई भारतमा गाभ्ने षड्यन्त्र भारतले रचिरहेको छ ।’
देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु नै राजनीति भएको बताउँदै सचिव सुवालले प्रतिक्रियावादीहरूका हरेक षड्यन्त्रबाट बच्न कर्मचारीहरू सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला उपाध्यक्ष सुरेन्द्रराज गोसाईले देश र जनताको सेवामा, सिद्धान्त र विचारमा नेमकिपालाई पराजित गर्न नसकेपछि पञ्चायतले नेमकिपालाई नष्ट गर्न भक्तपुर काण्डको जाल बुनेको बताउनुभयो । नेमकिपा भक्तपुर नगर अध्यक्ष नारायणबहादुर दुवालले अरूलाई नष्ट गर्ने खोज्ने पञ्चायत आफै नष्ट भएको बताउनुभयो ।
Leave a Reply