भर्खरै :

टोल–टोलमा नाचगान गीत सन्देशमूलक

टोल–टोलमा नाचगान गीत सन्देशमूलक

भक्तपुर नगरको टोल–टोलको चोक–चोकमा नाचगान भइरहेको छ । गत साउन २९ गतेदेखि सुरु भएको नाचगान बिहीबार सकिनेछ । कृष्ण जन्माष्टमीको दिनदेखि गाईजात्रे नाचगान अन्त्य हुने धारणा छ । यस वर्षको गाईजात्रामा घिन्ताङघिसीको दिन ल्याइएको बाहेक सात दर्जन जति प्रस्तुतिहरू रहेको बुझिएको छ । हरेक प्रस्तुतिको नगर परिक्रमा हुन्छ । परम्परागत नाचगान तथा आधुनिक विधाहरूको तीन ठाउँमा मूल्याङ्कन भइरहेको छ । दत्तात्रय, नासमना र भोलाछेँमा भइरहेको मूल्याङ्कन समितिले तय गरेको मूल्याङ्कनको आधारमा पहिला, दोस्रा र तेस्रा छुट्याउनेछ । विजयी विधालाई भक्तपुर नगरपालिकाले पुरस्कारको व्यवस्था गरेको छ ।
प्रस्तुत विधाहरूमा भैल नाच, देवी नाच, शेर सिंह नाच, जङ्गली नाच, दैत्य नाच, म्हेखा नाच, लुसि नाच, कलाँली नाच, ख्या नाच, लाखे नाच, कवांचा नाच, गाइँचा नाच, फाकँदली नाच, झ्या झ्या नाच, भालु नाच, हनुमान नाच, नागाचा नाच आदि रहेका छन् । त्यसरी नै ख्याल पनि रहेको छ । आधुनिक नाचहरू समयअनुसारको देश विदेशका जल्दोबल्दो विषयमा केन्द्रित रहेर गीत गाइएको छ । हरेकजसो गीत शिक्षामूलक, सन्देशमूलक र समय सन्दर्भ देखिएको छ । यस्ता परम्परागत नाचगान तथा आधुनिक विधाहरूको संरक्षण र विकास गर्नु आवश्यक छ । यसलाई निरन्तरता दिनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *