भर्खरै :

मजदुर संघको पदस्थापन र प्रशिक्षण सम्पन्न

भक्तपुर, ३ भाद्र । नेपाल क्रान्तिकारी यातायात मजदुर संघको चौथौं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पदस्थापना तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भारतले एकतर्फी बनाएको बाँधकै कारण नेपालको तराई भूभाग डुबानमा परेको बताउनुभयो । उहाँले नेपालका नेता तथा सरकार भारतको इसारामा चलेको हुँदा भारतको विरोध गर्न नसकेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर संघका केन्द्रीय सहसचिव उपेन्द्र सुवालले चालक सहचालकले आफ्नो जिम्मेवारी पूरा गरी समाजमा सकारात्मक सन्देश दिनु्पर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष शिव सितिखूको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर मिनिबस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जन, सल्लाहकार विश्वनाथ प्रधानाङ्ग र धन त्यातले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *