नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
भक्तपुर, ३ भदौ । नेपाल मजदुर किसान पार्टीका इमान्दार कार्यकर्ता एवं समाजसेवी जयराम बासुकलाको १२ औं वार्षिक स्मृति सभा शनिबार सम्पन्न भयो र
जयराम स्मृति अक्षय कोष समितिको आयोजनामा भएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका उपाध्यक्ष सुरेन्द्रराज गोसाईले जयराम बासुकलाले सिकाएका काम कुराबाट शिक्षा लिई देश र जनताको हितमा उच्च भावनासाथ संघर्षको बाटोमा लाग्ने संकल्प गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘जयराम दाईको असामयिक निधनले गर्दा उहाँले पूरा गर्न नसकेका अभिभाराहरू हामीले पूरा गर्न सके मात्र स्मृति सभाको सार्थकता हुनेछ । संघर्ष लामो हुने भएकाले नयाँ पुस्ताले पार्टीका अग्रज नेता–कार्यकर्ताहरूबाट सिक्न आवश्यक छ ।’
उपाध्यक्ष गोसाईले पार्टी नेतृत्वप्रति श्रद्धा गर्नुपर्ने र पार्टी अनुशासन पालनामा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले भन्नुभयो,‘व्यवस्थित रूपमा नेतृत्वलाई अगाडि ल्याए पछि मात्र क्रान्ति अगाडि बढ्छ । महत्वपूर्ण कुरा पार्टी र पार्टी नेतृत्व हो ।’
पार्टी कार्यकर्ताहरूले सिद्धान्त र विचारलाई परिस्कृत बनाउन पार्टी प्रकाशनहरू नियमित अध्ययन गर्नुपर्ने र संगठनको लागि समय दिनुपर्नेमा जोड उहाँले अध्ययन र संघर्ष बिना शत्रुलाई पराजीत गर्न नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘पार्टीको झण्डालाइए अझ उँचो बनाउन आफूसँग भएका क्षमता र योग्यता पार्टीको लागि सदुपयोग गर्नुपर्छ । समाजलाई अगाडि बढाउन आफुले के गरें भनी आत्ममूल्याङ्कन गर्न जरुरी छ ।’
नेमकिपा चाँगुनारायण नपा वडा नं ९ का अध्यक्ष नारायणभक्त न्हेमाफुकीले जयराम बासुकलाको योगदानलाई कदापि नबिर्सने प्रतिबद्धता व्यक्त गर्दै समाजको प्रगतिको लागि जनप्रतिनिधि लागेर मात्र नपुग्ने भएकोले जनता नै अग्रसर हुन आवश्यक भएको बताउनुभयो ।
चाँगुनारायण नपा वडा नं ९ का वडाध्यक्ष गणेश त्यातले जयराम बासुकलाको स्मरण गर्दै उहाँले सिकाएका कुरा पछ्याउँदै आफूले जनताको सेवा गर्न दिलोज्यान दिएर लाग्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष रामचन्द्र बासीको सभापतित्वमा भएको कार्यक्रममा चन्द्रबहादुर थुयाजू र घनश्याम खड्काले पनि बोल्नुभएको थियो ।
कार्यक्रमा वक्ता र सहभागीहरूले जयराम बासुकलाप्रति पुष्पाञ्जली गर्नुभएको थियो ।
नेमकिपाका असल कार्यकर्ता, अथक सामाजिक कार्यकर्ता र जनताका साथी जयराम बासुकला साबिक ताथली गाविसका पूर्वअध्यक्ष हुनुहुन्थ्यो । २००९ साल असार ३ गते जन्मनुभएका बासुकलाको निधन २०६२ साल साउन २४ मा भएको थियो ।
Leave a Reply