भर्खरै :

केन्द्रीय सदस्य विकलाई पत्नी शोक

काठमाडौँ, ५ भदौ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य बजिरसिंह विकलाई पत्नी शोक परेको छ । उहाँकी जीवनसङ्गिनी लालशोभा विकको उपचारको क्रममा आइतबार काठमाडौँमा ६२ वर्षको उमेरमा निधन भएको हो ।
उहाँको लामो समयदेखि दमखोकी रोगको उपचार भइरहेको थियो ।
दैलेखको आठबिस नगरपालिका छेपाडी निवासी लालशोभा विक नेमकिपाको जनपक्षीय राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँका छोराछोरीहरू नेमकिपाका विभिन्न जनवर्गीय तथा पेशागत सङ्गठनहरूमा सक्रिय रहनुभएको छ ।
उहाँको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । त्यस अगाडि उहाँप्रति नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवाल, पार्टी केन्द्रीय सदस्यहरू नारायण महर्जन, सुरेन्द्रराज गोसाई, न्हुछेमाया सुवाललगायत नेता कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *