राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रजग कोरियाद्वारा क्लस्टर क्षेप्यास्त्र परीक्षण
- बैशाख ७, २०८३
भक्तपुर, ५ भदौ । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिको पूर्ण बैठक आइतबार सम्पन्न भयो । बैठकमा वर्गीय तथा पेशागत सङ्गठनका इन्चार्जहरूको समेत उपस्थिति थियो ।
कार्यकर्ताहरूलाई मार्गनिर्देशन दिँदै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले आत्मसमीक्षा तथा आत्मालोचना साङ्गठनिक जीवनको महत्वपूर्ण गुण रहेको बताउनुभयो ।
कुनै पनि कार्यकर्ता पार्टीप्रति इमानदार छ–छैन गतिविधिबाट थाहा हुने बताउँदै उहाँले आफ्नो र परिवारको फाइदाको निम्ति होइन जनताको सेवामा कति समर्पित भयो भन्ने मूल्याङ्कन आवश्यक छ भन्नुभयो ।
अध्यक्ष रोहितले पार्टीको विधान अध्ययन गरी त्यसको मर्म र भावनाबमोजिम सक्रियता देखाउन निर्देशन दिनुभयो ।
आर्थिक अनुशासन, सहयोगी भावना, अध्ययन गर्ने बानी, अन्तर्राष्ट्रिय विषयको जानकारी राख्न आवश्यक भएको चर्चा गर्दै उहाँले राम्रा कार्यकर्ताबाट कममात्र गल्ती हुने स्पष्ट पार्नुभयो ।
अध्यक्ष रोहितले महिलाहरूमा राजनीतिक शिक्षाको अभाव भएसम्म समाजमा परिवर्तन कठिन हुने प्रस्ट पार्नुभयो ।
कार्यकर्तामा आवश्यक गुणबारे स्पष्ट पार्दै अध्यक्ष रोहितले भन्नुभयो, “फाइदा–बेफाइदामा केन्द्रित हुने कार्यकर्तामा जुझारूपन हुँदैन । वैचारिकरूपले ठीक साथीहरूले पार्टीभित्र होस् या समाजमा सङ्घर्ष गर्छन् ।”
उहाँले अगाडि भन्नुभयो, “चुनावमा हार्न सक्छौँ तर कुनै पनि आन्दोलनमा हार्नु हुँदैन । नयाँ नयाँ आन्दोलन गर्नुपर्ने स्थिति छ ।”
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईले जिल्लाको साङ्गठनिक गतिविधिबारे स्पष्ट पार्नुभयो ।
Leave a Reply