रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
वीरेन्द्रनगर, ६ भदौ । नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले पञ्चायती राज्यस्तरबाट २०४५ सालमा रचिएको षड्यन्त्र भक्तपुर काण्ड ‘कालो दिन’ को भत्र्सनामा पार्टीे सुर्खेत जिल्ला समितिले आइतबार प्रशिक्षण कार्यक्रम ग¥यो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले पार्टीले पञ्यायती व्यवस्थाको विरोधमा कामदार जनतालाई राजनैतिकरूपले सचेत पार्ने र प्रतिक्रियावादी संस्थाभित्र पसेर पनि जनताको इमानदारीपूर्वक कार्य गरेको तत्कालीन पञ्चायती सरकारलाई अपाच्य भएर नै पार्टीलाई समाप्त पार्ने उद्देश्यले षड्यन्त्र रचेको बताउनुभयो ।
हिटलरको फासीवादी सरकारले विरोधी कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई समाप्त पार्न जर्मनी संसद् भवन ‘राइखस्टाग’ मा आगलागी गराएको इतिहासबारे जानकारी गराउँदै जनताको पक्षमा काम गर्ने दल र नेता पुँजीवादी सरकारको आँखाको कसिङ्गर बन्ने उल्लेख गर्नुभयो ।
भक्तपुर काण्डका कारण पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूले समेत दुःख पाएको अवगत गराउँदै विपत्तिमा महिला कार्यकर्ताहरू क्रान्तिकारी भावनासहित सङ्घर्षमा होमिएको प्रस्ट पार्नुभयो ।
उहाँले भक्तपुर काण्डकै जगमा २०४६ सालको जनआन्दोलन उठेको हो भन्नुभयो ।
कार्यक्रममा पार्टीका अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले नागरिकता ऐन खुकुलो बनाइँदा फिजीमा भारतीय मूलका महेन्द्र चौधरी निर्वाचित भएको र उक्त देशको सार्वभौमसत्तामा गम्भीर खतरा बढेको उल्लेख गर्दै नेपालमा विदेशी नागरिकलाई राजनैतिक अधिकारसहित सजिलैसँग नागरिकता दिलाउन नागरिकता ऐनमा संशोधन विधेयक पारित गरिएको बताउनुभयो ।
उहाँले नागरिकता विधेयक देशघाती भएकोले पार्टीले यसको विरोधमा देशव्यापी अभियान सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।
पार्टीका जिल्ला अध्यक्ष हरिबहादुर बोहराको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सचिव धनेन्द्र विक, तुलसी खड्का र गगन वीसीले शासक दलका देशघाती र जनविरोधी क्रियाकलापविरुद्ध पार्टीले जनतालाई सचेत पार्ने कार्य गरिरहेको बताउनुभयो ।
Leave a Reply