मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, ५ भदौ । बासु माध्यमिक विद्यालयको शिक्षक तथा कर्मचारी बचत कोषको चौथो वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले शिक्षण पेशा मर्यादित र कर्तव्यनिष्ट पेशा हो, शिक्षकशिक्षिकाहरू देश र जनताप्रति समर्पित भएर लागिपरे देशकै मुहार परिवर्तन हुने विचार व्यक्त गर्नुभयो ।
समाजवादी देश प्रजग कोरियामा शिक्षामा बढी प्राथमिकता राखेकै कारण कम समयमा नै अमेरिकाजस्तो शक्तिशाली राष्ट्रलाई थर्काउन सकेको चर्चा गर्दै उहाँले शिक्षकशिक्षिकाहरूलाई अन्य कर्मचारीहरूलाई भन्दा सेवा सुविधामा बढी प्राथमिकता दिने व्यवस्था आजको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले राज्यले बालबालिकाहरूको लागि ठूलो लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
संसद्बाट नागरिकता विधेयक पास गरेर नेपाललाई अरू देशको अधीनमा राख्ने दुस्प्रयास भइरहेको बताउँदै उहाँले नेपालमा पनि लेन्दुप डोर्जेहरू देखापरेको बताउनुभयो ।
ठूलठूला पार्टीहरू विदेशी इसारामा चलिरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले देशमा भारतीय दलालहरूको हाबि भएको बताउनुभयो । उहाँले आमा बुबा ठेगान नभएका मान्छेलाई नेपाली नागरिकता दिने प्रावधानले देशको अस्मिता र सार्वभौमिकतामा आँच पुग्ने बताउनुभयो ।
देशकै मुख्य प्रशासनिक केन्द्र सिँहदरबार भ्रष्टाचारीहरूको अखडा भएको पत्रपत्रिका र जिम्मेवार कर्मचारीहरूले सार्वजनिकरूपमा व्यक्त गर्दा पनि सत्तासीन दलहरू कानमा तेल बसिरहेकाले देश खोक्रो राष्ट्रवादमा फसिरहेको बताउनुभयो ।
बासु माविका प्रधानाध्यापक अम्बिका न्याइच्याईले पनि बोल्नुभएको थियो । बचत कोषका अध्यक्ष रविलाल प्रधानको सभापतित्वमा भएको सो कार्यक्रममा विष्णुप्रसाद दुमरु, रामकुमार निरौला र कृष्णराम कोजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply