रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
पेइचिङ, २१ अगस्ट (सीआरआई) । बितेका वर्षहरूमा चीनमा सार्वजनिक सांस्कृतिक सेवाको स्तरीकरण तथा समानीकरणलाई निरन्तरता दिँदै शहरी तथा ग्रामीण क्षेत्रलाई ढाकिने सार्वजनिक सांस्कृतिक सेवा सञ्जालको निरन्तररूपमा सुधार भइरहेको छ । उक्त कुरा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय प्रचार विभागका उपनिर्देशक सुन येलीले हालै बताउनुभएको हो ।
उहाँका अनुसार, सन् २०२१ को अन्त्यसम्ममा, देशभर ३२१५ सार्वजनिक पुस्तकालय, ३३१६ सांस्कृतिक केन्द्र र ६१८३ सङ्ग्रहालय खुला गरिएको छ । चीनका विभिन्न जिल्ला र टाउन्सिपमा रहेका सांस्कृतिक स्टेशनहरूको सङ्ख्या ४० हजारभन्दा बढी पुगेको छ । टाउनशिप स्तरीय मिलिजुली सांस्कृतिक सेवा केन्द्रको सङ्ख्या ५.७ लाख भएको छ भने ग्रामीण पुस्तक पसलहरूको सङ्ख्या ५.८ लाख पुगेको छ । हालसम्म चीनमा सबै सार्वजनिक पुस्तकालयहरू, सांस्कृतिक केन्द्रहरू, कला ग्यालरीहरू, व्यापक सांस्कृतिक स्टेशनहरू र अधिकांश सङ्ग्रहालयहरू सर्वसाधारणका लागि निःशुल्क खुलाइएको छ ।
Leave a Reply