भर्खरै :

वागीश्वरीमा बीबीए सञ्चालन गर्न सम्भाव्यता अध्ययन

भक्तपुर, ७ भदौ । पूर्वाञ्चल विश्वविद्यालय, उपकुलपतिको कार्यालयबाट ‘वागीश्वरी कलेज अफ म्यानेजमेन्ट’ भक्तपुरले बीबीए शैक्षिक कार्यक्रम सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरिएको छ ।
उक्त शैक्षिक कार्यक्रम सञ्चालन गर्न दिइएको आवेदनको आधारमा सम्बन्धन दिन मिल्ने वा नमिल्ने सम्बन्धमा यथार्थता अध्ययन गरी प्रतिवेदन पेश गर्न गठित समितिका पदाधिकारीहरूले उक्त अध्ययन गर्नुभएको हो ।
सो सम्बन्धमा कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले अध्ययनका लागि आउनुभएका पदाधिकारीहरूलाई स्वागत गर्दै यथाशीघ्र कलेज सञ्चालनको लागि सम्बन्धन दिन आग्रह गर्नुभयो ।
पूर्वाञ्चल विश्वविद्यालयका कानुन विषय समितिका अध्यक्ष डा. रुद्रप्रसाद फुयालको संयोजकत्वमा गठित उक्त अध्ययन समितिमा पू.वि. स्कुल अफ म्यानेजमेन्टका विशेषज्ञ डा. सन्देश दास श्रेष्ठ र सदस्य राजकुमार सापकोटा रहनुभएको छ ।
समितिले ‘वागीश्वरी कलेज अफ म्यानेजमेन्ट’ सामुदायिक कलेज भन्ने आधार खोज्नुका साथै कलेज सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधार, पुस्तकालय, शैक्षिक जनशक्ति र कलेज व्यवस्थापन समितिका पदाधिकारीहरूसँग आवश्यक छलफल गरेको थियो ।
छलफलमा व्यवस्थापन समितिका पदाधिकारीहरू र शिक्षकहरूले शैक्षिक गुणस्तरमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *