‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
चीन सरकारले १७ अफ्रिकी देशहरूलाई दिएको २३ वटा निब्र्याजी ऋण मिनाहा गर्ने घोषणा गरेको छ । अफ्रिकासँगको सम्बन्ध प्रगाढ हुँदै गर्दा पेइचिङको यस्तो घोषणा आएको हो ।
सन् २००० देखि २०१९ सम्ममा मात्र चीनले ३ अर्ब ४० करोड अमेरिकी डलरभन्दा बढी ऋण मिनाहा गरेको छ । यसबीच उसले झन्डै १५ अर्ब डलर बराबरको ऋणको ढाँचा फेरेको छ ।
ऋण मिनाहा गर्ने पेइचिङको इतिहास लामो छ । तैपनि पश्चिमा देशहरूले दक्षिणी गोलार्धमा चीनले ‘ऋण पासो नीति’ अपनाएको निराधार र कुटिल अरोप लगाउँदै आएका छन् ।
संरा अमेरिकाले अफ्रिकालाई चीन र रूसविरुद्ध नयाँ शीतयुद्ध चलाउने रणभूमि बनाएको छ । र, अफ्रिकामा पूर्वाधार परियोजनाहरू सञ्चालन गर्नका निम्ति पेइचिङलाई दानवीकरण गर्दै छ । यसको लागि उसले ‘ऋण पासो’ को झूटो दाबीलाई हतियार बनाएको छ ।
चीन भने अमेरिकी नयाँ शीतयुद्धबाट पन्छिन खोज्दै छ ।
गत अगस्ट १८ मा चिनियाँ विदेशमन्त्री वाङ यी अफ्रिकी युनियनका विभिन्न देशका नेताहरूसँग बैठक बस्नुभयो ।
बैठकमा वाङले पश्चिमाहरूको ‘अर्काको हात रित्तो हुने शीतयुद्धकालीन मानसिकता’ को निन्दा गर्नुभयो । त्यसको सट्टा उहाँले सबै पक्षको ‘जीत हुने’ अफ्रिकासँग ‘बहुपक्षीय सहकार्य’ मा आधारित मोडलको प्रस्ताव गर्नुभयो ।
उहाँले भन्नुभयो, “भूराजनीतिक लाभका लागि धेरै देशलाई शत्रु बनाउने आयोजनालाई भन्दा अफ्रिकाले जनताको हितका निम्ति आपसी लाभ दिने आयोजनाहरूलाई स्वागत गर्छ ।”
वाङले जी–२० मा संलग्न हुने अफ्रिकी युनियनका प्रयासहरूलाई पेइचिङले सघाउने खुलासा गर्नुभयो । उहाँले ‘चीनले १७ अफ्रिकी देशलाई दिएको २३ निब्र्याजी ऋण मिनाहा गर्ने’ घोषणा गर्नुभयो । यी ऋणको म्याद २०२१ मा सक्किएको थियो ।
पेइचिङले अफ्रिकासँग व्यापार बढाउने प्रतिबद्धता जनायो । साथै १२ अफ्रिकी देशहरूसँग उनीहरूले चीन निर्यात गर्ने ९८ प्रतिशत मालसामानमा कर हटाउने सम्झौता गरेको छ । यसले अफ्रिकी मालसामानको प्रतिष्पर्धी क्षमता बढाउनेछ ।
पेइचिङले अफ्रिकालाई खाद्य, आर्थिक र सैन्य सहयोगहरू पनि चालू राख्ने बतायो । साथै, कोभिड–१९ को सामना गर्न सहयोगहरू उपलब्ध गराइरहने पनि जनायो ।
‘विकास सहकार्य’ को महत्वमा जोड दिँदै चीनले ‘अफ्रिकाको औद्योगीकरणका निम्ति बलियो टेवा’ दिने पूर्वाधार परियोजनाहरूमा अरबौँ डलर बराबरको लगानी प्रस्ताव ग¥यो ।
अफ्रिकाले पेइचिङको ‘बेल्ट एन्ड रोड’ अगुवाइमा महत्वपूर्ण भूमिका खेल्छ । अफ्रिकाको पूर्वाधार परियोजनाले दक्षिणी गोलार्धलाई पूर्वसँग जोड्छ । यसरी विश्वको आर्थिक केन्द्र पुनः पूर्वमा सार्छ ।
वाङले जोड दिनुभयो, “विभिन्न वर्चस्वकारी र भड्काउ अभ्यासहरू भइरहेको बेला चीन र अफ्रिका काँधमा काँध जोडेर उभिएका छन् ।” यसले ‘अन्तर्राष्ट्रिय निष्कपटता र न्यायको रक्षा गर्ने’ उहाँले बताउनुभयो ।
अफ्रिका भ्रमण गर्ने अमेरिकी कूटनीतिज्ञहरूले चीन र रूससँग सम्बन्ध चुँडाल्न दबाब दिँदै छन्
हाल अमेरिकी कुटनीतिज्ञहरूले अफ्रिका भ्रमण बाक्लो बनाउँदै छन् । उनीहरूले पनि ‘आपसी लाभ दिने परियोजनाहरू’ को कुरा गर्दै छन् । तर, चिनियाँ प्रतिक्रिया र प्रतिबद्धताहरूको तुलनामा तिनका भनाइ केही फरक छन् ।
राष्ट्रसङ्घका निम्ति अमेरिकी दूत लिन्डा थोमस ग्रीनफिल्डले अगस्टको पहिलो साता युगान्डा र घानाको भ्रमण गरिन् । त्यहाँ उनले अफ्रिका महादेशलाई नै धम्की दिइन् । उनले अफ्रिकी देशहरूले रूससँग व्यापार गर्न मिल्दैन भनिन् । त्यसो गरे उनीहरूले पश्चिमा नाकाबन्दी उल्लङ्घन गर्ने बताइन् ।
थोमस ग्रीनफिल्डले युगान्डामा चेतावनी दिँदै भनिन्, “हामीले रूसमाथि (तेल आदिमा) लगाएको प्रतिबन्धको हकमा कुनै देशले रूससँग तिनै वस्तुको कारोबार गर्ने निर्णय गरे ती देशहरूले हाम्रो प्रतिबन्ध उल्लङ्घन गर्दै छन् । हाम्रो प्रतिबन्ध उल्लङ्घन गर्नुको अर्थ तिनीहरूले राष्ट्रसङ्घको प्रतिबन्ध पनि उल्लङ्घन गर्दै छन् । हामी ती देशहरूलाई प्रतिबन्ध उल्लङ्घन नगर्न सचेत पार्छौँ । किनभने तिनीहरूले यस्ता गतिविधि जारी राखे उनीहरूले आफूविरुद्ध कारबाहीको ढोका खोल्नेछन् ।”
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले लगत्तै दक्षिण अफ्रिका, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र रुवान्डाको भ्रमण गरे । अफ्रिकासँग चीन र रूसको सम्बन्ध कमजोर बनाउने उद्देश्यले गत अगस्त ७ देखि ११ सम्म उनले सो भ्रमण गरेका थिए ।
चिनियाँ ‘ऋण पासो’ कल्पना मात्र हो
चीनविरुद्ध वासिङटनको सबैभन्दा शक्तिशाली हतियार पेइचिङले अफ्रिकी देशहरूलाई ऋणको पासोमा पार्दै छ भन्ने निराधार आरोप हो ।
श्रीलङ्काको आर्थिक सङ्कटबारे ‘मल्टिपोलारिस्टा’ मा प्रकाशित एक विश्लेषण अनुसार पश्चिमा सरकार, वित्तीय सङ्घसंस्था, बैङ्कहरू र (घाटामा गइरहेको लगानीको) सस्तो खरिद नै दक्षिणी गोलाद्र्धका देशहरू ऋण पासोमा पर्नुका प्रमुख कारकहरू हुन् । बेलायतको सरकारी मिडिया बीबीसीले श्रीलङ्कामा ‘ऋण पासो कूटनीति’ को आरोपमा खोजबीन ग¥यो । खोजबीनबाट उक्त आरोप झूटो ठहरिएको थियो ।
बीबीसी संवाददाता बेन चूले भने, “धेरै स्वतन्त्र विज्ञहरूले चिनियाँ ऋण पासोको भाष्यबाट सतर्क हुनुपर्ने बताए । हामीले श्रीलङ्कामा यो भाष्यसँग बाझिने धेरै प्रमाणहरू फेला पारेका छौँ ।”
त्यसैगरी जोन हप्किन्स विश्वविद्यालय र हार्वर्डका मूलधारका प्राज्ञहरूले वासिङटनको संस्थागत पत्रिका ‘द एटलान्टिक’ मा स्पष्ट लेखेको छ – ‘चिनियाँ ‘ऋण पासो’ कल्पना मात्र हो ।’
विज्ञ देबोरा ब्रौटिगमले अमेरिकी सरकारले प्रायोजन गरेको भाष्य ‘झूटो र शक्तिशाली छ’ भनी लेखिन् ।
उनले लेखिन्, “चिनियाँ बैङ्कहरू विद्यमान ऋणको ढाँचा फेर्न तयार रहेको र तिनले कुनै पनि देशबाट अहिलेसम्म धितो नखोसेको हाम्रो अनुसन्धानले देखाएको छ ।”
ब्रौटिगमले सन् २००० देखि सन् २०१९ सम्म चीनले अफ्रिकामा ३ अर्ब ४० करोड डलर बराबरको ऋण मिनाहा गरेको र १५ अर्ब डलर बराबरको ऋणको ढाँचा फेरेको फेला पारिन् । त्यस्तै कम्तीमा २६ वटा ऋणहरूमा पुनः सम्झौता गरेको उनको अनुसन्धानले देखाएको छ ।
ऋण मिनाहाको इतिहासमा विदेशमन्त्री वाङ यीले घोषणा गर्नुभएको मिनाहा थपिएको मात्र हो ।
(एमआर अनलाइनबाट । सम्यक)
Leave a Reply