नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
प्रतिक्रियावादी, सामन्तवादी र पुँजीवादीहरू अनेक षड्यन्त्रको राजनीति गरेर आफ्नो सत्ता र शक्ति टिकाउने प्रयास गरिरहेका हुन्छन् । उनीहरू कहिले पार्टी विभाजन गर्छन्, कहिले नेता हातमा लिन्छन् त कहिले जनता भड्काउने काम गर्छन् । यस्ता कार्य सफल पार्न उनीहरूले गुण्डा पाल्छन्, गुप्तचर खेलाउँछन् र लोभलालच, डर धम्की दिएर मन भाँड्ने र पार्टी छोडाउने काम गर्छन् । प्रतिक्रियावादीहरू बुद्धिले काम लिन नसके बल प्रयोग गर्छन्, बलले पनि नभ्याए षड्यन्त्र गर्छन् । कहिलेकाहीँ उनीहरूले निहुँ खोजेर राजनीतिक कार्यकर्ताहरूलाई शारीरिक र मानसिक यातना दिन्छन् । जाली मुद्दा बनाएर दुःख दिने र जेलमा हाल्ने काम गर्छन् । यस्ता अनेक जालहरूमध्ये राज्यस्तरबाट रचिएको ‘भक्तपुर काण्ड’ पनि एक हो ।
कम्युनिस्ट पार्टीको उद्देश्य आमूल परिवर्तन भएको हुँदा लक्ष्य पूरा नहोउञ्जेल नेता तथा कार्यकर्ताहरू जनतामाझ निरन्तर काम गरिरहेका हुन्छन् । उनीहरू सानो स्वार्थमा अल्झिदैनन्, आफ्नो इज्जत, प्रतिष्ठा र नैतिकता च्याख्यामा हाल्दैनन् । राजनीतिक कार्यकर्ताहरू जेल र खोरमा पनि सङ्घर्ष गर्छन् । उनीहरू शत्रुसामु झुक्दैनन् । किनकि, हरेक राजनीतिक कार्यकर्ता आफ्नो लक्ष्यप्रति अटल र विश्वस्त हुन्छन् । सिद्धान्तनिष्ठ र जनताको बलमा अटल विश्वास गर्नेहरू कुनै पनि षड्यन्त्रको विरोध गर्छन् । षड्यन्त्रको विरोध गरिएन, जनतामाझ उदाङ्ग्याइएन भने फेरिफेरि यस्तै षड्यन्त्रहरू दोहोरीरहन्छन् । यस्ता अनेक षड्यन्त्रको हामीले उदाङ्ग्याउनु जरुरी छ ।
पञ्चायती व्यवस्था अन्त्य हुनुका अनेक कारणमध्ये ‘भक्तपुर काण्ड’ पनि एउटा हो । पञ्चायती शासकहरूबीचको आन्तरिक मतभेदले पनि पञ्चायती सरकारलाई कमजोर बनायो । निरङ्कुश पञ्चायती व्यवस्थाको बेला पार्टी प्रतिबन्ध थियो । राजनीतिक र मौलिक अधिकार थिएन । भेला, जुलुस गर्न पाइँदैनथ्यो । जुलुसमा आन्दोलनकारीहरू पक्राउ पर्थे । पक्राउमा परेका कार्यकर्ताहरूलाई शारीरिक र मानसिक यातना दिइन्थ्यो । यसले गर्दा पञ्चायती व्यवस्थाविरुद्ध जनता लागे । जनताको विरोध बढ्यो । पञ्चायती शासकहरू दमनकारीमात्र होइन भ्रष्ट पनि थिए । यसले पञ्चायती व्यवस्थाको बदनाम भयो । पञ्चायती नेता, मन्त्री, पञ्च र गुण्डाहरू उदाङ्गिए । त्यही कारण पञ्चायती व्यवस्थाविरुद्ध नेका र वामपन्थी शक्तिहरूको संयुक्त आन्दोलन भयो । संयुक्त आन्दोलनमा नेमकिपाले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा ग¥यो । आन्दोलन चर्कियो, दमन भयो । कफ्र्यु लगाइयो । तर, पनि आन्दोलन रोकिएन । अन्ततः पञ्चायती व्यवस्था अन्त्य भयो । यसरी शासक एवम् प्रतिक्रियावादीहरूले जस्तोसुकै षड्यन्त्र र दमन गरे पनि जनता अघि बढे शासकहरू टिक्न नसक्ने रहेछ भन्ने देखायो । हामी सही बाटोमा हिँड्नुपर्छ । हामीमा उच्च मनोबल हुनुपर्छ । त्यसो भए कसैले गर्ने षड्यन्त्र र झूटको खेती सफल हुनेछैन । राज्यस्तरबाट रचिएको भक्तपुर काण्ड यसरी नै असफल भयो । उक्त काण्डको भत्र्सना कार्यक्रम हरेक वर्ष भइरहेको छ ।
Leave a Reply