‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
आजको भूमण्डलीय विश्वमा विभिन्न देशहरू र क्षेत्रहरू जटिलरूपमा जोडिएका छन् । कोभिड–१९ को महामारीले अन्तर्राष्ट्रिय व्यवस्थालाई गहिरोरूपमा परिवर्तन गरिदिएपछि अन्तर्राष्ट्रिय शासन प्रणालीले सामना गर्नुपर्ने समस्याहरू झन् झन् बिग्रिएको छ । चीनले यस परिवेशमा सबै जनताको साझा भाग्य भएको समुदाय निर्माण गर्ने दृष्टिकोणको रूपरेखा बनाएर विश्वव्यापी शासन व्यवस्थालाई सुधार गर्ने नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ ।
कोभिड–१९ महामारीले विश्वव्यापी शासन प्रणालीको सीमितता झल्काउँछ
व्यापार, वित्त, आणविक ऊर्जा, आप्रवासन व्यवस्थापन र सयौँ अन्य क्षेत्रहरूमा नियम बनाउन विश्वव्यापी पहलअन्तर्गत अहिले ठूलो सङ्ख्यामा अन्तर्राष्ट्रिय संस्थाहरू विभिन्न माध्यमबीच समन्वय गरिँदै छन् । तिनीहरू विश्वभरका सबै राष्ट्रहरूको समन्वित विकासको लागि महत्वपूर्ण छन् । यद्यपि दिशानिर्देशहरू साँच्चै व्यवहारमा लागू गर्न निसन्देह धेरै लामो बाटो तय गर्नु छ । संयुक्त राष्ट्र सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय संस्था भए पनि यस संस्थासँग विश्वव्यापी मुद्दाहरूको समन्वय गर्न सीमित अधिकार छ । संयुक्त राष्ट्र सङ्घभन्दा धेरै कम सदस्यहरू भएको सङ्गठन जी–२० यसको लागि स्थापना गरिएको थियो । यसको स्थापना भएदेखि नै अन्तराष्ट्रिय मुद्रा कोष र अन्य संस्थाहरूलाई सुधार गरी अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा भएका त्रुटिहरूलाई सच्याएर गरिब राष्ट्रहरूका नागरिकहरूको हितमा कार्यक्रम ल्याउन समर्पित छ । अन्तराष्ट्रिय मुद्रा कोष सुधारको गति निकै सुस्त हुँदा कर मुक्त क्षेत्र अझै पनि देखा परिरहेका छन् । यसले विश्वव्यापी शासन व्यवस्था प्रभावकारी नभएको प्रस्ट देखाउँछ ।
संयुक्त राष्ट्र सङ्घ, डब्ल्यूटीओ र जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूका साथै आणविक हतियारहरूको अप्रसारसम्बन्धी सन्धिजस्ताले विश्व विकासको प्रगतिमा निःसन्देह योगदान पु¥याएका छन् । यद्यपि, अन्तर्राष्ट्रिय कानुनको वर्तमान प्रणाली दोस्रो विश्वयुद्धपछि विकसित भएको र धेरै संशोधनहरू भएकाले यो विश्वव्यापी परिदृश्यमा समायोजन र परिवर्तनहरूको लागि अनुकूल छैन ।
कोभिड–१९ प्रकोपको सङ्कटले सार्वजनिक स्वास्थ्यको विश्वव्यापी अवस्थालाई यसले झनै छर्लङ्ग पारिदिएको छ । यसले विश्वव्यापी शासन प्रणालीमा कमजोरीहरू पनि उजागर गरेको छ । महामारीसँग लड्न अन्तर्राष्ट्रिय उपायहरू व्यवस्थित गर्न संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी राष्ट्रहरू एकअर्कासँग समन्वय र सहयोग गर्न असफल भएका छन् । यसले विश्व विभाजित भएको देखाउँछ र कसरी पश्चिमले बारम्बार राजनीतिक र भूराजनीतिक उद्देश्य, दोषारोपण, पूर्वाग्रह, अहङ्कार र कट्टरताका साथ कार्य गर्दछ भन्ने पनि देखाउँछ । लाखौँ सामान्य मानिसहरू त्यस्ता वास्तविक पीडित हुन् । विश्व स्वास्थ्य सङ्गठनजस्ता प्रख्यात संस्थाको समन्वयमा विश्वले प्रकोपप्रति प्रतिक्रिया दिएको भए धेरैले जीवन गुमाउनुपर्ने थिएन ।
यद्यपि, अमेरिकाको नेतृत्वमा रहेका पश्चिमी राष्ट्रहरूले चीनलाई भाइरसको स्रोत भएको आरोप लगाउँछन् । महामारीलाई राजनीतिकरण गर्नमा अमेरिका दोषी छ । सौभाग्यवश, तथ्यहरूले तिनीहरूको झूट र जालसाजी बयानहरू उजागर गरेको छ । अन्तर्राष्ट्रिय समुदायले चीनको पक्षमा बोलिरहेको छ । अर्जेन्टिनाको सिनेट सेन्टर फर अब्जर्भेसन अफ इन्टरनेशनल पोलिसीले जुलाई २०२१ मा प्रकाशित ‘भ्याक्सिन कूटनीति’ शीर्षकको एउटा प्रतिवेदनमा कोभिड–१९ को प्रकोपले खोप राष्ट्रवादमा वृद्धि भएको उल्लेख गरेको छ । संयुक्त राज्य अमेरिका, युरोप र अन्य पश्चिमी विकसित राष्ट्रहरूले बारम्बार परामर्श, संयुक्त योजना र सहयोगका अवसरहरूलाई अस्वीकार गर्दै आएका छन् किनभने तिनीहरू आफ्नो स्वार्थप्रति मात्र चिन्तित छन् । खोप राष्ट्रवादका कारण यी राष्ट्रहरू अहिले एकअर्का सँगसँगै डब्ल्यूएचओसँग पनि विवादमा छन् । यसको विपरीत चिनियाँ सरकारले अत्यावश्यक एन्टि–महामारी आपूर्तिहरूको ढुवानीका लागि चीन र अर्जेन्टिनालाई जोड्ने विशेष हवाई मार्ग खोलेको छ । यसले आधारभूत आपूर्तिहरूमा अर्जेन्टिनाको पहुँच सुनिश्चित गरेको छ र यसले अर्जेन्टिनालाई खोप राष्ट्रवादको जोखिमबाट जोगाएको छ ।
एकातिर कोभिड–१९ ले समकालीन विश्वव्यापी शासन प्रणालीको अपर्याप्ततालाई उजागर गरेको छ । अर्कोतर्फ यसले कसरी विभिन्न मलुक विचारधाराभन्दा माथि उठ्न सक्छन् र निरन्तर विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न एकसाथ काम गर्न सक्छन् भनेर अनुसन्धान गर्ने नयाँ अवसर दिएको छ ।
विश्वव्यापी शासनमा चीनको भूमिका
विश्वव्यापी शासन प्रणालीमा महत्वपूर्ण भूमिका खेल्दाखेल्दै पनि केही राष्ट्रहरू विश्वव्यापी निर्णय प्रक्रियामा लगातार पछि परेका छन् । विश्व मञ्चमा आफ्नो आवाज पु¥याउनका लागि ती राष्ट्रहरूले पनि काम गर्न थालेका छन् । नयाँ शताब्दीको सुरु भएदेखि संसारले वैश्विक मामिलामा महत्वपूर्ण शक्ति स्थानान्तरण भएको अनुभव गरेको छ । विशेष गरी पूर्वी एसियामा चीन फेरि एकपटक महत्वपूर्ण आर्थिक वृद्धिको इन्जिनको रूपमा उभिएको छ । दक्षिण एसियामा भारतले निरन्तर सफलता पाइरहेको छ । रसिया यूरेशियामा प्रमुख क्षेत्रीय आधार बन्यो । ब्राजिल ल्याटिन अमेरिकामा एक प्रमुख शक्तिको रूपमा उदाइरहेको छ । दक्षिण अफ्रिकाले अफ्रिकी महादेशमा आफ्नो राजनीतिक परिवर्तनमा सुधार गरेको छ । यी क्षेत्रहरूमा केही विकासका चुनौतीहरू कायमै छन् । तर, तिनीहरू बिस्तारै वर्तमान विश्वव्यापी व्यवस्थालाई यथास्थितिमै राखेर पनि नयाँ शक्तिको रूपमा उभरिरहेका छन् ।
अर्थतन्त्र, व्यापार, विज्ञान र प्रविधिलगायत धेरै क्षेत्रमा चीन अहिले विश्वको अग्रणी छ । चीन आफ्नो अर्थतन्त्रलाई उदार बनाउन विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूमा सक्रिय सहभागिता र बहुपक्षीय सहयोगलाई अगाडि बढाउन समर्पित छ । विश्वव्यापी शासन प्रणालीलाई थप पारदर्शी, समावेशी, न्यायपूर्ण र समतामूलक बनाउन चीनले हाल अन्य उदीयमान राष्ट्रहरूसँग समन्वय र सहयोग गरिरहेको छ ।
चीन ऐतिहासिकरूपमा अन्तर्राष्ट्रिय शान्तिको समर्थक रहेको छ । यसले सक्रिय बहुपक्षीयताको पुनरागमनको लागि वकालत गर्दछ । अन्य संस्कृति र सभ्यताहरूको सम्मान गर्दछ । विश्वव्यापी वातावरणीय शासनलाई अगाडि बढाउँदै सबै राष्ट्रका नागरिकहरूको सुरक्षा सुनिश्चित गर्दछ । यद्यपि, कोभिड–१९ को महामारीका बेला अमेरिकाको नेतृत्वमा रहेका पश्चिमी देशहरूले गरेको अभिमानी र एकपक्षीय कार्यले अन्तर्राष्ट्रिय सहयोगलाई कमजोर बनाएको छ । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले सन् २०२० मार्चमा कोभिड १९ को असाधारण अवस्थामा जी २० नेताहरूको शिखर सम्मेलनमा भनेका थिए कि “हामीले विश्वव्यापी एकताको महान् करार निर्माण र हस्ताक्षर गर्न आवश्यक छ… अहिलेदेखि हामीले सामूहिकरूपमा काम गर्नुपर्छ किनकि यो महामारीबाट कोही पनि उन्मुक्त छैन ।” सबै राष्ट्रहरूले महामारीसँग लड्न मिलेर काम गर्नुपर्ने वास्तविकतालाई स्वीकार गर्छन् तर केही राष्ट्रहरूले प्रतिद्धन्दीसँगको अहम्को कारणले आफ्ना नागरिकहरूको ज्यान जोखिममा पारेका पनि थिए । चीनले यस्तो गम्भीर अवस्थाको सामना गर्न तयारी गरेको सबैले देख्न सक्छन् । महामारीलाई घरमै नियन्त्रण गर्नुका साथै चीनले विश्वव्यापी जनस्वास्थ्य सहयोग पनि गरेको छ र समावेशी र प्रगतिशील अन्तर्राष्ट्रिय सहयोग नीति विकास गरेको छ । साझा चासो र सबैको हित हुने किसिमले अन्तर्राष्ट्रिय समुदाय निर्माण गर्ने चीनको लक्ष्य रहेको छ ।
अहिलेसम्म खोपको असमान वितरणलाई सम्बोधन गर्नु सबैभन्दा महत्वपूर्ण मुद्दा भएको छ । चीनले फेरि एकपटक खोप अभावको जिम्मेवारी लिएको छ । कोभिड १९ खोप सुरुमा विश्वव्यापी जनहितको रूपमा प्रस्तुत गरिएको थियो । अहिले चीन विश्वमा सबैभन्दा ठूलो खोप आपूर्तिकर्ता र अविकसित राष्ट्रहरूको निम्ति मुख्य आपूर्तिकर्ता हो । चीनले अर्जेन्टिना, चिली, पेरु, ब्राजिल, भेनेजुयला र इक्वेडरलगायत धेरै ल्याटिन अमेरिकी राष्ट्रहरूलाई खोप उपलब्ध गराएको छ । उदाहरणको लागि अर्जेन्टिनालाई लिन सकिन्छ । विश्वको बाँकी भाग चिकित्सा आपूर्ति र खोपको अभावबाट पीडित हुँदा चीनले अर्जेन्टिनालाई सहयोग पु¥याउँदा अर्जेन्टिनाको चिकित्सा प्रणाली र त्यहाँका नागरिकहरूको जीवन दुबैमा सुधार ल्यायो ।
सङ्कटमा चिनियाँ समाधान
कोभिड–१९ ले मानव जातिले अभूतपूर्व कठिनाइहरूको सामना गर्नुपर्दा मानव विकासको लागि उत्तम उपायको बारेमा बहस भइरहेको छ । मिलेर काम गर्ने मानवताको चाहनाको विपरीत केही राष्ट्रहरूले संसारलाई लोकतन्त्र र निरंकुशतामा विभाजन गर्ने योजना बनाएका छन् ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाइडेनले हाल चीन–अमेरिका प्रतिद्वन्द्वीलाई थप भूराजनीतिक र मूल्य उन्मुख आयाममा प्रस्तुत गर्दै लोकतन्त्र र निरंकुशताबीचको द्वन्द्व चरम बिन्दुमा पुगेको छ भनी निरन्तररूपमा भनिरहेका छन् । सन् २०२१ मे महिनामा राष्ट्रिय स्मृति दिवसमा आफ्नो भाषणमा बाइडेनले अमेरिकाको त्रुटिपूर्ण प्रजातन्त्रको रक्षा गरे । बाइडेनले सन् २०२१ डिसेम्बरमा लोकतन्त्रको लागि शिखर सम्मेलनको आयोजना गर्दा लोकतन्त्रको तथाकथित अवधारणाको साथ विश्वभरि असहमति रोप्ने प्रयासमा एक कदमअगाडि बढाए ।
बाइडेनले शिखर सम्मेलनमा आफ्नो बयानमा अमेरिकी लोकतान्त्रिक प्रणालीमा त्रुटिहरू रहेको सङ्केत गरे । तर, उनले तिनीहरूलाई स्पष्टरूपमा बताउन भने कञ्जुस्याइँ गरे । के अमेरिकाको सामाजिक, राजनीतिक, जातीय, वा अन्य क्षेत्रमा असमानताहरू छन् ? के अमेरिकाले संसारभरका अन्य धेरै मानिसहरूले भोगेको पीडासँग तिनीहरूलाई जोडेका छन् ? हामी अनिश्चित छौँ । यद्यपि, अमेरिकालगायत पश्चिमका सबै ठाउँमा प्रजातन्त्र राम्रो छैन भन्ने वास्तविकतामा हामी सचेत छौँ । पश्चिमको तथाकथित लोकतान्त्रिक प्रणालीले सामना गरिरहेको गम्भीर दुविधालाई नकार्न सकिँदैन । बाइडेनका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा लोकतन्त्र खस्किनुको मुख्य कारण निरंकुशहरूको दबाब हो । यद्यपि उनले स्पष्ट नभने पनि यो चीनप्रति लक्षित छ ।

फिलिपिन्स पुगेको कोभिड १९ विरुद्धको सिनोम्याक खोपको खोप
आलोचनाको सामना गर्दै चीनले एसियाको विशाल मुलुकको रूपमा संसारलाई अर्को तरिकाले पथ प्रदर्शन गरिरहेको छ । चीनले आफ्नो विकास मार्गको परिणामस्वरूप महत्वपूर्ण अवरोधहरू पार गरेको छ र अविश्वसनीय उपलब्धिहरू हासिल गरेको छ । यसले चरम गरिबीलाई सफलतापूर्वक उन्मूलन गरेको छ । उन्नत हरित र न्यून कार्बन विकास गरेको छ ।
हालैका वर्षहरूमा विश्वव्यापी शासन प्रणालीमा महत्वपूर्ण परिमार्जनहरू गरिएका छन् । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको नेतृत्वमा रहेको चिनियाँ सरकारले विश्वव्यापी शासन प्रणालीमा सक्रियरूपमा भाग लिइरहेको छ र धेरै सकारात्मक पहलहरू प्रस्तुत गरेको छ जसमध्ये सबैभन्दा महत्वपूर्ण भनेको मानवताको साझा भविष्य भएको समुदाय निर्माण गर्ने र साझा मूल्यमान्यताको प्रवद्र्धन गर्ने विचार हो ।
राष्ट्राध्यक्ष सीले सन् २०१७ जनवरीमा जेनेभास्थित संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा दिएको भाषणमा मानवता गहिरो रूपान्तरण र परिवर्तनको अवस्थाबाट गुज्रिरहेको तर धेरै अवरोध र बढ्दो खतराहरू पनि रहेको कुरामा जोड दिएका थिए । यो प्रवृत्तिको समाधान भनेको मानवताका लागि साझा गन्तव्य सहितको समुदाय निर्माण गर्नु र साझा जीत हासिल गर्नु हो । उनका अनुसार यो लक्ष्य हासिल गर्न विश्व समुदायले सहयोग, सुरक्षा, अन्तर–सभ्यता आदानप्रदान र स्वस्थ पारिस्थितिकी प्रणालीको निर्माणलाई प्रोत्साहन गर्नुपर्छ । उनले बहुपक्षीयता, साझा विकास, साझेदारी निर्माण र विश्व शान्तिको रक्षाका लागि चिनियाँ सरकारको अटल समर्थनको पुनः पुष्टि गरे । उनी सम्पूर्ण मानवजातिको साझा गन्तव्यसहितको समुदाय निर्माण गर्ने महत्वपूर्ण कार्यलाई अगाडि बढाउन संयुक्त राष्ट्र सङ्घका अन्य सदस्यहरूका साथै अन्य अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्य गर्न चीन तयार रहेको निष्कर्षमा पुगे । राष्ट्राध्यक्ष सीले संयुक्त राष्ट्रसङ्घमा जनवादी गणतन्त्र चीनको ५० औँ वार्षिकोत्सवको अवसरमा आयोजित सम्मेलनमा मानवताका साझा मूल्यमान्यता भएका शान्ति, विकास, समानता, न्याय, लोकतन्त्र र स्वतन्त्रताको दृढतापूर्वक प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
चीन बहुपक्षीयता र सहयोगप्रति प्रतिबद्ध छ । मानव जातिको साझा भविष्य र साझा मूल्यमान्यता भएको समुदायको सोचलाई व्यवहारमा उतारिरहेको छ भने केही देशहरूले लोकतन्त्र र निरङ्कुशताको निहुँ झिकेर विश्वलाई विभाजित गरी द्वन्द्व भड्काउन प्रयास गरिरहेका छन् । स्थापित र नयाँ शक्ति बीचको तनावलाई कुनै पनि हालतमा कम गर्नुपर्दछ, सम्पत्तिको खाडललाई सङ्कुचित गरिनुपर्छ र सम्पत्तिको पुनः वितरण गर्नुपर्छ भन्ने कुरा हामीले बुझ्यौँ भने हामीले विश्वव्यापी मानवीय मूल्यमान्यतालाई मूर्त रूप दिने भविष्यलाई अँगाल्न सक्छौँ, विश्वभर सुशासन हासिल गर्न सक्छौँ र मानव सभ्यतालाई अगाडि बढाउन सक्छौँ । विभिन्न मुलुकहरू, अन्तर्राष्ट्रिय संस्थाहरू र अन्तर्राष्ट्रिय सहयोग संस्थाहरूले यस नयाँ युगलाई अङ्गाल्न सक्नुपर्छ ।
स्रोत : कन्टेम्परोरी वल्र्ड
अनुवाद : राजन
Leave a Reply