भर्खरै :

पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र हो – भक्तपुर काण्ड

२०४५ साल भदौ ९ गते नेपाल मजदुर किसान पार्टीविरुद्ध पञ्चायती राज्यस्तरको षड्यन्त्र कालो दिनको निन्दा एवम् भत्र्सना गर्दछु ।
नेपाल मजदुर किसान पार्टीविरुद्ध पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र हो – भक्तपुर काण्ड । काम गरी खाने जनताको सेवामा लागेको हाम्रो पार्टीका सयौँ नेता तथा कार्यकर्ताहरूविरुद्ध पञ्चायतले झूटा मुद्दा लगायो र पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँलगायत ६७ जनालाई झूटा ज्यान मुद्दा र कयौँलाई शान्ति सुरक्षाको नाममा जेल हालेको थियो ।
जनताबाट अस्वीकार गरिएका एक व्यक्तिलाई पञ्चायत सरकार आफैले बलिको बोका बनायो र यसको आरोप हाम्रो पार्टीमाथि लगायो । पञ्चायतले काठमाडौँ र ललितपुर समेतबाट प्रहरी ल्याएर भक्तपुरमा २० महिनासम्म दमन चक्र चलायो । गिरफ्तार परेका नेता कार्यकर्ताहरूलाई अमानवीय ढङ्गले यातना दियो । पीडित परिवारको रुवावासीको कहींकतै सुनुवाइ भएन । यस्तो दमनको घडीमा पनि पीडित महिलाहरू एक भएर जुर्मुराएका र पञ्चायतको विरोधमा उठेका थिए । महिला दिदीबहिनीहरूले पञ्चायती प्रहरीको प्रतिकार गर्न घर बाहिर महिनौँसम्म जागराम बसे । प्रहरी दमनविरुद्ध डटेर लड्न सिकायो । यसरी प्रहरी दनमको प्रतिरोधलाई जनसङ्घर्षसम्म परिणत गर्न सफल भए । भक्तपुरका महिलाहरू एक भएर पञ्चायती प्रहरीराजको विरोधमा उत्रिए । प्रहरी दमन भएको खबर आउनेबित्तिकै त्यस टोलमा महिला साथीहरू पुग्थे ।
प्रहरी हिरासतमा पर्नुभएका पार्टीका नेता एवम् कार्यकर्ताहरूलाई खाना पु¥याउन गएकाहरूलाई पञ्चायतका मण्डलेहरूले गरेको अपमान र गालीगलौज सम्झँदा अहिले पनि रिस थाम्न गाह्रो हुन्छ । उनीहरूका तुच्छ गालीले हामीलाई थप सङ्घर्ष गर्न सिकायो र सङ्गठित भएर लड्न सिकायो । सङ्घर्षका ती दिनमा भोक लाग्दैनथ्यो, रातमा निन्द्रा लाग्दैनथ्यो ।
असोज १ गते शनिबारका दिन सर्जमिन हुने खबर आयो । खबर आउनेबित्तिकै सयौ महिलाहरू हनुमानघाट पुग्यौँ । पक्राउ गर्नुभएका हाम्रा नेता कार्यकर्ताहरूलाई तारजाली भएको ट्रकमा राखेर ल्याइएको थियो । सर्जमिनमा सही र सत्य बोल्न प्रत्यक्षदर्शीहरूरू सयाँै महिला उपस्थित भएका थिए तर प्रहरीले सर्जमिन स्थल घेरा हाले र हामीलाई भित्र छिर्न दिइएन । खुल्लारुपमा गर्नुपर्ने सर्जमिन प्रहरी घेरामा गरिएको हुँदा ट्रकभित्रबाटै हाम्रा नेताहरूले एकतर्फी सर्जमिन रद्द गर ¤ नारा लगाउनुभयो । त्यसमा सयौँ महिलाहरूले चर्को स्वरमा साथ दिनुभयो । एकतर्फी सर्जमिनको विरोधमा प्रहरीसँग घम्साघम्सी गर्नुप¥यो र धेरै महिलाहरू घाइते हुनुभयो । धाँधलीपूर्ण सर्जमिनको विरोधमा हनुमानघाटदेखि नारा लगाउँदै गोल्मढी राम झुपडीसम्म विरोध जुलुस भएको थियो ।
बन्दी प्रत्यक्षीकरणको निवेदन पेश गर्न विशेष अदालत सिंहदरबारमा पुग्नसमेत हामी महिलाहरूलाई धेरै कठिन भयो । त्यसबेला हामी जनपक्षीय कानुन व्यवसायी, मानव अधिकारवादी र पत्रकारहरूले झूटा मुद्दाको विरोधमा विशेष अदालतमा गर्नुभएको बहस हाम्रो लागि राजनीतिक कक्षा र सङ्घर्षको लागि पे्ररणा नै बन्यो । भक्तपुर काण्ड रचेका पञ्चायती व्यवस्थाको पतन सुरु भयो । पञ्चायतको विरोधमा पर्चा छर्ने, पम्पेट टाँस्ने, विरोध जुलुस गर्ने, मशाल जुलुस गर्ने काम अगाडि बढ्यो ।
जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ । यो सत्य सावित भयो । पञ्चायतको अन्त्य भयो । अन्यायको विरोधमा आवाज बुलन्द गर्ने जनताको आन्दोलन अहिले पनि उतिकै आवश्यक छ । पञ्चायतको ३० वर्षको अत्याचारको विरोधमा उठेको त्यो आवाज अहिले बहुदलको ३२ वर्षको यो अव्यवस्थामा झनै आवश्यक छ ।
(२०७९ भदौ ९ गते भक्तपुर काण्ड भत्र्सना कार्यक्रममा व्यक्त मन्तव्यको सार–सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *