भर्खरै :

पञ्चायत व्यवस्थाजस्तै पुँजीवादी व्यवस्था पनि अन्त हुने

कैलाली, ९ भदौ । नेपाल मजदुर किसान पार्टी कैलालीले बिहीबार लम्कीबजारमा भदौ ९ कालो दिवस भक्तपुर काण्डको विरोध तथा भत्सर्ना कार्यक्रम सम्पन्न ग¥यो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् सुदुरपश्चिम प्रदेश संयोजक नवराज कोइरालाले पञ्चायत बद्नाम भएर अन्त भएजस्तै आजका शासक दलहरूसँगै पुँजीवादी व्यवस्था पनि अन्त हुने बताउँदै जनताको जीवनस्तर उठाउन राजनीतिक आन्दोलन अझै अगाडि बढाउनु जरूरी छ भन्नुभयो । आफ्नो स्वार्थ मात्र हेर्ने शासक दलहरू ठेकेदार र कमिसनखोरहरू मात्रै भएको बताउँदै संयोजक कोइरालाले नेमकिपाका कार्यकर्ताहरूले इमान्दारीपूर्वक जनताको सेवा गरिरहेको छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर वासीले प्रतिक्रियावादी शासकहरूले रच्ने हरेक षड्यन्त्र चिरेर अगाडि बढ्न सक्ने नयाँ पुस्ता तयार गर्न भदौ ९ कालो दिवस स्मरण गर्नुपर्ने प्रस्ट पार्नुभयो । पार्टी र पार्टी नेतृत्वलाई भौतिक रूपमा नै नष्ट पार्न आतङ्कट फैलाउने पञ्चायती राज्य व्यवस्थाको अकल्पनीय दमन र अत्याचारको प्रतिरोध गर्ने क्रममा महिलाहरू राजनीतिक रूपमा जागरूक बनेको चर्चा गर्दै केन्द्रीय सदस्य वासीले पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँले जेलबाट श्रीमती शोभा प्रधानलाई लेख्नुभएको ‘जेलका चिठीहरू’ कृति नेपाली संस्कृति, इतिहास, समाजबारे बताउने महत्वपूर्ण नेपाली पत्रसाहित्य भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेमकिपाविरूद्ध षड्यन्त्र भएको बुझेपछि अरू पार्टीहरू पनि नेमकिपालाई खाने बाघले आफूलाई पनि खान सक्ने भन्दै आन्दोलित भएको उल्लेख गर्नुहुँदै पुँजीवादी प्रजातन्त्रको एक चम्चा पानीले जनता सबै आकाङ्क्षा पूरा गर्न सक्दैन भन्ने पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँको दृष्टिकोण पुष्टी भइरहेको छ भन्नुभयो । पुँजीवादी व्यवस्थामा आफ्नै दाजुभाइको निजी सम्पतिमाथि आफ्नो हक नहुने र समाजवादी व्यवस्थामा राज्यको स्वामित्वमा रहेका ठूलो ठूलो उत्पादनका साधनमाथि आफ्नो हक हुने चर्चा गर्नुहुँदै केन्द्रीय सदस्य शाहीले मजदुर किसानको नेतृत्व हुने जनताको प्रजातन्त्रले मात्र कामदार वर्गको हित व्यवस्था गर्नेछ भन्नुभयो ।
नेमकिपा कैलालीका सदस्य धनबहादुर थापामगरले तत्कालीन रापस गोविन्द दुवाललाई पन्छाएर पूर्वरापसलाई राहत वितरण गर्न लगाउनु नै षड्यन्त्रको सुरूवात भएको चर्चा गर्दै भोलिपल्टै शव¥यालीमा नेमकिपाका अध्यक्ष रोहितलाई ज्यान सजाय दिन लगाएको नाराले राज्यस्तरबाटै षड्यन्त्र भएको पुष्टि गरेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ लक्ष्मी पुनमगरले पार्टीका कार्यकर्ताहरू सिपाहीजस्तै अनुशासित भएर जुनसुकै निर्देशन पूरा गर्ने उल्लेख गर्दै जनताको मत ठीक ठाउँमा पार्न नेमकिपाको तर्फबाट उम्मेद्वार बनेको चुनावी अनुभव सुनाउनुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेश रावल सभापतित्वमा सम्पन्न कार्यक्रममा ज्योति बडुवाल, गगन थापामगरलगायतले २०४५ सालमा गरिएको राज्यस्तरको षड्यन्त्रको भत्र्सना गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *