‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
काठमाडौँ, १० भदौ । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा पञ्चायती राज्यस्तरद्वारा रचिएको षड्यन्त्र ‘भक्तपुर काण्ड’ को विरोध एवं भत्र्सना कार्यक्रम शुक्रबार टोखामा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले नेमकिपाले स्थापनकालदेखि नै आफ्नो सैद्धान्तिक सङ्घर्षलाई चालू राख्दै आएको धारणा राख्दै भन्नुभयो, “सामन्तवादको विरोध, भारतीय विस्तारवादबाट नेपाली भूमि सुस्तालगायत सीमा अतिक्रमणको विरोध, देशघाती कोसी, गण्डकलगायत सन् १९५० को असमान सन्धिको विरोध, पूर्वी पाकिस्तानमा भारतीय हस्तक्षेप, महँगी र भ्रष्टाचारको विरोधलाई नेमकिपाले चालू राख्दै आएको छ ।”
नेमकिपाको देश र जनताप्रतिको निःस्वार्थ सेवाबाट तिर्मिराएका प्रतिक्रियावादीहरूले नै भक्तपुर काण्डको षड्यन्त्र रचेका हुन् । यो षड्यन्त्रमा तत्कालीन राजदरबारभित्र घुसेका भारतीय दलालहरूको हात रहेको छ, उहाँले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र देश र जनताको सेवामा इमानदार भएनन् । एमसीसी सम्झौता, एसपीपी समझदारी र नागरिकता विधेयक यसैको परिणाम हो । नेपाली लेण्डुपहरूले देश कब्जा गर्ने र अन्ततः सिक्किमकै हालतमा पु¥याउने खतरा छ ।”
एक वर्षयताको देशघाती काममा नेका नेतृत्वको सरकारका प्रम देउवा र अन्य मन्त्रीहरू जिम्मेवार रहेको धारणा राख्दै सचिव सुवालले भन्नुभयो, “नेकाका देउवालाई प्रम बनाउने माओवादी केन्द्रका दाहाल, एकीकृत समाजवादीका माधव, जनता समाजवादी पार्टीका उपेन्द्र, लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ र राजमोका नेताहरू दोषी छन् ।”
उहाँले भन्नुभयो, “पाँच दलीय गठबन्धनका नेता र सरकारका प्रम एवम् मन्त्रीहरूले देशघाती कामको परिणाम भोग्नुपर्ने निश्चित छ ।”
नेमकिपा देश र जनताको सेवामा लागिपर्ने अडानबाट विचलित नहुने स्पष्ट पार्दै सचिव सुवालले नेमकिपाका कार्यकर्ताहरूले देश र जनताप्रतिको त्याग, तपस्या र बलिदानलाई प्रतिक्रियावादीहरूले भङ्ग गर्न सक्नेछैनन् भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले भक्तपुर काण्डले पञ्चायती व्यवस्था नै ढलेको बताउनुभयो ।
उहाँले भनुभयो, “नेमकिपालाई नष्ट गर्न रचेको षड्यन्त्रविरूद्ध नेपालका कानुनविद्, बुद्धिजीवी, मानव अधिकारवादी, न्यायप्रेमी जनताले नेमकिपालाई सहयोग गरेकै कारण भक्तपुर काण्डको षड्यन्त्र असफल भएको थियो ।”
नेमकिपा काठमाडौँका जिल्ला अध्यक्ष नारायण महर्जनले नेमकिपाको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारा रहेको र पार्टीको उद्देश्य व्यापक जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गरी देशमा समाजवादी व्यवस्था स्थापना गर्नु हो भन्नुभयो ।
कार्यक्रममा मीना डंगोल, रमेश डंगोल, विश्वक डंगोल, श्यामकुमार महर्जनलगायतले बोल्नुभएको थियो ।
Leave a Reply