न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
चीनले कसरी हरित ऊर्जाको क्षेत्रमा विश्वको नेतृत्व गर्दै छ भन्ने विषयमा लेखिएको लेख पढेर अमेरिकाको न्युयोर्कमा बस्ने एक अमेरिकी पाठकले फेसबुकको हाम्रो भित्तामा टिप्पणी लेखे :
“होला, तर पनि चीन विश्वकै सबैभन्दा ठूलो कार्बन डाइअक्साइड उत्सर्जक हो ।”
यस्ता जाली प्रतिक्रियाहरूलाई ‘पश्चिमा जातिवादी हठ’ भन्नुपर्ने हुन्छ ।
‘चाइना इन्भाइरनमेन्ट नेट’ ले प्रत्युत्तरमा लेख्यो :
“चिनियाँहरूको सङ्ख्या धेरै छ भन्दैमा यस्तो ‘भारी’ टिप्पणी गर्नुपर्ने हो ? प्रत्येक चिनियाँ नागरिकले अमेरिकी, क्यानडाली र अस्ट्रेलियालीले भन्दा एकतिहाइ कार्बन उत्सर्जन गर्छ । युरोपेली युनियनका नागरिकहरू पनि यस मानेमा त्यति पछाडि छैनन् । त्यसैले तत्काल धनी पश्चिमा देशहरूले आउँदो एकदुई वर्षमा कार्बन उत्सर्जनमा कटौती गर्नु तर्कसङ्गत हुन्छ ¤ सायद पश्चिमा जीवनशैली पनि फेर्नुपर्ला ¤ अरू तरिकाहरू अनुचित, असङ्गत र जातिवादीमात्र हुनेछन् ।
यस्तो किन पनि हुन्छ भने अहिले वायुमण्डल र समुद्रमा छरिएको ७० प्रतिशत कार्बन उत्सर्जन गर्ने पश्चिमाहरू नै हुन् । सुविधासम्पन्न पश्चिमा ‘वातावरणवादीहरू’ ले दक्षिणी गोलाद्र्ध वा विकासशील विश्व गरिब नै रहिरहेको र विश्वका १५ प्रतिशत मानिसहरू बस्ने पश्चिमी देशका जनताको उद्यम जीवनशैली निर्बाध चलिरहेको देख्न चाहेको प्रतीत हुन्छ ।
अमेरिकाको दिन सकियो । तथ्य हेर्ने बेला आयो । वासिङटनबाट प्रसार हुने चीनविरोधी घृणाको स्थिति हेर्न ‘द ल्यान्सेट’ ले प्रकाशित गरेका तथ्यहरू हेरौँ ।”
‘द ल्यान्सेट’ मा प्रकाशित लेखले जलवायु परिवर्तनले पु¥याएको क्षतिमा विभिन्न देशहरूको भागिदारी नाप्ने विधिको व्याख्या गरेको छ । यसबाट वायुमण्डलमा विभिन्न देशले गरेको ३५० पीपीएम कार्बन सञ्चयको मात्रा नाप्न सकिन्छ ।
यो विधि वायुमण्डलमा प्रतिव्यक्ति पहुँचको सिद्धान्तमा आधारित छ । यसबाट विश्व कार्बन बजेटमा कुनै पनि देशको सुरक्षित हिस्सा कति हो भन्ने नापिन्छ । सुरक्षित हिस्सा भन्नाले विश्वव्यापी उत्सर्जनको सीमा अथवा ३५० पीपीएम ननाघ्नु हो । यो राष्ट्रसङ्घको वातावरणीय निकाय ‘आइपीसीसी’ ले तोकेको मापदण्ड हो ।
यो सुरक्षित हिस्सालाई देशको वास्तविक ऐतिहासिक उत्सर्जनबाट घटाइन्छ । ऐतिहासिक उत्सर्जन भन्नाले सन् १८५० देखि सन् १९६९ सम्मको भूभागमा आधारित उत्सर्जन र सन् १९७० देखि सन् २०१५ सम्मको उपभोगमा आधारित उत्सर्जन हो । यति गरेपछि कुनै पनि देशले सुरक्षित हिस्साभन्दा थोरै वा धेरै कति उत्सर्जन गरेको छ भन्ने पत्ता लाग्छ । यस विधिबाट कुनै पनि देशले मापदण्डको तुलनामा विश्वभर भएको कार्बन उत्सर्जनको कति हिस्सा ओगट्छ भनी हिसाब निकाल्न सकिन्छ ।
यस विधिबाट अध्ययन गर्दा निम्न तथ्य पत्ता लागेको छ :
१. संरा अमेरिकाले विश्वभरिको कार्बन उत्सर्जनमा ४० प्रतिशत हिस्सा छ ।
२. युरोपेली युनियन र बेलायत (इयू–२८) को हिस्सा २९ प्रतिशत छ ।
३. औद्योगिक देशहरू अथवा राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी अभिसन्धिको दायराभित्र पर्ने देशहरूको हिस्सा ९० प्रतिशत छ ।
४. उत्तरी गोलाद्र्ध (संरा अमेरिका, क्यानडा, युरोप, इजरायल, अष्ट्रेलिया, न्युजिल्यान्ड र जापान) को हिस्सा ९२ प्रतिशत छ ।
५. यसको विपरीत कार्बन उत्सर्जनमा दक्षिणी गोलाद्र्ध (ल्याटिन अमेरिका, अफ्रिका, मध्यपूर्व र एसिया) को भागिदारी सुरक्षित दायराभित्र पर्छ । चीन र भारत पनि यही दायराभित्र छन् ।
Leave a Reply