भर्खरै :

नेमकिपा स्थापनाकालदेखि देश र जनताको पक्षमा

भक्तपुर, १० भदौ । नेपाल मजदुर किसान पार्टी सूर्यविनायक ७ वडा समिति गुण्डुको आयोजनामा भक्तपुर काण्ड (कालो दिन) को विरोध एवम् भत्र्सना कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले नेपाल मजदुर किसान पार्टी स्थापनादेखि नै देश र जनताको पक्षमा काम गरिरहेको बताउनुभयो ।
“अमेरिकी डलर र भारतीय भारूकै सहयोगले निर्वाचन जित्ने शासक दलले जनताको पक्षमा काम नगर्ने पक्का छ”, उहाँले भन्नुभयो ।
उहाँले कामदार जनताको लागि काम नगर्ने पार्टीहरूलाई चुनावमा भोट दिन नहुनेबारे छलफल आवश्यक छ, एमसीसी र एसपीपीमार्फत अमेरिकी साम्राज्यवादले नेपाललाई नवउपनिवेश बनाउने भएकोले नेमकिपाले सोको सडक र सदनमा विरोध गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपालाई समूल नष्ट गर्न रचिएको भक्तपुर काण्डले कार्यकर्तालाई धेरै ज्ञान दिएको छ । भक्तपुर काण्डमा नेमकिपाका नेता कार्यकर्तालाई फाँसीको माग गर्नेहरू बहुदल पुनःस्थापनापछि शासक दलकै संरक्षणमा जनविरोधी काममा लागे ।”
नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका सचिव पाण्डव सुवालले भारतीय विस्तारवादकै इसाराअनुसार २०६३ सालको नागरिकता ऐनमा शासक दलहरूले समर्थन गरेका हुन् । विदेशीलाई नेपाली नागरिकता दिनु देशघात हो भन्नुभयो ।
नेमकिपा सूर्यविनायक ७ वडा समितिका केबी पञ्चको सभापतित्वमा भएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगर समितिका सचिव महेन्द्र बखुन्छे र नेपाल क्रान्तिकारी महिला सङ्घका सुलोचना छ्वाजुले भक्तपुर काण्डमा पार्टीलाई दुःख दिनेहरू नै आज देशघातमा लागिरहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा स्थानीय सूर्य पञ्चले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *