न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
बनेपा, १२ भदौ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नेमकिपा बनेपा नगर समितिको आयोजनामा भएको पञ्चायती राज्यसत्ताको षड्यन्त्र ‘भक्तपुर काण्ड’ को भत्र्सना कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर काण्डजस्तो षड्यन्त्र जुनसुकै बेला दोहोरिन सक्नेतर्फ सबैजनालाई सचेत पार्न आग्रह गर्दै नेपालमा पञ्चायती व्यवस्था अन्त्य गर्न भक्तपुर काण्डले एउटा कारक तत्वको रूपमा भूमिका खेलेको बताउनुभयो ।
उहाँले भक्तपुर काण्डको समयमा आफ्नो जेल जीवनको अनुभव सुनाउँदै पञ्चायतमा पनि नेमकिपाले लेनिनवादी नीतिअनुसार प्रतिक्रियावादी सङ्घ संस्थामा गई देश र जनताको निःस्वार्थ सेवाको नीति अपनाएको बताउनुभयो ।
देश र जनताको सेवामा समर्पित नेमकिपाविरुद्ध पञ्चायती सरकारले भक्तपु्र काण्डको षड्यन्त्र गरेको बताउँदै उहाँले षड्यन्त्र कहाँ र कसरी हुन्छ थाहा नहुने हुँदा राजनैतिक कार्यकर्ताहरू दमकल र एम्बुलेन्सजस्तै तयारी अवस्थामा बस्नुपर्छ भन्नुभयो ।
नेमकिपा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले विश्वका अन्य मुलुकमा पनि कम्युनिस्टहरूलाई दबाउन अनेक षड्यन्त्र र दमन हुने गरेको बताउँदै राज्यस्तरबाटै रचिएको ‘भक्तपुर काण्ड’ को भत्र्सनाले जनतालाई सचेत र सङ्गठित बनाउन मद्दत पु¥याउने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा बनेपा नगर समितिका अध्यक्ष लक्ष्मीराम न्हुछेप्रधानले ‘भक्तपुर काण्ड’ को स्मरण गर्दै भक्तपुर काण्ड किन र कसरी घट्यो भन्ने विषयमा नयाँ पुस्तालाई अवगत गराइराख्नुपर्ने खाँचो रहेको बताउनुभयो ।
कार्यक्रममा नगर समितिका उपाध्यक्ष सत्यनारायण श्रेष्ठ, नेमकिपा काभ्रे जिल्ला समितिका सल्लाहकार हरिप्रसाद मानन्धर, नेक्रामहिला सङ्घ धुलिखेल नगर समितिका अध्यक्ष पुण्यशोभा श्रेष्ठ, नेक्रायुसङ्घ काभ्रे जि.स. अध्यक्ष ज्ञानेन्द्र डंगोल, नेक्राविसङ्घ काभ्रे जि.स.का सहसचिव राजु तामाङ र बनेपा नगर समिति सदस्य राममन्दिल श्रेष्ठ र नेमकिपाका ओमप्रसाद मानन्धरले पनि भक्तपुर काण्डको भत्र्सना गर्नुभएको थियो ।
Leave a Reply