भर्खरै :

देशघाती सन्धि सम्झौताविरुद्ध जनमत तयार गर्न आवश्यक

जुम्ला, ११ भदौ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले आगामी निर्वाचन देशघाती नागरिकता विधेयक, एमसीसी सम्झौतालगायतका देशघाती सन्धि सम्झौताको विरुद्ध जनमत तयार गर्न प्रयोग गर्ने विचार राख्नुभएको छ ।
शनिबार बिहान रेडियो खुला आकाश, जुम्लाको खुला बहस कार्यक्रमका सञ्चालक मानबहादुर कुवँरसँग कुराकानी गर्दै केन्द्रीय सदस्य गोसाईले देशघाती नागरिकता विधेयकविरुद्ध जनमत तयार हुँदै गरेको उल्लेख गर्नुभयो ।
उहाँले जनताले देशघाती नागरिकता विधेयक पारित गर्ने पार्टीहरूविरुद्ध मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले अङ्गीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिँदा देश फिजी बन्ने खतरा रहेको उल्लेख गर्दै विदेशीले तत्कालै नागरिकता पाउने बन्दोबस्त खारेज हुनुपर्ने तर्क गर्नुभयो ।
रेडियो खुला आकाश, २०४४ जेठमा स्थापित सामुदायिक एफएम हो । जुम्ला सदरमुकाम खलंगामा स्थापित प्रशारण केन्द्रबाट जुम्ला जिल्लालगायत आसपासका जिल्लाबाट ९९.६ मेघाहर्ज र माइथाप्लाबाट ८९.१ मेघाहर्जबाट एकैसाथ सुन्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *