‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
साधारणतया विभिन्न विधाका विद्वान, लेखक, दार्शनिक, चिन्तक तथा साहित्यकार आदिका विचार तथा भावनालाई लिपिबद्ध गरिएको पृष्ठहरूको सङ्गठित स्वरूप वा ठेलीलाई पुस्तक भनिन्छ । पुस्तकलाई संस्कृत भाषामा ग्रन्थ भनिन्छ । नेपाली बृहत् शब्दकोशमा पुस्तकको अर्थ पढ्ने, पढाउने उद्देश्यले तर्क विचार, भावना, ज्ञान विज्ञान आदिका कुरा लेखिएको र छापिएको ग्रन्थ भनिएको छ । मानिस एक गतिशील सामाजिक उत्तरदायित्व बहन गर्ने प्राणी भएको हुँदा उसले प्राप्त गरेका भाषा, अनुभव, ज्ञान, सीप र कला कौशललाई संरक्षण र संवद्र्धन गर्दै भविष्यको पुस्ताका लागि हस्तान्तरण गर्न विभिन्न विधि प्रविधिका स्रोत साधनको उपयोग नियमितरूपमा भइरहेको छ ।
प्राचीन कालदेखि नै मानिसहरूले आफ्नो धर्म, दर्शन, कला र संस्कृतिलाई लेख्ने कला तथा सीपको विकास गर्दै चिरकालसम्मका लागि सुरक्षित र संवद्र्धन गर्न नरम माटो, काठका टुक्रा, ताडपत्र, भोजपत्र र शिलापत्र आदिमा लेख्ने, कोर्न जाँदा आफ्नो कला, धर्म, दर्शन, इतिहास, संस्कृति लेखी गुफा तथा मठमन्दिर पाटीपौवा, चैत्य गुम्बामा ज्ञान सामग्रीको रूपमा संरक्षण गर्दै जाँदा पुस्तक र पुस्तकालयको विकास भएको हो ।
प्राचीन समयमा प्राप्त गरेको ज्ञान र सीपको संरक्षण गुफा हुँदै मध्ययुगतिर मठमन्दिर, मस्जिद, गुम्बाचैत्य, पाटीपौवा तथा आधुनिक समाज तथा युगमा पुस्तकको प्रयोग तथा अनुसन्धानलाई बढावा दिन छुट्टै शाखा वा भवनमा पुस्तकको संरक्षण र परिचालन एवम् वितरण गरिएको हुन्छ जहाँ पुस्तकको घरलाई आधुनिक पुस्तकालयको रूपमा लिइन्छ ।
नेपालमा १५ भदौ १८६९ मा राजा गीर्वाणयुद्ध विक्रमशाहले ‘पुस्तकालय अधिनियम’ मा लालमोहरसहित पारित गराई पुस्तकालय सेवा दिन पण्डित केदारनाथ झालाई नै पुस्तकको रेखदेख र संरक्षणका लागि नेपालको पहिलो लाइब्रेरियनको रूपमा मानेका थिए । तर, पुस्तकालयको व्यवस्थापनमा अध्ययन तालिम नलिएकोले भारतको दिल्ली विश्वविद्यालयबाट पुस्तकालय विज्ञानमा स्नातक गरेका पूर्णप्रसाद अमात्यलाई तत्कालीन शिक्षामन्त्री शारदा शमशेरले २००९ मा त्रिचन्द्र कलेजको लाइब्रेरियन पदमा नियुक्ति दिई नेपालमा लाइब्रेरियन सीपको थालनी गरे ।
वि.सं. १९८७ मा विश्वमा फैलिएको शिक्षाको प्रचार–प्रसार, पुस्तक पुस्तकालयले जनमानसमा पारेको सकारात्मक प्रभावबाट भारतमा अध्ययनपछि फर्केका धर्मराज थपलिया र लक्ष्मीप्रसाद देवकोटालगायत ४५÷४६ जना युवाहरूले ‘सरस्वती गुठी’ नामक संस्थाबाट पुस्तकालय खोल्न श्री ३ भीमशमशेरको अगाडि बिन्ती गर्दा रामचन्द्र अधिकारीले पोल खोलिदिएपछि ‘गाथगादी ताकेको’ आरोपमा जनही रु. १०० जरिवाना लगाई दण्ड दिइएको थियो जसलाई नेपालको पुस्तकालय विकासको इतिहासमा ‘पुस्तकालय पर्व’ को नामले चिनिन्छ ।
पुस्तकालयका गतिविधि र त्यसको आवश्यकताबारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा २०६५ भदौ १५ गतेदेखि जनतालाई शिक्षित र राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यले पुस्तकालय दिवस मनाउन सुरु गरिएको हो । पढाइ जीवन परिवर्तन गर्ने शास्त्र हो । पुस्तकविनाको जीवन निरर्थक हुन्छ र जीवनको कुनै महत्व रहँदैन । पुस्तकविनाको जीवनले ढुङ्गेयुगको स्मरण गराउँछ । समाजमा आज जे जति विकास परिवर्तन भएको छ, त्यसमा पुस्तकको ठूलो देन छ । पुस्तक विद्यार्थीदेखि अनुसन्धानकर्तालगायत सबै इच्छुक अध्येतालाई आवश्यक पर्ने महत्वपूर्ण ज्ञानको सागर हो । पुस्तकालयको प्रयोग गरी पर्याप्त मात्रामा लाभ लिई पूर्ण ज्ञान हासिल गर्नसक्छन् । आफ्नो कक्षा वा तहको निर्दिष्ट पाठ्यपुस्तकबाहेक अन्य सहायक र सन्दर्भ सामग्रीको रूपमा अन्य प्रकारका पुस्तक अध्ययनमा रुचि नहुँदा शिक्षा प्रमाणपत्रको लागि सीमित भएकोले गुणस्तरीय शिक्षाका लागि पुस्तक अध्ययन गर्ने संस्कृतिमा कमी आएको छ र असल पाठक खोज्नुपर्ने दिन आउन बेर छैन ।
पुस्तक नीति तथा पुस्तकालय सञ्चालनको कार्ययोजना स्पष्ट नभएकोले २०७२ को भूकम्प र संविधान जारीपछि बनेको दुई पटक स्थानीय सरकार गठन भइसक्दा पनि व्यवस्थितरूपमा समुदायका पुस्तकालय सञ्चालन हुन सकेको छैन । त्यस्ता समुदायका पुस्तकालय पुनःजागृत गर्न नसक्दा समुदायमा रहेको पुस्तकालयका पुस्तकहरूमा ढुसी पर्ने, कीराले खाने, मुसाले खाने तथा च्यातिने समस्याले अर्बाैँको रकम बराबरको क्षति भएको छ ।
आधुनिक समयमा मानिस समाजसँग भिज्न छुट्टै औपचारिक तथा अनौपचारिकरूपमा उसले प्रविधि, सूचना तथा स्रोत साधनको ज्ञान पाएको हुनुपर्ने अनिवार्य संस्कार बनेको छ । यसको परिणाम सिकारु पाठकहरू मोबाइलजन्य दुव्र्यसनीमा फस्दै आएको छ ।
विद्यालय, कलेज, क्याम्पस र पुस्तकालय आदि शिक्षण संस्थामा मूलतः पुस्तककै प्रयोगलाई बढी बढावा दिइन्छ । विद्यालय कलेजजस्ता शिक्षण संस्थामा पुस्तकका निश्चित ज्ञान र सीपबारे शिक्षकले विद्यार्थीलाई मार्ग निर्देशमात्रै गर्छ तर पुस्तकालयमा विद्यार्थीले आफूलाई आवश्यक पर्ने ज्ञानको भोक मेटाउने विविध पक्षका ज्ञानहरूको अध्ययन गरिन्छ ।
विद्यालयजस्ता शिक्षण संस्थाले सीमित ज्ञानका लागि पुस्तकको अध्ययन अध्यापन गरिन्छ, जसले विद्यार्थीमा सिकाइप्रति हिनताबोध उत्पन्न गराउँछ । त्यसैले हरेक शिक्षण संस्थाहरूले विद्यार्थीमा हिनताबोध नहोस् भनेर छुट्टै शाखा वा भवनमा पुस्तकालयको प्रबन्ध गरेका छन् । जहाँ विद्यार्थीले विद्यालयमा सिकेका ज्ञान सीपलाई अझ परिष्कृतरूपमा बुझ्न सिक्न सहयोग पुग्दछ । यसका लागि हरेक शिक्षण संस्थाले आफ्नो पुस्तकालयमा भएका पुस्तकहरूको व्यवस्थित परिचालन र अन्य शैक्षिक गतिविधिको विकासका लागि तालिम प्राप्त र विविध पाठकबीच अन्तरक्रियात्मक, शैक्षिक प्रतियोगितात्मक कार्यक्रम तथा विविध अन्य शैक्षिक संस्थाहरूबीच समन्वयात्मक भूमिका निभाउन सक्ने क्षमता भएका पुस्तकालयकर्मीको व्यवस्था गर्नुपर्दछ । यदि पुस्तकालयमा भएका पुस्तकहरूको मात्रै आदानप्रदान गर्ने हो भने त्यहाँ पुस्तकालयकर्मी जनशक्तिको आवश्यकता रहँदैन ।
एक्काइसौँ शताब्दीमा प्रशस्त पुस्तकलाई डिजिटल स्वरूपमा परिवर्तन गर्दा इन्टरनेटको प्रयोगले पुस्तक र पुस्तकालयको आवश्यकता नरहेको तर्क गर्नेहरूले अन्य शिक्षण संस्थाको आवश्यकतामा समेत प्रश्न उठाउन सक्ने अवस्था छ । साझा संस्कृति र सम्पदासम्मको खुला पहुँचमा आम मानिस स्वतन्त्र हुँदा विभिन्न समुदायबीच मित्रता, अन्य समुदायलाई भाषा सिकाइमा सहजता तथा युवाहरूको लागि सार्वजनिक स्थान शान्तरूपमा निःशुल्क उपलब्ध गराउने पुस्तकालयको सामाजिक सिद्धान्त आज प्रयोगविहीन अवस्थामा छ ।
पढौँ पढाऔँ निरन्तर शिक्षाको लागि पुस्तकालय जाऔँ भन्ने मूल नाराका साथ १५ औँ पुस्तकालय दिवस मनाउँदै गर्दा पुस्तकमा आएको डिजिटल प्रविधिले मोबाइल तथा इन्टरनेटलाई नै एक्काइसौँ शताब्दीको पुस्तक र पुस्तकालयको रूपमा लिँदा पुस्तकालयमा गएर पढ्ने पढाउने संस्कृतिको अभाव भएको छ ।
जसले एक्लै बस्दा, साथीभाइ तथा सामाजिक जमघट हुँदा, यात्रा गर्दा वास्तविक पुस्तकभन्दा बढी मोबाइलजन्य प्रविधिको अधिकतम प्रयोगले पुस्तक अध्ययन संस्कृतिमा कमी आएको छ । यसले भविष्यमा आँखालगायत अन्य शारीरिक तथा मानसिक स्वास्थ्यमा विविध समस्या देखापर्ने कुरालाई ध्यान दिनसकेको छैन ।
यसर्थ, ‘पढौँ, पढाऔँ निरन्तर शिक्षाको लागि पुस्तकालय जाऔँ’ भन्ने मूल नारालाई व्यवहारमा उतार्न र पुस्तक अध्ययन संस्कृतिमा संस्कार बसाउन पुस्तकालयकर्मीले विविध पाठकबीच अन्तरक्रियात्मक, शैक्षिक प्रतियोगितात्मक कार्यक्रम तथा विविध अन्य शैक्षिक संस्थाहरूबीच समन्वयात्मक भूमिका निभाउन विविध गतिविधिलाई प्राथमिकता देऔँ ।
Leave a Reply