रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
भक्तपुर, १६ भदौ । भक्तपुर नपा वडा नं. ९ च्याम्हासिंहस्थित वागीश्वरी कलेजमा मानविकी सङ्काय स्नातक तहका विद्यार्थीहरूले आफू अध्ययनरत स्थानीय तहबारे जानकारी गराउने उद्देश्यले बिहीबार भक्तपुर नगरपालिकाको स्थलगत अध्ययन अवलोकन भ्रमण गरेका छन् । सोही क्रममा विद्यार्थीहरूले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग साक्षात्कार गरे ।
कार्यक्रममा विद्यार्थीहरूलाई भक्तपुर नपामा स्वागत गर्दै प्रमुख प्रजापतिले भक्तपुरका सय वर्ष पुराना घरहरू आफैमा सम्पदाहरूको रूपमा रहेको बताउँदै भक्तपुर नपा सांस्कृतिक र पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास भइरहेको नगर हो भन्नुभयो ।
भक्तपुर आफैमा खुला आकाशमुनिको जीवित सङ्ग्रहालयको रूपमा रहेको बताउँदै उहाँले ख्वप विश्वविद्यालय सञ्चालनको लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिँदै आइरहेको छ भन्नुभयो । भक्तपुर नपाले संस्कृति, इतिहास, भूगोल, नेपालभाषा, राजनीतिशास्त्रलगायतका विषयमा छात्रवृत्ति प्रदान गर्दै आइरहेको उहाँले अवगत गराउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको परीक्षाको परिणाम देशभर उत्कृष्ट रहेको बताउँदै उहाँले विद्यार्थीहरूले प्रयोगात्मक अभ्यासलाई जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले नगरबाट निस्कने फोहरलाई कुहिने र नकुहिने अलग अलग सङ्कलन गर्दै आएकोमा फोहरलाई आयको स्रोत बनाउनेतर्फ ध्यान केन्द्रित रहेको बताउँदै घर–घरबाट निस्कने फोहर आधा कम गर्न सकेमात्रै पनि सफाइमा भइरहेको नगरपालिकाको खर्च करोडौँ घटाउन सकिने बताउनुभयो ।
भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालले भक्तपुर नपाको सामान्य परिचय प्रस्तुत गर्दै भक्तपुर देशकै सानो नगरपालिका भएर पनि देशकै लागि उदाहरणीय कामहरू गर्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरूले भक्तपुर नपाको शिक्षा, सरसफाइ, पार्किङ व्यवस्थापन, तरकारी बजार, ख्वप अस्पतालको सेवा सुविधाहरूबारे आफ्ना जिज्ञासा राखेका थिए ।
कार्यक्रमपश्चात् विद्यार्थीहरूले भक्तपुर नपाको शाखा तथा उपशाखाहरूको स्थलगत अवलोकन भ्रमण गरेका थिए ।
Leave a Reply