‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
संरा अमेरिकामा धनी र गरिबहरू प्रस्टतः छुट्टिएको हुनाले र अमेरिकी सरकारले देशको धन सानो सङ्ख्याका मानिसलाई नियन्त्रण गर्न दिइरहेकोले अन्य धनी देशको तुलनामा सबैभन्दा कम दरको सामाजिक परिचालन देखिएको छ र यो त्यति अचम्मको कुरा होइन कि ‘अमेरिकी सपना तीव्रगतिमा अमेरिकी भ्रम’ मा परिणत हुँदै छ ।
“जे होस् यस भाइरस (सार्स–कोभ–२) ले सिकाएको पाठ भनेको यस (पुँजीवादी) व्यवस्थामा जहाज डुब्ने अवस्थामा कसले र केले संरक्षण पाउँछन् भनी स्पष्ट भएको छ । टाइटानिक दुर्घटनामा महिला र केटाकेटीहरूले संरक्षण पाएका थिए भने कोभिड–१९ को महामारीमा धनी र शक्तिशालीहरूले मात्र”, ‘द गार्जियन’ मा गत मार्चमै प्रकाशित एक लेखमा भनिएको थियो । त्यसले कोरोना भाइरस परीक्षण र उपचार पाउने क्रममा संरा अमेरिकामा देखिएको अनियमितता र अन्यायलाई प्रस्टतः औँल्याएको थियो ।
अहिलेसम्म खाद्य सहायता मागिरहेका अमेरिकीहरूको सङ्ख्या गत वर्षको यही महिनाको तुलनामा निकै धेरै बढेको छ र बेरोजगारी राहतको निम्ति आवेदन दिनेको सङ्ख्या पनि महिना महिनाको हिसाबले धेरै नै बढिरहेको छ । संरा अमेरिकामा निम्न वर्गका मानिसले बाँच्नै नसकिने क्रूर सङ्कट सामना गरिरहेका छन् ।
घनघोर वर्षाले जमिनको धाँजा देखाएझैँ कोभिड–१९ को महामारीले अमेरिकी समाजको धनी र गरिबबीचको विभाजनको खाडललाई निकै स्पष्ट हुनेगरी उदाङ्गो पारिदिएको छ । गत अप्रिलमा एक अमेरिकी पत्रिका ‘द एटलान्टिक’ ले गरेको अवलोकनमा निम्न आय भएका अमेरिकीहरू बिरामी पर्ने बेलामा निकै ढिलो गरी मात्र अस्पताल पुग्ने गरेको देखिएको थियो त्यसको कारण तिनीहरू निको हुन नचाहेर भने होइन बरु तिनीहरूसित उपचारका लागि पैसा नभएर हो ।
गरिबी र मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घका विशेष अध्येता फिलिप अल्स्टोनले कोभिड–१९ को महामारीले संरा अमेरिकाका गरिबलाई सबैभन्दा बढी मार परेको भन्दै चेतावनी दिएका थिए । “निरन्तरको बेवास्ता र भेदभावले संरा अमेरिकामा कम आय भएका र गरिबहरू कोरोना भाइरस महामारीको उच्च जोखिममा परेका छन् । टालटुले अनि व्यापारमुखी सङ्घीय (सरकारी) कार्यक्रम ती समस्यालाई सम्बोधन गर्नमा असफल भएको छ ।” अल्स्टोनले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका थिए ।
संरा अमेरिकामा महामारीको आक्रमण भएपछि धनी र गरिबबीचको खाडल गहिरिँदै गएको देखिएको थियो । संरा अमेरिकामा अहिले धनी र गरिबबीचको विभाजन सन् १९३० को महामन्दीपछिको सबैभन्दा चरममा पुगेको छ । यस्तो देखिँदै छ कि आँधी उर्लेको समुद्रमा गरिब एउटा काठको फलेकमा समाएर ज्यान जोगाउन खोज्दै छन् भने धन सबै धनीहरूपट्टि नै बगिरहेको छ र उनीहरू मोहको महल (अत्यन्त विशाल) ठडयाउँदै छन् ।
संरा अमेरिकामा अवस्थित एक गैरनाफामूलक सङ्गठन ‘फिडिङ अमेरिका’ को तथ्याङ्कअनुसार अहिले ५ करोडभन्दा बढी अमेरिकीहरूले खाद्य असुरक्षाको अनुभव गरिरहेका छन् जब कि महामारीभन्दा अगाडि डेढ करोड मानिसमात्र त्यस्तो अवस्थामा थिए ।
एक प्रगतिशील अमेरिकी बुद्धिजीवी सङ्गठन – इन्स्टिच्युट फर पोलिसी स्टडिज (आईपीएस) ले हालै प्रकाशित गरेको एक प्रतिवेदनअनुसार अमेरिकी अरबपतिहरूको सम्पत्तिमा जून महिनामा ३.५ ट्रिलियनले र मार्च महिनामा ५६५ बिलियनभन्दा बढीले वृद्धि भएको थियो । त्यस्तै फेडरल रिजर्भ सिस्टम (एफईडी) ले प्रकाशित गरेको तथ्याङ्कअनुसार २०२० को पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा अमेरिकी धनीहरूको सम्पत्ति ७ प्रतिशतले बढेको थियो । तर, यस्तो बढेको धन प्रायः सबै सबभन्दा धनी परिवारहरूलाई गएको छ जब कि धेरै मानिसले निकै न्यून दरको तलब पाइरहेका छन् भने लाखौँले आफ्नो रोजगारी गुमाएका छन् । संरा अमेरिकामा आर्थिक असमानता स्थिर र दीर्घकालीन प्रवृत्तिको रहेको छ भने धनी र गरिबबीचको खाडल कोभिड–१९ महामारीपछि दीर्घकालीन प्रवृत्तिको नयाँ चरणमा प्रवेश गरेको छ ।
“मार्चको अन्त्यसम्ममा अमरिकाका सबैभन्दा धनी १० प्रतिशतसित देशको कुल सम्पत्तिको दुईतिहाइ जम्मा भएको छ भने उच्च धनी १ प्रतिशतले ३१ प्रतिशत धन हातमा पारेको छ ।” – एफईडीको प्रतिवेदनमा उल्लेख छ । सन् १९८९ देखि २०१८ सम्ममा संरा अमेरिकामा पिँधका (गरिब) ५० प्रतिशत जनसङ्ख्याको खुद सम्पत्ति वृद्धि शून्य प्रतिशतमात्र रहेको एफईडीको अध्ययनको निष्कर्ष छ ।
“उच्च धनीहरूको लागि २००८ को आर्थिक सङ्कटको असर ‘सफलतापूर्वक’ अन्त भइसकेको छ तर त्यसको सबै पीडा मध्यमवर्ग र पिँधका अमेरिकीहरूले भोगिरहेका छन् । तिनीहरू ऋणमा डुबेका छन्, आफ्नो रोजगारी गुमाएका छन्, बचत सबै रित्तिएको छ र भोकले तड्पिरहेका छन् ।” –एटलान्टिक (पत्रिका) को अवलोकनको निष्कर्ष छ ।
‘क्यापिटल इन ट्वेन्टी फस्ट सेन्चुरी’ (एक्काइसौँ शताब्दीमा पुँजी) पुस्तकका लेखक अर्थशास्त्री थोमस पिकेटीले आर्थिक असमानता उल्ट्याउनका लागि पुँजीले समग्रको हितको सेवा गर्ने सुनिश्चित गर्ने सार्वजनिक संयन्त्र स्थापना गर्नुपर्ने औँल्याउँछन् । तरै पनि धेरैभन्दा धेरै अमेरिकीहरूले धनी र गरिबबीचको विभाजन झन्झन् चौडा हुँदै गएको अनुभव गर्दै त्यसप्रति चिन्ता प्रकट गर्न थालेका छन् र त्यसको जड संरा अमेरिकाको गहिरो प्रशासनिक समस्या रहेको बुझ्न थालेका छन् । संरा अमेरिकाको नीतिनिर्माणमा धेरै समयअघिदेखि स्वार्थ समूहहरूले चलखेल गर्दै आएको र त्यसैकारण सरकारले कर, औद्योगिक र सामाजिक सुरक्षाका नीतिहरू सुधार गर्न र लागु गर्न तथा सामाजिक समानतालाई बढावा दिन नसकेको हो ।
“ट्रम्प प्रशासनले ठूला व्यापारिक निगम र धनाढ्यहरूका लागि व्यापक कर कटौतीका योजना ल्याएको थियो भने सामाजिक कल्याणका कार्यक्रमहरूमाथि योजनाबद्ध प्रहार गरेको थियो ।”, मे २०१८ मा प्रकाशित अल्स्टोनको प्रतिवेदनले औँल्याएको छ । “यो रणनीति आर्थिक असमानता अत्यधिक बढाउने र करोडौँ कामदार अमेरिकीहरूलाई गरिबीमा धकेल्ने तथा काम गर्न नसक्नेहरूलाई भोकभोकै मर्न विवश पार्नेमा केन्द्रित देखिन्छ । चरम गरिबीको अवस्था सत्तामा बस्नेहरूको राजनीतिक छनोटको अनिवार्य परिणति हो ।”, अल्सटोनको निष्कर्ष थियो । वर्तमान बाइडेन प्रशासनले पनि त्यसमा कुनै तात्विक भिन्नता ल्याउने कार्यक्रम ल्याएको छैन । त्यसैले कतिपय विश्लेषकहरूले बाइडेन प्रशासनलाई डेमोक्र्याटिक पार्टीको अनुदारवादी प्रशासन (सरकार) भनेका छन् ।
कर तथा आर्थिक नीति प्रतिष्ठानका अनुसार २०१९ मा कर कटौतीको नाफामध्ये २७ प्रतिशत त अमेरिकाका १ प्रतिशत धनीहरूको खल्तीमा गएको थियो । २०१९ को पहिलो अर्धवार्षिकमा अमेरिकी संसद्ले पारित गरेको ‘पायचेक प्रोटेक्सन प्रोग्राम’ले साना व्यापारहरूलाई वित्तीय सहायता दिने उद्देश्य राखेको थियो तर त्यसलाई ट्रम्प प्रशासनले गैरजिम्मेदार तवरले महिनौँसम्म रोकिराखेको थियो । ठूलठूला व्यापारिक प्रतिष्ठानहरूलाई सिधै ठूलो रकम जाने वित्तीय सहायताको कार्यक्रमलाई भने अविलम्ब कार्यान्वयन गरिएको थियो ।
“संरा अमेरिकाको अत्यन्त ठूलो रकम खर्च हुने पैसाको राजनीतिले गर्दा संरा अमेरिकी सरकारलाई धनीहरूको नोकर र प्रवक्तामा परिणत गरिदिएको छ र छोटो अवधिमा यहाँको धनी र गरिबबीचको चौडा (विभाजन) साँघुरो हुनेमा धेरैजना आशावादी छैनन् । संरा अमेरिकाको ‘डाँडामुनिको चम्किलो सहर’ को सपना÷कल्पना लुप्त भइरहेको छ” – विदेश सम्बन्धबारे अमेरिकी परिषद्का अध्यक्ष रिचार्ड हासले जूनमा प्रकाशित आफ्नो लेखमा भनेका छन् ।
संरा अमेरिकामा धनी र गरिबबीचको खाडल झन्झन् चौडा हुँदै गएको अवस्थामा पनि अमेरिकी सरकारले देशको धनसम्पत्ति अल्पसङ्ख्यक मानिसलाई नियन्त्रण गर्न दिइरहेकोले अन्य धनी देशहरूको तुलनामा सबैभन्दा कम दरको सामाजिक कल्याणको लागि परिचालन देखिएको छ र यो त्यति अचम्मको कुरा भएन कि ‘अमेरिकी सपना तीव्रगतिमा अमेरिकी भ्रम’ मा परिणत हुँदै छ ।
यस्तो अवस्थामा पुगेको एक देश (संरा अमेरिका) ले कसरी विश्वलाई समता र न्यायको पाठ सिकाउन सक्छ र ?
(Behind so-called ‘shining city upon a hill are growing divisions between rich and poor in U.S.)
(People’s Daily)
अनुवाद : संयम
Leave a Reply